विज्ञान : केही प्रश्न केही उत्तर

१.बरफ पानीमा किन उत्रिन्छ ?

उत्तरः पानी बरफमा परिणत हुँदा बरफको आयतन पानीको आयतनभन्दा बढी हुन्छ यसैले बरफको आपेक्षिक घनत्व पानीको आपेक्षित घनत्व भन्दा कम हुन्छ जब बरफलाई पानीमा राखिन्छ त्यसले आफ्नो आयतनको कारणले वजनभन्दा बढी पानी विस्थापित गर्ने हुँदा बरफ पानीमा उत्रिन्छ। यो आर्किमिडिजको सिद्धान्तमा आधारित छ ।

२.जाडोमा पाइपहरू किन चर्किन्छन् ?

उत्तरःजाडोमा पानी जमेर बरफ बन्छ र आयतन बढ्छे तर पाइपको आयतन नबढ्ने हुँदा पाइपहरू चर्किन्छन्, फुट्छन् ।

३.दुई बराबर Height भएको कम्बल तर  एक कम्बलभन्दा किन बढी न्यानो हुन्छ ?

उत्तरःदुई कम्वलको बीचमा हावा हुनाले ताप बाहिर भित्र हुन सक्दैन। त्यसैले गर्दा बढी न्यानो महसुस हुन्छ ।

४.चन्द्रमामा चलाइएको बन्दुकको आवाज किन यढासम्म सुनिन्न ?

उत्तरःआवाज हावाको माध्यमबाट एक ठाउँबाट अर्को ठाउँमा पुग्छ। तर चन्द्रमामा वायुमण्डल नभएकोले र ध्वनि प्रसारण हुने माध्यम नभएकोले चन्द्रमामा चलाएको बन्दूकको आवाज केही टाढासम्म मात्र सुन्न सकिन्छ ।

५.वर्षाको पानीको थोपा किन गोलो देखिन्छ ?

उत्तरः पानीको स-साना थोपाहरूमा प्रवाह प्रवृत्ति हुँदैन। पानीको थोपा आयतनमा थोपाको पृष्ठ क्षेत्रफल न्यून हुने हुँदा गोलो देखिन् पृष्ठको तनावको कारणले पृष्ठको क्षेत्रफल न्यून हुन्छ।

६.चन्द्रमामा मानिसको भार पृथ्वीमा हुने भारभन्दा किन कम हुन्छ ?

उत्तरः चन्द्रमाको आकर्षण शक्ति पृथ्वीको शक्ति भन्दा मात्र १/६ हुन्छ। अतः पृथ्वीमा कुनै मानिसको वजन ६० के.जी. छ भने चन्द्रमाण 10 के.जी. मात्र हुन्छ। वजनको यो अन्तर आकर्षण शक्तिमा अन्तरको कारणले भएको हो।

7.पंक्षीहरू हावामा कसरी उड्छन् ?

उत्तरः हावामा उडिरहेको पंक्षीले आफ्नो पखेटाले हावालाई तलतिर दबाउँछ। जसले गर्दा हावाले पखेटालाई माथि उठाउँछ। हावाको यहाँ बलको कारणले पक्षी माथि हावामा उड्छ। आफ्नो प्वाँखहरूमा पर्ने बलको कारणले पक्षी आफ्नो शारीरिक बल प्रयोग गरी आफूले चाहेको दिशामा उड्न सक्छ।

8.चन्द्रमामा पानी र वायुमण्डल किन हुँदैन ?

उत्तरःचन्द्रमामा उठ्ने ग्यासहरू चन्द्रमाको परिधिमा नरही सौरमण्डलको शुन्यमा तत्काल विलिन हुन्छन्। हावा र पानी, ग्यासहरूबाट बन्ने हँदा त्यसको अभावमा चन्द्रमामा पानी र वायुमण्डल छैन ।

9.जाडोमा पानी भरी कसेर बिर्को लगाइएको बोतल वा फ्रिजमा राखिएको बोतल किन फुट्छ ?

