❖ विश्वका समकालिन रोगहरू

✩निपा भाइरस

✶निपा भाइरस पशुबाट मानिसमा सर्ने नयाँ रोगको रुपमा विकसित हुँदै गरेको एक खतरनाक भाइरस संक्रमण हो। 

यसले मानिस र पशु दुबैलाई संक्रमण गर्न सक्दछ। यस भाइरस प्राकृतिक रुपमा टेरोपस भन्ने प्रजातिको चमेरोमा रहने गर्दछ।

निपा भाइरस पारामिक्जोभाइरिडि परिवारभित्र पर्ने हेप्नीभाइरस भन्ने समूहको एक सदस्य जसमा यस बाहेक हेन्ड्रा भाइरस पनि पर्दछ । 

सन् १९९४ मा घोडा र मानिस हरुमा श्वासप्रश्वास सम्बन्धि रोगको कारक तत्वको रुपमा यस भाइरस पहिलो

पटक पत्ता लागेको थियो ।

त्यसैगरि पहिलो पटक सन १९९८ मा मलेसियामा यो भाइरस संक्रमणले महामारीको रुप लिएको थियो । त्यस बखत सुंगुरको माध्यमबाट यो भाइरस मानिसमा सरेको थियो। 

त्यसपश्चात् सिंगापुरमा र सन् २००४ मा बङ्लादेश हुँदै भारतसम्म देखापरेको थियो ।

❖कसरी सर्दछ निपा भाइरस ?

बैज्ञानिक अनुसन्धान अनुसार निपाह भाइरसलाई मानिस अथवा जनावरले श्वासप्रश्वासद्वारा निल्नाले यसको संक्रमण हुने गर्दछ।

यसले श्वासनलिमा रहने इपिथेलियल सेलमा आक्रमण गरि संक्रमण सुरु गर्दछा मुख्य रुपमा दुईवटा बाटो मार्फत् केन्द्रिय स्नायु प्रणालीमा प्रवेश गर्दछ।

 इपिथेलोयलबाट भाइरस अल्फ्याक्टोरी भन्ने नसा हुँदै अथवा रगतको बाटो हुँदै कोरोइड प्लेक्सस र

स्नायु रक्तसञ्चार प्रणालीमा प्रवेश गर्दछ।

प्रमुख रुपमा आफ्नो प्राकृतिक भण्डारण चमेरोबाट कुनै मध्यस्त जनावर जस्तै घोडा, सुँगुर, गाई गोरु इत्यादि अथवा प्रत्यक्ष रुपमा चमेरोको संसर्गमा आएको फलफुलबाट सर्ने गर्दछ। 

पछिल्लो पटक बंगलादेशमा भएको महामारी चमेरोले खाएको सुपारीबाट भएको अनुसन्धानबाट पत्ता लागेको थियो । 

त्यस पश्चात् भाइरस जनावरबाट जनावर, जनावरबाट मानिस र मानिसबाट मानिसमा पनि सर्न सक्दछ।

❖जिका भाइस

एडिस एजिप्टाई नामको लामखुट्टेको टोकाइबाट सर्छ। 

सर्वप्रथम १९४७ मा युगाण्डामा, बाँदरमा यो रोग फेला परेको थियो ।

मानवमा सर्वप्रथम १९५४ मा नाइजेरियामा देखा परेको थियो । 

सन् २०१६ सेप्टेम्बर ७ सम्म ७२ देशमा देखिएको थियो

पछिल्लो समय ब्राजिल बढी प्रभावित गर्भवती महिलामा यो रोगाको संक्रमण भएमा अत्यन्तै सानो मस्तिस्क भएको बच्चा पैदा हुन्छ ।

 हालसम्म यसको कुनै भ्याक्सिन र उपचार पत्ता लागेको छैन। WHO ले जिका भाइरस फैलिदै गएपछि सन् २०१६ फब्रुअरी २ लाई अन्तर्राष्ट्रिय आपतकालको घोषण गरेको थियो। 

यो भाइसरलाई मस्तिष्क क्यान्सरको उपचारका लागि प्रयोग गर्न सकिने एक अध्ययनले जनाउको छ।

❖ भारवर्ग भाइरस

✰ कहाँ देखिएको छ ?

