❖ क्रम विकास र वंशाणु
☆ विस्तारै पुरानो सरल सजीवबाट नयाँ सजीव उत्पन्न हुने प्रक्रियालाई के भनिन्छ ?
🠖 क्रम विकास
☆ क्रम विकासका सिद्धान्तका प्रमाणहरू कति प्रकारका छन् ?
🠖५ (अवशेषबाट प्राप्त प्रमाण, तुलनात्मक शरीर र रचनाबाट) प्राप्त प्रमाण, भ्रूण सम्बन्धी प्रमाण, भौगोलीक बितरणबॉट प्राप्त प्रमाण र दुई बर्गबीचका जनावरबाट प्राप्त प्रमाण
☆ अवशेषबाट प्राप्त प्रमाण भन्नाले कस्तो प्रमाणलाई चिनिन्छ ?
→पत्रे चट्टानमा धेरै वर्ष पहिले मरेका बिरुवा जनावरको कुनै अंश, छाप वा चिन्हलाई अवेशष भनिन्छ । यस प्रकारको अवशेषको अध्ययनबाट पुराना सजीवहरूको बारेमा जानकारी लिन सकिन्छ । क्रमविकासको सबैभन्दा बलियो आधार नै अवशेषवाट प्राप्त प्रमाण हो ।
☆ तुलनात्मक शरीर र रचनाबाट प्राप्त प्रमाण भनेको कस्तो प्रमाण हो ?
→ प्रकृतिमा पाइने प्रत्येक जन्तु तथा वनस्पतिहरूको शरीरको बनोट आआफ्नै किसिमको हुन्छ भने केही साझा गुणहरू पनि हुन्छन । यस प्रमाणले के देखाउछन भने यिनीहरू एउटै पुर्खाबाट उत्पत्ति भएर आएका हुन् ।
☆ तुलनात्मक शरीर र रचनाबाट प्राप्त प्रमाणलाई कति भागमा विभाजन गर्न सकिन्छ ?
→२ (सघर्मी अङ्गहरू र अवशेषाङ्गबाट प्राप्त प्रमाण)
☆ सधर्मी अङ्गहरूबाट भन्नाले कस्ता प्रमाणलाई बुझिन्छ ?
→ सजीवमा पाइने त्यस्ता अङ्गहरू जसको उत्पत्ति एउटै हुन्छ, तर फरक फरक कार्यको लागि प्रयोग गरिन्छ भने त्यसलाई सधर्मी अङ्गहरू भनिन्छ ।
→ प्राय: जसो ढाड भएका जनावरहरूको हात, खुट्टाको बनोटको अध्ययन गर्दा एउटै प्रकारको ढाँचा र क्रमबाट हाडहरूको टुक्रा मिलेर बनेको पाइन्छ।
☆अवशेषाङ्गबाट प्राप्त प्रमाण भन्नाले कस्तो प्रमाण हो ?
→यस किसिमका अङ्गहरू जुन एउटै जीवनको शरीरमा नमुनाको रुपमा मात्र छ तर त्यही अङ्ग अर्को जीवमा विकसित र प्रयोगमा छ भने त्यसलाई अवशेषाङ्ग भनिन्छ ।
→ अवशेषहरूको आयु कार्बन डेटिङ र युरेनियम डेटिङ विधिबाट निधारण गरिन्छ ।
☆ भ्रूण सम्बन्धी प्रमाण भन्नाले कस्तो प्रमाणलाई बुझिन्छ ?
→ विभिन्न समूहका जनावरहरूको भ्रुणलाई राम्ररी अध्ययन तथा अवलोकन गर्यौ भने यिनीहरूको सुरुको अवस्था धेरै मिल्दोजुल्दो हुन्छ र छुट्याउन गारो हुन्छ । जस्तै: माछा, कुखरा, मानिस र चराको भ्रूण सुरुको अवस्थामा धेरै मिल्दो जुल्दो हुन्छ र वुद्धिसँगसँगै पछि फरक हुन्छ।
☆भौगोलिक विवरणबाट प्राप्त प्रमाण कस्ता प्रमाण हुन् ?