उत्तरः पानी जम्दा त्यसको आयतन बढ्छ तर बोतलमा बढेको आयतन समेट्ने ठाउँ नरहेकोले फुट्छ।

१०.गिलासभित्र बरफ राख्दा त्यसको बाह्य सतहमा पानीका थोपा किन जम्मा हुन्छ ?

उत्तरः गिलासमा बरफ राख्दा त्यसको बाह्य सतहको हावा चिसिएर गिलासको बाहिरपट्टि पानीका थोपा जम्मा हुन्छन्।

११.सिसाको गिलासमा उम्लेको पानी राख्दा किन चर्किन्छ ?

उत्तरःकाँच ताप प्रसारको अवरोधक भएकोले तातो पानीको प्रसारलाई गिलासले शीघ्र वारपार हुन दिँदैन । यसले गर्दा गिलासको भित्री माग तातेर फैलिन्छ तर बाहिरी भाग चिसै रहेर फैलावटमा असमानता हुने हुँदा गिलास चर्किन्छ।

१२. उम्लेको पानीले भन्दा बाफले किन बढी पोल्छ ?

उत्तरः १०० डिग्री सेन्टीग्रेडमा उम्लेको पानी १०० डिग्री सेन्टीग्रेट वाफमा परिणत हुन ५३६ क्यालोरी प्रति ग्राम पानी आवश्यकता पर्दछ। यो ५३६ क्यालोरीलाई पानीको गुप्त ताप भनिन्छ। अतः एकै तापक्रम उम्लेको पानी भन्दा वाफ बढी तातो हुन्छ । किनभने वाफमा गुप्त ताप बढी छ। यसैले उम्लिरहेको पानीले भन्दा वाफले बढी पोल्छ।

१३.समान बलमा मोटो किलाभन्दा तिखो किला किन सजिलैसँग बढी गड्छ ?

उत्तरः तिखो किलाको क्षेत्रफल कम हुनाले समान बल लगाउँदा मोटो किलाको अपेक्षा तिखो किलाले बढी दवावको कारणले सजिलैसँग बढी गड्छ।

१४.ठूला बाँधहरूको तलको दिवाल बाक्लो र बलियो किन बनाइन्छ ?

उत्तरः द्रवहरू जति गहिराइमा जान्छन् त्यति नै दवावमा बृद्धि हुन्छ। यो दवावलाई सहन बाँधको तल्लो भाग मोटो र बलियो बनाइन्छ यसले गर्दा बाँधको स्थायित्व बृद्धि हुन्छ ।


15.गर्मीमा सेता कपडा लगाउन किन उचित मानिन्छ ?

उत्तरःसेतो रङ चम्किलो हुने हुँदा सूर्यका किरणहरू यसमा पर्दा विकीरणद्वारा फर्काइ दिन्छ जसले गर्दा सेता कपडा चिसै रहन्छन् र शरीरले शीतलता अनुभव गर्दछ । अन्य रंगको कपडाहरूले सूर्यको किरणलाई सोस्ने हुँदा गर्मी याममा लगाउन त्यति उपयुक्त मानिन्न ।

१६.प्रेसर कुकुरमा भोजन किन चाँडो पाक्छ ?

उत्तरः प्रेसर कुकरमा पानीको बढी वाष्पीकरण हुन्छ जसले गर्दा दवाव बढी पानीको क्वाथनाङ्क (Boiling Point) पनि बढ्छ। क्वाथनाङ्क बढ्दा कुकरभित्र ताप बढ्छ र अधिक तापले भोजन चाँडो पाक्छ ।

१७.स्वच्छ आकाश भएको बेलामा भन्दा बादल लागेको बेलामा किन न्यानोपन महसुस गरिन्छ ?

उत्तरः बादल लागेको समयमा स्वच्छ आकाशको समयमा भन्दा बढी न्यानोपन महसुस गरिन्छ, किनभने विकीरणको कारणले आकाशमा जाने गर्मी बादलले पुन पृथ्वीमै फर्काइदिन्छ।

१८. नदीको पानीमा भन्दा समुद्रको पानीमा पौडिन किन सजिलो हुन्छ ?