→ उत्तरी युगान्डाको केविन राज्यमा

✰ यो रोग कहिले पत्ता लागेको हो ?

→ सन् २०१७ अक्टोबर महिनामा

✰ WHO का अनुसार मारवर्ग भाइरस इबोलसित सम्बन्धित छ । यी दुवै भाइरस फिलोभाइरस प्रजातीको हो र यसको मृत्युदर उच्च छ। मारवर्ग भाइरसकै कारण ८८ प्रतिशत मृत्यु हुनसक्छ।

✰ विश्व स्वास्थ्य संगठनले यस्तो अवस्थामा आउने विरामीलाई भूतको संज्ञा दिएको छ ।

✰ यो रोग लागेको दुई दिन देखि २१ दिन भित्रमा लक्षण देखा पर्ने गर्छ। 

✰ जसलाई चिकित्सकीय भाषामा इन्क्युवेशन पिरियड पनि भन्ने गरिन्छ ।


❖ यो रोग कसरी सर्छ ?

✰ यो रोगलाई अति दुर्लभ रोग मानिन्छ ।

✰ यो रोग विश्वमै नयाँ भएको र विश्व स्वास्थ्य संगठनले यसको मृत्युदरलाई शतप्रतिशत मान्दै आएको छ।

✰ चमेरोबाट मानिसमा सर्ने यो रोग एउटा व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्छ ।

 मानिसको थुक, यल, पसिना तथा स्पर्शको माध्यमबाट पनि यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्छ।

❖ यस रोगका लक्षणहरू

✰ यो रोगको लक्षण देखापरेको तीन दिन पछि चक्कर लाग्ने, वान्ता हुने, झाडापखाला हुने साथै ग्याष्ट्रोइन्टेस्टाइनल समस्या देखिने, विरामीको आँखा भित्र पस्ने, कुनै प्रतिक्रिया नजनाउने तथा थकित हुने,मांसपेशी दुख्ने, शरीरमा पीडा हुने,रगत देखिने, नाक, मुख, गिजाबाट रगत बग्ने, स्नायु प्रणालीमा समेत समस्या उत्पन्न भई व्यक्ति चिडचिडा हुने, दिग्भ्रमित हुने, यो रोगमा पनि इबोला रोगमा भै क्रोनिक हेमोरहेजिक ज्वरो आउने गर्छ। जसमा धेरै ज्वरो आउने र रक्तनलीले राम्रोसँग काम गर्न सक्दैन र निरन्तर रगत बग्न थाल्छ।

❖ इबोला

इबोला भाइरस सर्वप्रथम सन् १९७६ मा पहिलोपटक सुडानको नजरा र कंगोको याम्बुकुमा मानिसमा महामारीकै रुपमा देखा परेको थियो। 

यसको नाम इबोला रहनुका कारण कंगोको याम्बुकु गाउँ इबोला नदीको किनारमा रहेकाले हो। 

सुरूवातमा यो चिम्पांजी तथा चमेरोमा देखा परेको थियो। इबोला एक किसिमको हेमोरेजिक फिबर हो । 

यो सरुवा रोग हो। यो पानी, हावा, रोग लागेको ब्यक्तिको शरीर बाट निस्कने बस्तुहरु जस्तै रगत, दिशा, पिसव, पसिना, न्याल, यौनिरस आदिका माध्यमद्वारा सर्दछ। 

यौन सम्पर्क एवं संक्रमित लासबाट पनि यो रोग सर्दछ ।


❖ लक्षणहरु

✰ भाइरसले आक्रमण गरको २ देखि २१ दिनभित्रमा यसका लक्षण मानिसमा देखिन्छन् । ती लक्षणहरु सामान्यतया निम्न छन्

🟂उच्च ज्वरो

🟂टाउको दुख्ने

🟂जोर्नी तथा मांसपेशीमा पीडा हुने

🟂घाँटी तथा पेट दुख्ने

🟂निकै कमजोरी महसुस हुने

🟂भोक हराउने

🟂सास फेर्न गाह्रो हुने

🟂बान्ता आउने, पखाला लाग्ने, छालामा डावर तथा रातो धब्बा आउने, मृगौला तथा कलेजोले काम गर्न हुने