→पृथ्वीको विभिन्न ठाउँमा विभिन्न प्रकारका जनावर तथा वनस्पतिहरू पाइन्छन। कुनै एक ठाउँमा पाइने सजीवहरू अर्को ठाउँमा नपाइने हुन्छन् भने कुनै प्रकारका सजीवहरू सबै ठाउँमा पाइन्छन ।
☆दुई वर्ग बीचका जनावरबाट प्राप्त प्रमाणहरू कस्तो प्रकारका प्रमाण हुन् ?
→कुनै कुनै सजीवको आकार र व्यवहारका केही अंशमा निम्न श्रेणीको जनावरसँग र केही अङ्ग उच्च श्रेणीको जनावरसँग मिल्दो जुल्दो हुन्छ।
❖ क्रम विकासका सिद्धान्तहरू
→प्रकृतिका विभिन्न किसिमका जन्तु तथा वनस्पतिहरूको विकास कसरी भयो भन्ने सम्बन्धमा वैज्ञानिकहरूको फरक फरक अभिमत रहेको पाइन्छ। यी मध्ये केही प्रमुख वैज्ञानिकहरूमा चार्ल्स डार्विन, जिन बाष्टिस्ट लेमार्क, अल्फ्रेड रसेल वालेस, ह्युगो डि भ्रिज आदि उल्लेखनीय रहेका छन् ।
★ लेमार्कको सिद्धान्त
☆ लेमार्क को हुन् ?
→जिन बाष्टिस्ट फ्रान्सेली वैज्ञानिक
☆ उनले क्रम विकासको सिद्धान्त कहिले प्रस्तुत गरे ?
→ सन् १८०९
☆ उनको सिद्धान्तले समेटेको प्रमुख तीन पक्षहरू के के हुन् ?
→जीवमाथि वातावरणको प्रभाव
→जीवहरूको शरीरको अंग व्यवहारमा ल्याउनु र नल्याउनु तिनहरूको शरीरको रूप रेखामा परिवर्तन ल्याउँछ ।
→कुनै एक पुस्तामा जीवमा आर्जित भएको गुण या परिवर्तन अर्को पुस्ताका सन्तानमा सर्दै जान्छ।
❖ डार्विनको सिद्धान्त
✷ डार्विन को हुन् ?
→डार्विन English वैज्ञानिक हुन् ।
✷ उनले जातिको उत्पत्ति (Origin of Species) नामक पुस्तक कहिले लेखे ?
→सन् १८५९
✷ डार्विनको सिद्धान्तलाई प्राकृतिक छनोटको सिद्धान्त वा डार्विनको विकासवादको सिद्धान्त पनि भनिन्छ।
❖ जीव विकास सम्बन्धी डाविनका धारणाहरू
✶प्रत्येक जीवमा प्रशस्त सन्तान उत्पादन क्षमता रहन्छ ।
✶बाच्नको लागि सङ्घर्ष,
✶सङ्घर्ष गर्न नसक्ने सजीवहरू लोप भएर जान्छन्
✶जुन जीव सङ्घर्ष गर्न सक्छन् ती अर्को पुस्तामा जान सक्षम् हुन्छन ।
✶सजीवहरूले आफू बाँच्नको लागि खान, बस्न, प्रजनन गर्न रोग अनि वातावरणसँग बाँच्नको लागि सङ्घर्ष गर्नुपर्दछ ।
❖ परिवृत्ति र वंशज
✶ सजीवहरूको आकार र गुणहरूमा हुने फरकपन नै परिवृत्ति हो ।
✶ वंशाणुगत गुण र वातावरणीय प्रभावका कारणले जीवमा परिवृत्ति ल्याउँछ जुन नयाँ सन्ततीमा सर्दै जान्छ ।
✶यसरी पूर्वजबाट नयाँ सन्ततीमा सर्ने गुणहरू नै वंशजका गुणहरू हुन् ।
❖ प्राकृतिक छनौट
✶सजीवहरूमा वातावरणअनुसार अनुकूल गुणहरू विकास भए बाँच्न सक्छन् तर प्रतिकूल गुणहरू विकास भएमा लोप हुन्छन् ।