उत्तरः नदीको पानीको घनत्व समुद्रको पानीको घनत्वभन्दा कम हुने हुँदा नदीमा कम उछाल महसुस हुन्छ, समुद्रमा पानीको घनत्व बढी हुने हुँदा उछाल बढी हुन्छ। पौडिन सरल हुन्छ।

१९.रुंदा नाकबाट किन पानी आउँछ ?

उत्तरः रुँदा आँखाबाट आँशु निस्कने क्रिया आँखामा रहेका लेक्रिमल ग्रन्थिको स्रावको कारणले हुने गर्दछ। यो ग्रन्थी वाहिनीद्वारा नाकमा खुल्छ। यसैले आँशु यो वाहिनीद्वारा नाकबाट पनि बाहिर निस्कन्छ।

२०. गर्मीमा कुकुरहरूले किन बाहिर जिब्रो निकाल्छन् ?

उत्तरः कुकुरको शरीरमा स-साना प्वाल नहुने हुँदा भित्रीको पसिना बाहिर आउन पाउँदैन । जिव्रो बाहिर निकाल्दा त्यहाँबाट आन्तरिक ताप बाफ बनी बाहिर निस्कन्छ र कुकुरले शीतलताको अनुभव पर्दछ।

२१. बरफले द्रवलाई कसरी चिसो पार्दछ ?

वरफले द्रवबाट गुप्त ताप ग्रहण गरी द्रवको तापक्रमलाई कम पार्दछ।

२२.उद्योगहरूमा कठोर पानीको प्रयोग किन हानिकारक मानिन्छ ?

उत्तर: कठोर पानीमा म्याग्नेसियम तथा क्याल्सियमको सल्फेट्स तथा क्लोराइड्स मिलेका हुन्छन्। यस्तो पानी औद्योगिक प्रतिष्ठानमा प्रयोग गर्दा कलपूर्जा खनिज तत्त्वको कत्ला जमी मेसिनलाई विगारिदिने हुँदा यस्तो पानीको प्रयोग नगर्न उपयुक्त हुन्छ।

२3.पेट्रोलको आगोलाई पानीले किन निभाउन सक्तैन ?

उत्तरः पेट्रोलमा आगो सजिलैसँग लाग्ने र त्यसमा खन्याएको पानीलाई आगोले बाफमा परिणत गरिदिने हुँदा पेट्रोलको आगोलाई पानीले निभाउन सक्तैन ।

२४.अटोमोबाइलहरूमा पहेंलो लाइट किन लगाइन्छ ?

उत्तरःपहेलो प्रकाशले कुहिरोलाई सजिलैसँग भेदन गर्ने हुँदा गाडीहरूमा पहेलो लाइटको व्यवस्था गरिएको हुन्छ।

२५. गर्मीमा भैसीहरू किन बढी आहाल खेल्छन् ?

उत्तरःकालो रङले सूर्यको प्रकाश ग्रहण गरी सम्बन्धित वस्तुलाई बढी तताउँछ। भैसीको छालाको रङ कालो भएकोले तिनीहरू बढी गर्मी अनुभव गर्दछन्। गर्मीबाट बच्न बढी आहाल खेल्छन् ।

२६.दूधबाट दही कसरी बन्छ ?

उत्तरः दूधमा स्वतः व्याक्टेरिया उत्पन्न भई फरमेन्टेशन गराउँछन् । यस्ता व्यक्टोरियालाई माइक्रोव्स भनिन्छ। ब्याक्टेरियाले लेक्टोजलाई लेक्टिक एसिडमा बदल्ने हुँदा दहीको स्वाद अमिलो हुन्छ।

२७.पृथ्वीको आकर्षण शक्ति नभएको भए के हुने थियो होला ?