🟂रोग छिप्पिदै जाँदा शरीरका भित्री अंग तथा बाहिरी भागबाट समेत रगत बग्न थाल्छ।

🟂नाक, आँखा तथा कान, योनी, गिजाबाट समेत रगत बग्छ भने खकारमा समेत रगत देखिन थाल्छ। 🟂आन्डाबाट समेत रगत बग्न थाल्छ। 

🟂धेरै रगत बगेर समेत रोगीको मृत्यु हुने खतरा हुन्छ ।

❖ रोकथाम र नियन्त्रण

जंगली जनावर तथा घरपालुवा समेतको मासु खाँदा होसियारी अपनाउने, काँचो तथा राम्ररी नपाकेको मासु नखाने, रोगी जनावर को मासु नखाने। 

मासु खाँदा राम्ररी पकाएर मात्र खाने ।

इबोला लागेको रोगी मानिसको सम्पर्कमा आउँदा होसियारी अपनाउने। 

रोगीको बढी नजिक नजाने, उसले प्रयोग गरेका वस्तुहरु निर्मलीकरण नगरेसम्म प्रयोग नगर्ने, घरमै समेत यस्ता रोगीको स्याहार गर्दा पञ्जा तथा अन्य सुरक्षाका उपाय अपनाउने ।

व्यक्तिगत सरसफाइमा ध्यान दिने ।

इबोलाबाट मरेका मान्छेको शवलाई प्रभावकारी रुपमा व्यवस्थापन गर्ने, लासबाट समेत भाइरस सर्ने जोखिम भएकाले होसियारी पूर्वक गाड्ने वा जलाउने गर्नुपर्छ।


❖ स्क्रब टाइफस

★  'स्क्रब टाइफस' के हो ?

🟂स्क्रब टाइफस' (एक प्रकारको ज्वरोजन्य रोग)) एक प्रकारको सरुवा रोग हो । 

🟂यो ‘ओरिनसिया सुसुगामुसी' नामक जीवाणुलेगर्दा हुन्छ। 

🟂मुसा (माइट)प्रजातिमा पाइने लार्भा चरणको 'टोम्रविक्युलिट माइट' नामक वाहकले यो रोग सर्दछ।

🟂यो रोगको जीवाणु सबैभन्दा पहिले सन् १९३० मा जापानबाट पत्ता लागेको थियो ।

🟂 दोश्रो विश्व युद्धताका सुदुर् पूर्वी मुलुकहरूमा विशेष गरी सैनिकहरूका बीचमा यो रोग महामारीकै रूपमा फैलिएको र धेरै व्यक्तिको मृत्यु समेत भएको इतिहास पाइन्छ।

🟂उत्तरमा जापान र रसियाको पूर्वी भाग, दक्षीणमा अष्ट्रेलियाको उत्तरी भाग र पश्चिममा पाकिस्तानसम्मको भूभाग (जसलाई सुसुगामुसी त्रिकोण पनि भनिन्छ) नै संसारमा सबैभन्दा बढी स्क्रब टाइफस पाइने क्षेत्र हो ।

🟂नेपालमा सर्वप्रथम सन् २००४ मा पहिलो पटक यो रोगको पहिचान भएको थियो र त्यसपछिका वर्षहरूमा फाट्टफुट्ट रूपमा देखिँदै गएको भए पनि पछिल्ला वर्षहरूमा प्रकोपकै रूपमा निकै ठूलो क्षेत्रमा विस्तार भएको छ र यसको समस्या केही बढी नै देखिएको छ।

❖ सर्ने तरिका 

यो ‘माइट'को जीवनचक्र एग, लार्भा, निम्फ र एडल्ट गरि चार चरणमा पूरा हुने भएपनि, लार्भायुक्त अवस्थाले मात्र यो रोग सार्दछ। 

'माइट'ले टोकेको भागमा कालो रंगको 'ब्ल्याक इसकार' बग्छ, जसबाट 'स्क्रब टाइफस'को प्रारम्भिक पहिचान गर्न सहयोग पुग्दछ।

 विशेषगरी यो रोग लागेको माइट(सुक्ष्म किरा) ले टोक्दा वा यसबाट संक्रमित मानिस तथा खाद्य पदार्थको

सम्पर्कबाट यो रोग सर्दछ ।

❖ लक्षणहरू

'स्क्रब टाइफसका लक्षण देखिन ५ देखि २० दिनसम्म लाग्न सक्दछ,

'उच्च ज्वरो आउनु (१०४-१०५ डिग्री फरेनहाइटसम्म आउन सक्छ ।)