✶कुन सजीव कति बाँच्ने हो भन्ने कुरा प्रकृति आफैँले छनौट गर्छ ।
✶बाँच्नको लागि सङ्घर्ष गर्ने क्रममा जुन अङ्ग वा गुण उपयोगी हुन्छ।
✶ती गुणहरू सन्तत्रीमा सर्दै जान्छन र प्रत्येक वंशमा अक उपयोगी गुणहरू विकास हुँदै जान्छ।
✶धेरै वर्षपछि सन्ततीमा सर्दै जान्छन र प्रत्येक वंशमा अझ उपयोगी गुणहरू विकास हुँदै जान्छ ।
✶धेरै वर्षपछि सन्ततीहरू विल्कुलै नयाँ गुण भएको देखा पर्छन् ।
✶यस प्रकार बढ्ता उन्नतशील जीवको छनोट र कम उन्नतशील जीवको विनाश हुन्छ, जसलाई प्राकृतिक छनोट भनिन्छ।
❖ नयाँ जातिको उत्पति
✶ जीवले परिवृत्तिबाट प्राप्त गरेका गुणहरू प्रत्येक सन्ततिमा हस्तान्तरण हुँदै जाँदा अन्त्यमा पूर्खाभन्दा फरक प्रजातिमा देखापर्दछ र नयाँ जातिको उत्पत्ति हुन्छ।
❖ वंशाणुक्रम
✶ जीवको कोषको न्यूक्लियसमा रहेको क्रोमोजोमभित्र रहने सूक्ष्म तत्त्व जसले पुर्खामा रहेका गुणहरू नयाँ सन्ततीमा हस्तान्तरण गर्दछन भने त्यसलाई के भनिन्छ ?
→ वंशाणु
✶जीवहरूमा आकार, प्रकार र रङ, आदिमा विभिन्नता हुनुको कारण के हो ?
→ जीवहरूमा रहेको वंशाणु
✶ आमाबाबुबाट प्राप्त नभएका तर जीवले आफ्नो जीवनकालमा आर्जन गरेका गुणलाई के भनिन्छ ?
→ जन्मोत्तर गुण
✶ मातापिताबाट छोराछोरीमा सर्न सक्ने लक्षणलाई के भनिन्छ ?
→ वंशाणुगत गुण
✶ वंशाणुक्रमको अध्ययन गर्ने विज्ञान कुन हो ?
→जेनेटिक्स
❖ ग्रेगर जोहान मैन्डल
✶ यिनी को हुन् ?
→ वंशाणुगत गुणहरू सन्तानहरूमा सर्दै जाने प्राकृतिक नियमहरू पत्त लगाउने व्यक्ति
✶ कुन देशका हुन् ?
→ अष्ट्रियाका (१८२२-१८८४)
✶ उनलाई के उपनामले चिनिन्छ ?
→वंशज विज्ञानका पिता तथा जन्मदाता
✶ उनले सर्वप्रथम प्रयोग गरेको विरुवाको नाम के हो ?
→केराउ
❖ मेण्डलको प्रयोग
★ जीवहरूका सन्तानहरूमा वंशाणुगत गुणहरू कसरी सर्दै जान्छन् भनी थाहा पाउन केराउको अग्ला र होचा बिरुवाहरू छानी परपरागसेचन गराए।
★ उनीले दुई फरक गुणबीच क्रस परागसेचनगराई पहिलो नतिजा प्राप्त गरे भने सो प्रक्रियाबाट उत्पादित विरुवा बीच पुन स्वपरागसेचन गरी दोस्रो वंशको नतीजा प्राप्त गरे। त्यसैगरी दुई वा दुईभन्दा फरक गुणको बीचमा कस्तो नतिजा प्राप्त हुन्छ,भनी एकै साथ प्रयोग गरे र प्रत्येक गुण स्वतन्त्र रुपले सर्दछ भनि पुष्टि गरे ।
★ पहिलो वंशमा सन्तानमा देखिने आमाबाबुको गुणलाई प्रबल गुण र देखा नपरेको गुणलाई लुप्त गुण भनिन्छ।
★ जीवहरूको बाहिरबाट देखिने गुणलाई फिनोटाइप र तिनीहरूको वशाणुले बोकेको गुणलाई जिनोटाइप
भनिन्छ ।