उत्तरः सम्भवतः पृथ्वीमा जीवनको अस्तित्त्व नै सम्भव हुने थिएन ।सबै वस्तुहरू आकाशमा उडिरहेका हुने थिए। कुनै पनि वस्तु सुव्यवस्थित र सुन्तलित हुने थिएन।

२८.बिजुली चम्किने र बादल गर्जिने किया एकै पटक भए पनि पहिले बिजुली चम्किने र पछि गर्जेको आवाज किन आउँछ ?

उत्तरः बिजुली चम्किने र बादल गर्जिने क्रिया एकै पटक भए पनि बिजुली पहिले चम्किन्छ र पछि गर्जेको आवाज आउँछ। यस्तो स्थिति प्रकाशको गति ध्वनिको गतिभन्दा बढी भएकोले हो। प्रकाशको गति ३ लाख कि.मि.प्रति सेकेण्ड हुन्छ भने ध्वनिको ३३२ मिटर प्रतिसेकेण्ड मात्र हुन्छ ।

२९.आकर्षण मुक्ति वेग (Escape Velocity) भनेको के हो ?

उत्तरः त्यस्तो गति जो कुनै प्रक्षेपास्त्र (Projectile) वा अन्तरिक्ष अनुसन्धान यान (Space Probe) को लागि पृथ्वीको गुरुत्वाकर्षण शक्तिबाट मुक्त हुन अनिवार्य हुन्छ। पृथ्वीको आकर्षण शक्तिबाट मुक्त भई वाढ्य अन्तरिक्षमा प्रवेश गर्न २५ हजार मिल प्रतिषण्य अर्थात ७ मिल प्रतिसेकेण्ड (११.२ कि.मि.) को वेग हुनुपर्दछ। यदि कुनै अन्तरिक्ष यानको गति यो भन्दा कम भएमा पृथ्वीको आकर्षण शक्तिबाट मुक्त हुन सक्दैन र त्यस्तो यानले पृथ्वीको परिक्रमा गरिरहनेछ ।

३०.के ब्याक्टेरियालाई बाँच्न सूर्यको प्रकाशको आवश्यकता पर्ला ?

उत्तरः व्याक्टेरियालाई जीवित रहन सूर्यको प्रकाशको आवश्यकता पर्दैन। किनभने व्याक्टोरियाले आफ्नो भोजन आफैँ बनाउँदैन, अपितु अरूबाट प्राप्त गर्दछ ।

३१.कुवाको पानी जाडोमा तातो र गर्मीमा चीसो किन हुन्छ ?

उत्तरः वाह्य बातावरणमा परिवर्तन भइरहे तापनि पृथ्वीभित्रको पानीको वातावरणमा कुनै परिवर्तन हुँदैन। जाडो याममा बाह्य वातावरण पानी चिसो भएको महसुस हुन्छ । चिसो भए हुने भएकोले हामीलाई कुवाको पानी तातो भएको महसुस हुन्छ भने गर्मी याममा वातावरण तातो भई हामीलाई कुवाको 

३२.बन्दुकबाट गोली चलाउँदा मानिस किन पछिल्तिर धकेलिन्छ ?

उत्तरः हरेक क्रियाको बराबर र विपरित प्रतिक्रिया हुन्छ भन्ने न्यूटनको गति सम्बन्धी तेस्रो नियमअनुसार बन्दुकको गति जुन बेगमा अगाडि बढ्छ त्यही अनुपातमा बन्दुक चलाउने मानिस पछिल्तिर धकेलिन्छ।

३३.घाँस हरियो किन देखिन्छ ?

उत्तरः घाँसले सूर्यको किरणहरूका अरू रंगलाई सोस्छ र हरियो रंगलाई परावर्तन गर्ने र त्यस्ता परावर्तित किरणहरू हाम्रो आँखामा पर्दा घाँस हरियो देखिन्छ । यसो हुनुको मुख्य कारण घाँसमा 'क्लोरोफिल' भएकोले हो।

३४.आवाज जलथलमध्ये कुनमा स्पष्ट सुनिन्छ ?