'टोकेको भागमा तथा अन्य भागमा राता-राता बिमिराहरू देखिनु ।

'टाउको दुख्नु, भोक नलाग्नु ।

'खोकी तथा वाकवाकी लाग्नु ।

'शरीर काम्नु, जीउ, मांसपेशी तथा जोर्नी दुख्नु ।

'लिम्प नोड सुनिनु ।

'आँखाको कम्युकस मेमरेनको संक्रमण हुनु, आदि ।

❖ रोग निदान

चिकित्सकले विभिन्न लक्षणहरूको आधारमा विरामीको प्रारम्भिक पहिचान गरेपछि, प्रयोगशालाको जाँचबाट यो रोगको निदान गरिन्छ। 

नेपालमा यो रोगको प्रयोगशालाको जाँच 'राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला' टेकुले गर्दै आएको छ।

 बिरामीको रगतमा भएका आई.जी.एम. प्रकारको एन्टिबडी पत्ता लगाई, यो रोग लागेरनलागेको प्रमाणित गरिन्छ ।

❖ बच्ने उपायहरू

 व्यक्तिगत तथा सामुदायिक सरसफाइमा ध्यान दिने ।

 सुक्ष्म जीवहरू (माइट) जस्तै सुलसुले, उपियाँ, टोभ्रविक्यूलिड आदिको टोकाइबाट बच्ने ।

 घर वरपर झारपात तथा घाँसपात उम्रन नदिने ।

 रोग सर्ने भेक्टर (बाहक), किटनाशक औषधीको प्रयोग गरी घटाउने।

 घरवरपरको वातावरणीय सरसफाइमा ध्यान दिने ।

 छालामा 'इनसेक्ट रेपेलेन्टस'जस्तै बेञ्जाइल बेञ्जोएटको प्रयोग गर्ने ।

❖ डगु रोग

➤डेंगु रोग के हो ?

✰ एडिज एजिप्यई र एडिज एल्बोपेक्टस नाम पोथी पोथी लामखुट्टेको टोकाईबाट सर्ने एक प्रकारको किटजन्य सरुवा रोग हो। 

यस्तो लामखुट्टेलाई Tiger Mosquito पनि भनिन्छ।

डेंगुको बारेमा पहिलो पटक सन् १७८० मा वर्णन भएको पाइन्छ। 

यो रोग दोस्रो विश्वयुद्रको समयदेखि विश्वमा समस्याका व्यक्तिले १९४४ मा पत्ता लगाएका हुन् । 

नेपालमा पहिलो पटक सन् २००४ मा चितवनमा डेंगुको बिमारी पत्ता लागेको

❖ यो रोगको कारक तत्व के हो ?

डेंगु एडिज एजिप्यई र एडिज एल्बोपेक्टस नामका लामखुट्टेले टोकेर हुने तीव्र भाइरल संक्रमण हो। 

चार प्रकारका डेंगु भाइरसहरु (डेंगु-१, डेंगु- २, डेंगु -३, डेंगु-३, डेंगु-४) ले यो रोग गराउँछन् ।

❖ डेंगु कसरी सर्छ?

डेंगु संक्रमित एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्छ।

 यो लामखुट्टेको आयु १ देखि ३ महिनासम्म हुन्छ।

डेंगुका बिरामीलाई सो लामखुट्टेले टोकेमा उक्त लामखुट्टे संक्रमित भई स्वस्थ व्यक्तिमा सार्न सक्छ।

यो रोग सिधै एक मानिसबाट अर्को मानिसमा सर्दैन।

❖  डेंगुका लक्षण केके हुन्छन् ?

उच्च ज्वरो 102F/103F

कडा खालको टाउको दुखाइ हुने

आँखाको गेडी पछाडि दुख्ने

मांसपेसीको दुखाइ

वाकवाक लाग्ने र वान्ता हुने

शरीरमा राता खालका बिमिरा देखिने

 कडा खालको डेंगुमा विभिन्न जटिलताका लक्षण देखिन्छन् र उपचार नभएमा बेहोस भई मृत्यु समेत हुन सक्छा

❖ डेंगुको रोकथामका उपाय केके छन्?