★ हरेक व्यक्ति वा सन्ततिपिच्छे देखिने फरकपन नै परिवृत्ति हो र कुनै वंशमा देखिएको आकस्मिक परिवर्तनलाई उत्परिवर्तन भनिन्छ।
★ एउटा मात्र फरक गुण भएको विरुवाहरूबीच परपरागसेचन गराउने प्रक्रियालाई मोनोहाइब्रिड क्रस भनिन्छ ।
★ दुई वटा फरक गुण भएको बिरुवाहरूबीच परपरागसेचन गराई नयाँ सन्तान उत्पादन गर्ने प्रक्रियालाई डाइहाइब्रिड कस भनिन्छ ।
★ एउटै जानी बीच क्रमश देखापर्ने फरकपनलाई निरन्तर परिवृति भनिन्छ।
★ नयाँ सन्तानमा अकस्मात देखापर्ने परिवर्तनका गुणलाई उत्परिवर्तन भनिन्छ।
★ दुई फरक गुणहरू भएको एउटै प्रजातिका जीवहरूको संयोगबाट उत्पन्न भएको जीवलाई ठिमाहा भनिन्छ।
❖ मण्डेललले आफ्नो प्रयोगमा केराउको बिरुवा नै छान्नुका कारणहरू
★ केराउको फूल बन्द र उभयलिङ्गी भएकाले प्राकृतिक रुपले नै स्वप्रजनन हुन सक्छ।
★यसमा आवश्यकतानुसार परप्रजनन पनि गराउ सकिन्छ।
★ यसको जीवनचक्र छोटो भएकाले छिटोछिये नतिजा लिन सकिन्छ ।
★ यसका थुप्रै प्रजातिहरू पाइने भएकाले
❖ मेण्डलले आफ्नो प्रयोगका लागि केराउका विरुवाका निम्न लिखित ७ वटा गुणहरू छानेका छन् ।
★विरुवाको उचाई = अग्ला (T) र होचा (t)
★ फुलको स्थान = कापमा (A) र टुप्पो (a)
★ कोसाको रङ्ग = हरियो (G) र पँहेलो (g)
★ विउको आकार = गोलो (R) र चाउरिएको (r)
★ फुलको रङ्ग =खैरो (B) र चाउरिएको (b)
★ विउको रङ्ग = पहेँलो (Y) र हरियो (y)
नोट : T, A, B, G, I, R, Y प्रबल गुण भएका t, a, b, g, i , r ,y लुप्त गुण भएका जातहरू हुन् ।
❖ मेण्डलका नियमहरू
✩ प्रबलताको नियम
✩ लैङ्गिक शुद्धताको नियम
✩ स्वतन्त्र गुण प्रसारणको नियम
✩ प्रबलताको नियम
🠖शुद्ध गुण भएका जीवहरूका बीच परप्रजनन गराउँदा पहिलो वंशमा कुनै एउटा मात्र गुण देखा पर्नुलाई नै प्रबलताको नियम भनिन्छ।
🠖 पहिलो वंशमा देखा पर्ने गुणलाई प्रबल गुण र दबिएर रहेको गुणलाई निर्बल वा लुप्त गुण भनिन्छ । जस्तै: अग्लो र होचो केराउवीच परपरागसेचन गराउँदा पहिलो वंशमा सबै अग्ला केराउ देखिनु प्रवल गुण हो भने होचो नदेखिनु लुप्त गुण हो ।
❖ प्रवल गुण र लुप्त वा दबिष्टको गुण
🠖प्रत्येक जीवहरूमा स्वतन्त्र रुपमा केही व्यक्तिगत गुणहरू हुन्छन जुन एक वंशबाट अर्को वंशमा सर्दै जान्छन् । 🠖यी फरक गुण भएका दुई मातापिता बीच पर प्रजनन गराउँदा पहिलो वंशमा एउटा गुण देखापर्दछ भने अर्को गुण दविएर रहन्छ ।
🠖जुन गुण देखापर्दछ त्यसलाई प्रवल गुण र जुन गुण देखापर्दैन त्यसलाई लुप्त गुण भनिन्छ । जस्तै: सेतो खरायो र कालो खरायोबीच पर प्रजनन गराउँदा पहिलो वंशमा सबै सेतो देखिनु प्रवल गुण हो भने कालो नदेखिनु लुप्त गुण हो ।