डेंगु विरुद्रको खोप र खास उपचार नभएकोले लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगबाट जोगिने मुख्य उपाय हो ।

लामखुट्टेको फुल पार्ने ठाँउ नष्ट गर्ने

वातावरण सफा राख्ने र मानिसले बनाएका लामखुट्टेका बासस्थान नष्ट गर्ने

जम्मा भएको पानी हटाउने र जम्मा भएर रहन नदिने

पानीका भाँडा छोपेर राख्ने एवं हप्तैपिच्छे, खाली गर्ने र सफा गर्ने

डेंगुका बारेमा जनचेतना अभिवृद्रि गरी सक्रिय जनसहभागिता र संलग्नतामा लामखुट्टेको बासस्थान र ब्रिडिंग स्थान नष्ट गर्ने र दिगो नियन्त्रणका उपायहरु अवलम्बन गईने

लामखुट्टेको टोकाइबाट बच्ने

काम गर्ने ठाँउ र घरका झ्याल ढोकामा जालीको प्रयोग गर्ने फुलको प्रयोग गर्ने

भ्याल-ढोका जस्ता प्रवेशद्वारमा लामखुट्टे भगाउने उपकरणहरु राख्ने

शरीरका अंग ढाक्ने खुकुला कपडा लगाउने

शरीरमा लामखुट्टे भगाउने मल्हमहरुको प्रयोग गर्ने

डेंगु प्रभावित क्षेत्रमा भ्रमण गर्दा लामखुट्टेको टोकाइबाट बच्न विषेश ध्यान दिनु पर्छ।


❖ भाइरल हेपाटाइटिस (Viral Hepatitis)

रोगको समयमै उपचार नगरेमा कलेजोको क्यान्सर भई व्यक्तिको मृत्यु हुन सक्छ। 

भाइरल हेपाटाइटिस विभिन्न भाइरसहरूले गहुनुलाई कमलपित भनिन्छ। 

कलेजो सुन्निएको र छिछिद्र भएको अवस्था (Cirrhosis) लाई नै कमलपित्त भनिन्छ। 

हेपाटाइटि भाइरल हेपाटाइटिस (Viral hepatitis) लाई कमलपित्त पनि भनिन्छ । 

विषाणुको कारणले गर्दा कलेजोको सङ्क्रमण लाग्ने गर्दछ र सोहीबमोजिम हेपाटाइटिसलाई वर्गीकरण गरिन्छ।

(क) हेपाटाइटिस 'ए' (Hepatitis 'A')

हेपाटाइटिसमध्ये सबैभन्दा प्रचलित पुरानो रोग, हेपाटाइटिस ए (Hepatitis-A) हो। 

यो रोग हेपाटाइटिस ए भाइरस (Hepatitis A Virus) ले गर्दा लाग्ने भएकाले यसलाई हेपाटाइटिस ए भनिएको हो । 

यसलाई महामारी जण्डिस (Epidemic jaundice) पनि भनिन्छ।

 यो रोग बच्चाहरूमा बढी देखापर्ने भएता पनि अन्य उमेर समूहका व्यक्तिहरूमा पनि उत्तिकै देखापर्दछ । वर्षायाममा  यो रोग बढी फैलने गर्दछ। प्रदुषित खानेपानी तथा खराब वातावरण र झुप्प परेर बस्ने ठाउँहरूमा यसले महामारीको रूप लिन सक्छ 

❖ कारक तत्त्व (Causative Agent): 

फोहर पानीमा हुने इन्टेरोभाइरस (Enterovirus) समूहको हेपाटाइटिस ए विषाणु (Hepatitis A Virus) ले गर्दा हेपाटाइटिस ए रोग लाग्दछ । 

यिनीहरूलाई ७०°C को तापमा १ घण्टासम्म राख्दा मात्र निष्क्रिय हुन्छन्। 

यो भाइरस लामो समयसम्म मानिसको शरीरमा नै बाँच्दछ। त्यसैले मानिसहरू नै यस रोगको स्रोत एवम् भण्डार हुन्।

सङ्क्रमण काल (Incubation Period): यसको सङ्क्रमण काल रोगी व्यक्तिको शरीरमा प्रवेश गरेको विषाणुको सङ्ख्या भर पर्दछ । 

सामान्यतया, यो रोगको सङ्क्रमण काल १५-४५ दिनसम्मको हुन्छ ।

❖  रोग सर्ने तरिका (Mode of Transmission)

रोगीले उत्सजर्न गरेको दिसा खाना, पानी, दूध आदिमा सम्पर्कमा आएमा (Faecal oral route), सङ्क्रमित रगत लिँदा तथा दिँदा (Parenteral route), रोगीले प्रयोग गरेका लत्ताकपडा एवम् भाँडाकुँडाबाट (Formities),असुरक्षित यौन सम्पर्कबाट (Unsafe sexual transmission), आदि ।

❖ चिन्ह तथा लक्षणहरू (Sign and Symptoms)

वाक्वाकी लाग्ने तथा वान्ता हुने,

दायाँ पेटको माथिल्लो भागमा दुख्ने तथा सुन्निने,

 आँखाको सेतो भाग पहेँलो हुने,

पिसाब तथा शरीरको सम्पूर्ण भाग पहेँलो हुने,

नङ, छाला र आँखा पहेँलो हुने,

कलेजो छाम्दा बढेको महसुस हुने, आदि।

❖ रोकथाम तथा नियन्त्रण (Prevention and Control)

पिउने पानीलाई राम्रोसँग शुद्धीकरण गरेर मात्र प्रयोग गर्नुपर्दछ ।

धेरै भिडभाड तथा घना बस्तीमा बस्नु हुँदैन ।

घर वरपरको वातावरणलाई सफासुग्घर राख्नुपर्दछ ।

रोगी व्यक्तिलाई सम्भव भएसम्म जण्डिसको लक्षण देखा परेपछि अरूको सम्पर्कमा जान दिनु हुँदैन।.

. सङ्क्रमित रगत लिनु वा दिनु पूर्व रगत परीक्षण गर्नुपर्दछ ।

रोगीले उत्सर्जन गरेको दिसा तथा पिसाबलाई राम्रोसँग तह लगाउनु पर्दछ ।

यस रोग बारे सर्वसाधारण मानिसहरूलाई स्वास्थ्य शिक्षा दिनुपर्दछ।

(ख) हेपाटाइटिस बी (Hepatitis-B')

हेपाटाइटिस बी सङ्क्रमित व्यक्तिको रगतबाट अर्कोमा सर्ने भएकाले यसलाई सेरम हेपायइटिस (Serum Hepatitis)भनिन्छ। 

यो रोग हेपाटाइटिस बी भाइरस (HBV) को कारणले गर्दा लाग्दछ।

हेपाटाइटिस बी ले कलेजोको क्यान्सर गराई व्यक्तिको मृत्यु गराउँदछ। 

यी भाइरस कलेजोको कोषहरूमा वृद्धि र विकास हुने भएकाले यसले कलेजोलाई नष्ट गर्दछ। 

यो रोगले विशेष गरेर २०–४० वर्ष उमेर समूहका मानिसहरूलाई बढी असर गरेको पाइन्छ। 

लागूपदार्थ दुर्व्यसनीहरू एवम् समलिङ्गीहरूलाई यो रोग लाग्ने सम्भावना अधिक रहेको हुन्छ। 

यसको व्यापकतादर विश्वमा ६६ प्रतिशत रहेको छ।

यो रोगले विस्तार विस्तारै मानिसहरूलाई थाहै नदिई धेरै सङ्ख्यामा सङ्क्रमण गरिरहेको हुन्छ। त्यसैले यसलाई 'silent killer' को संज्ञा दिइएको छ । 

Hepatitis-B रोगलाई HIV र AIDS भन्दा पनि बढी खतरनाक मानिन्छ। 

यो रोग सर्ने तरिका ज्यादै सरल रहेको र रोगको उपचार हालसम्म पूर्णतया सम्भव नभएकाले यसलाई एड्स भन्दा १०० गुणा खतरनाक रोगको रूपमा लिइन्छ। 

✰ हालका दिनहरूमा यस रोगको व्यापकता विश्वव्यापी रूपमा तीव्र गतिले फैलिरहेको छ ।

 मानिसमात्र यो रोगको भण्डारण भएकोले व्यक्तिले रोगी (Case) एवम् बाहक (Carrier) दुवै अवस्थामा रोग सार्न सक्दछ ।