❖लैङ्गिक शुद्धताको नियम
🠖आमा र बाबुमा भएका दुई विभिन्नभिन्नै वंशाणुहरू तिनीहरूको सन्तानमा सर्दछन र अन्यसँग सम्पर्क नभएसम्म आफ्नो मौलिकता नगुमाई यथावत रहेका हुन्छन जुन ग्यामेट बन्ने प्रक्रियामा एक आपसमा नमिसीकन छुट्टीएर गई फरक ग्यामेटमा फरक फरक गुण रहन पुग्छन् जसबाट प्रत्येक ग्यामेट शुद्ध रहन पुग्दछ अर्थात एउटा मात्र गुण बोकेको ग्यामेट पैदा हुन्छ, प्रवल या लुप्त। यसैलाई लैङ्गिक शुद्धताको नियम भनिन्छ।
❖ स्वतन्त्र गुण प्रसारणको नियम
🠖आमाबुवामा भएका दुई वा दुई भन्दा बढी जोडामा रहेका फरक गुणहरू तिनीहरूका नयाँ सन्ततीमा हस्तान्तरण हुँदा प्रत्येक जोडीका फरक गुणहरू स्वतन्त्रपूर्वक आफ्नो प्रभाव देखाउँछन अर्थात एक प्रकारको फरक गुणलाई अर्को प्रकारको फरक गुणले कुनै प्रभाव पार्दैन भने त्यसलाई स्वतन्त्र गुण प्रसारणको नियम भनिन्छ ।
❖ परिवृति
⭐व्यक्ति वा सन्ततिमा रहने आ-आफ्नोपन वा विभिन्नता जसका कारण तिनीहरू एक अर्कामा फरक देखिन्छन भने त्यसलाई के भनिन्छ ?
→ परिवृति
⭐ परिवृति कति प्रकारको हुन्छ ?
→ २(वंशाणुगत र वातावरणीय)
⭐वंशाणुगत परिवृति भन्नाले के बुझिन्छ ?
→एक वंशबाट अर्को वंशमा वंशाणुबाट सर्दै गएको परिवृतिलाई वंशाणुगत परिवृति भनिन्छ ।
⭐वंशाणुगत रुपले एकै प्रकारका जीवहरू पनि फरक वातावरणमा हुर्कदै जाँदा देखिने विभिन्नतालाई के भनिन्छ ?
→ वातावरणीय परिवृति
❖ DNA
✰DNA को पुरा रुप के हो ?
🠖Deoxy Ribonucleic Acid (डिअक्सीराइवो न्यूक्लिक एसिड)
✰DNA ले के काम गर्छ ?
🠖वंशाणुगत गुणहरू सार्ने
✰DNA कहाँ पाइन्छ ?
🠖क्रोमोजोममा
✰DNA के-के बनेको हुन्छ ?
🠖नाइट्रोज बेस (Nitrogen base), फस्फेट र सुगर (डिअक्सिराइबोज) ले
✰DNA मा कति वटा नाइट्रोजन वेस हुन्छन ?
🠖4
✰DNA मा पाइन चार प्रकारका नाइट्रोजन वेसहरू के-के हुन् ?
🠖एडीनीन (A), साइटोसिन (C), ग्वानीन (G) र थाइमिन (T)
✰DNA मा कति वटा त्यान्द्रा छन् ?
🠖2
❖ RNA
✰RNA को पुरा रुप के हो ?
🠖Ribonucleic Acid (राइवो न्यूक्लिक एसिड)
✰RNA ले के काम गर्छ?
🠖प्रोटीन संश्लेषणमा भाग लिन्छ ।
✰RNA कहाँ पाइन्छ ?
🠖साइटोप्लाज्मा, न्यक्लिओलस र क्रोमोजोममा
✰RNA मा कति वटा त्यान्द्रा छन् ?
🠖1
✰RNA मा कुन सुगर पाइन्छ ?
→ राइबोज
✰RNA मा पाइन चार प्रकारका नाइट्रोजन वेसहरू के-के हुन् ?
🠖एडिनीन (A), साइटोसीन (C), ग्वानीन (G) र यूरासील (U)