❖कारक तत्त्व (Causative Agent):

 ✰ हेपाटाइटिस बी भाइरस (Hepatitis-B Virus : HBV )

❖ सङ्क्रमण काल (Incubation Period):

 ✰  यस रोगको सङ्क्रमण काल शरीरमा रहेको विषाणु को सङ्ख्यामा भर पर्दछ।

 ✰ औसतमा यसको सङ्क्रमण काल ६ हप्ता देखि ६ महिना सम्म रहेको हुन्छ ।

❖  रोग सर्ने तरिका (Mode of Transmission)

✰ (i) यौनजन्य क्रियाकलापद्वारा (Sexual Transmission): धेरै जनासँग यौन सम्पर्क राखेमा, असुरक्षित यौन सम्पर्कको कारण, समलिङ्गीहरू बीचको यौन सम्बन्ध आदिबाट सर्दछ ।

✰ (ii)  सङ्क्रमित रगतको माध्यमद्वारा (Parenteral Route): सङ्क्रमित रगत तथा अन्य शारीरिक रस, दुषित सिरिन्ज, नाककान छेड्दा तथा शरीरका विभिन्न भागमा ट्याटु (Tattoo) गर्दा प्रयोग हुने औजाहरूबाट आदि।

✰ (iii) आमाबाट भ्रुणमा सर्ने (Perinatal Transmission/Transplancental): हेपाटाइटिस बी (Hepatitis-B) लागेको

✰ (iv) गर्भवती आमाबाट गर्भमा रहेको भ्रुणमा रक्त सञ्चार प्रक्रियाको माध्यमबाट भाइरसहरू प्रवेश गरी सङ्क्रमित आमाले जन्माएको शिशुलाई पनि सर्दछ ।

❖   चिन्ह तथा लक्षणहरू (Sign and Symptoms)

सुरुमा ज्वरो आउने तथा पसिना आउने,

खानाखान मन नलाग्ने एवम् कमजोर हुने तथा थकाइ लाग्ने,

शरीरको तौल एक्कासी घट्ने,

कमलपित्त (Jaundice) को लक्षण देखापर्ने,

कलेजो सुन्निने तथा साहो हुने,

कलेजो छिद्रछिद्र हुने तथा कलेजोको क्यान्सर भई मृत्यु समेत हुने, आदि ।

❖   रोकथाम तथा नियन्त्रण (Prevention and Control)

स्वच्छ तथा सुरक्षित यौन व्यवहार अवलम्बन गर्ने,

सङ्क्रमित रगत आफू पनि लिने तथा अरूलाई पनि दिने गर्नु हुँदैन,

सङ्क्रमित आमाले बच्चा जन्माउनु हुँदैन,

प्रयोग गरिएको तथा सङ्क्रमित सुइहरूको पुनः प्रयोग नगर्ने,

निर्मलीकृत औजारहरूले मात्र दाह्री काट्ने तथा छाला छेड्ने गर्नुपर्दछ,

रुमाल, ब्रस, टावेल तथा विछ्यौना व्यक्तिगत रूपमा मात्र प्रयोग गर्ने,

एक वर्ष भित्र बच्चालाई ३ पटक हेपाटाइटिस रोग विरुद्धको खोप लगाउने,

सबै उमेर तथा लिङ्गका मानिसहरूले हेपाटाइटिस विरुद्धको खोप लिने,यस रोगबाट बच्न तथा बचाउन समुदायका सबै मानिसहरूलाई स्वास्थ्य शिक्षा दिने, आदि।

❖ (ग) हेपाटाइटिस सी (Hepatitis-'C')

✰ सन् १९८९ भन्दा अगाडि सम्म हेपाटाइटिस ए (Hepatitis-A) र हेपाटाइटिस बी (Hepatitis-B) मात्र थाहा भएका भाइरल हेपाटाइटिस हुन्।

 सन् १९८९ मा हेपाटाइटिस सी रोग हेपाटाइटिस सी भाइरस (HCV) ले गर्दा लाग्दछ भन्ने कुरा पत्ता लाग्यो। यस रोगबाट विश्वमा कति व्यक्ति सङ्क्रमित भएका छन् भन्ने बारे तथ्याङ्क नभएता पनि WHO का अनुसार विश्वका ३ % मानिसहरूमा यसको सङ्क्रमण रहेको अनुमान गरिएको छ । 

ती सङ्क्रमितहरूमध्ये धेरैलाई HIV रहेको पनि थाहा हुन आएको छ। 

त्यसैले यसलाई HIV र AIDS सँग सम्बन्धित सङ्क्रमणको रूपमा लिइन्छ।

यस्तो रोग प्राय विश्वका अविकसित देशहरूमा रहेको पाइन्छ। (K. Park, 2005) हेपाटाइटिस सी नामक विषाणुहरूका कारणले कलेजोमा लाग्ने रोगलाई हेपाटाइटिस सी भनिन्छ । 

यस रोगले कलेजोको सङ्क्रमण (Cirrhosis of liver) र क्यान्सर गराई व्यक्तिको मृत्यु समेत गराउन सक्दछ । जाँडरक्सी सेवन गर्ने, सुईद्वारा लागूपदार्थको सेवन गर्ने, ट्याटु खोप्ने, असुरक्षित यौन सम्बन्ध राख्ने व्यक्तिहरूमा यस्तो रोग हुने प्रबल सम्भावना रहेको हुन्छ।

❖ कारक तत्त्व (Causative Agent): 

 फ्लाभी भाइरस (Flavivirus) समूहको हेपाटाइटिस सी भाइरस (Hepatitis C Virus: HCV)

 ✰ सङ्क्रमण काल (Incubation Period): ६ देखि ९ हप्ता

❖  रोग सर्ने तरिका (Mode of Transmission)

 ✰ यो रोग सङ्क्रमित व्यक्तिहरूको रगतबाट सर्दछ ।

 ✰ सिरिंजद्वारा लागूपदार्थको प्रयोग गर्दा।

 शरीर छेड़ने औजारहरूबाट सर्दछ ।

 ✰ सङ्क्रमित व्यक्तिहरूसँगको असुरक्षित यौन सम्पर्कबाट ।

 ✰ रक्सिको प्रयोग धेरै गर्नेहरूमा यो रोग सर्ने सम्भावना धेरै हुन्छ।

  सङ्क्रमित महिला गर्भवती भएमा बच्चालाई सर्दछ ।

 सङ्क्रमित व्यक्तिको दाँत माझ्ने ब्रस, दाह्री काट्ने समानाहरू, नङ काट्ने औजार आदिबाट पनि सर्दछ।

❖  हेपाटाइटिस सी (Hepatitis C) यसरी सर्दैन

 अङ्गालो मारेर (Hugging),

 चुम्बनद्वारा (Kissing),

 हाच्छ्यु गर्दा (Sneezing),

 खोक्दा (Coughing),

 हात मिलाउँदा (Shaking hands),

❖ लक्षणहरू (Symptoms)

 थकाई लाग्ने एवम् मांसपेशी दुख्ने (Fatigue/muscular pain),

 खानाखान मन नलाग्ने (Loss of appetite),

 वाक्वाक् लाग्ने तथा वान्ता हुने (Nausea and vomiting),

 पेटको दायाँ भाग दुख्ने (Stomach pain at right region),

 ज्वरो आउने तथा कलेजोको आकार बढ्ने (Fever and enlarged liver),

 आँखा, नङ र जिब्रोको भाग पहेँलो हुँदै जाने (Yellowing of skin or eyes)।

❖  रोकबाम तथा नियन्त्रण (Prevention and Control)

 स्वच्छ तथा सुरक्षित यौन व्यवहार अवलम्बन गर्ने,

 सङ्क्रमित रगत लिने तथा दिने गर्नु हुँदैन,

 प्रयोग गरिएको तथा सङ्क्रमित सुइहरूको प्रयोग नगर्ने,

 निर्मलीकृत औजारहरूले मात्र दाह्री काट्ने तथा छाला छेड्ने,

 रुमाल, ब्रस, टावेल तथा विछ्यौना व्यक्तिगत रूपमा मात्र प्रयोग गर्ने,

 सबै उमेर तथा लिङ्गका मानिसहरूले समेत Hep-C विरुद्धको खोप लिने,

 यस रोगको आक्रमणबाट बच्न तथा बचाउन समुदायका सबै मानिसहरूलाई स्वास्थ्य शि