उत्तरः पानीमा ध्वनि तरङ्गहरू थलमा भन्दा बढी तीब्र गतिमा हिंड्ने हुँदा ध्वनि थलमा भन्दा जलमा बढी स्पष्ट रूपमा सुनिन्छ।

३५.आकाश निलो किन देखिन्छ ?

उत्तरः सूर्यका किरणमा सातवटा रंग हुन्छन्। नीलो रंगका किरणहरूको वेभलेंग्थ न्यूनतम हुने हुँदा आकाशमा बढी फैलिन्छन्, त्यसैले आकाश नीलो देखिन्छ।


२६.स्वच्छ पानीको तलाठ वास्तविक गहिराइ भन्दा कम गहिरो किन देखिन्छ ?

उत्तरःसघन माध्यमबाट चल्ने किरणहरू विरल माध्यमहरूबाट प्रवाहित हुँदा वास्तविकभन्दा फरक देखिने हुँदा तलाठको अनुमान गरिने गहिराइ उसको वास्तविक गहिराइभन्दा कम प्रतित हुन्छ।

३७.कुनै वस्तुलाई हावामा भन्दा पानीमा उठावन किन सजिलो हुन्छ ?

उत्तर: आर्किमिडिजको सिद्धान्तअनुसार जब कुनै वस्तुलाई पानीमा उठाउँदा वस्तुको भारमा कमी आउँछ। यो कमी वस्तुद्वारा हटाइएको पानीको भार बराबर हुन्छ । यसैले पानीमा कुनै वस्तु उठाउन सजिलो हुन्छ।


३८.फलामको सानो सियो पानीमा हुन्छ तर फलामको विशाल जहाज भने पानीमा उत्रिरहेको हुन्छ। यस्तो कसरी भएको होला?

उत्तरः उत्रिने सिद्धान्तअनुसार जहाजको डुबेको भागद्वारा हटाइएको पानीको भार जहाजको भार बराबर हुन्छ, यसैले जहाज पानीमा उजिन्छ।यसको विपरीत सियोद्वारा हटाइएको पानीको भार सियोको भारभन्दा कम हुने हुँदा सियो पानीमा हुन्छ। यसैले पानी जहाज यस्तो प्रकारले बनाइन्छ कि त्यसले बढीभन्दा बढी पानी विस्थापन गर्न सकोस्।

३९. बरफ पानीमा उत्रिन्छ तर अल्कोहलमा डुब्छ। किन ?

उत्तरः बरफको आपेक्षिक घनत्व पानीको आपेक्षिक घनत्वभन्दा कम हुने हुँदा वरफ पानीमा उत्रिन्छ। यसको विपरीत बरफको आपेक्षिक घनत्व अल्कोहलको आपेक्षित घनत्वभन्दा बढी हुने हुँदा बरफ अल्कोहलमा डुब्छ।

४0 'फ्यूज' के हो ?

उत्तरः फ्यूज धातुको तार हो जसको पग्लने बिन्दु कम हुन्छ। निर्धारित मात्राभन्दा बढी विद्युत् धारा तारबाट बग्दा फ्यून पग्ली विद्युत् धारा बन्द हुन्छ। यसबाट घरमा आगो लाग्ने र तार खराब हुने खतराबाट बच्न सकिन्छ। वास्तवमा फ्यूज विद्युतीय खतराको संभावित सुरक्षात्मक उपाय हो ।


४१.तडित चालक (लाइटेनिङ कण्डक्टर) ले घरमा सुरक्षा कसरी गर्दछ ?

उत्तरःबादलहरूको भीषण गर्जनाबाट तडित प्रहार (चट्याङ) हुने गर्दछ। यस्तो स्थितिमा तडित चालक विद्युत् आवेशलाई पृथ्वीमा पुयाई घर ध्वस्त हुनबाट बचाउँछ ।

४२. बिजुलीको चिम फुट्दा आवाज किन आउँछ ?

उत्तरः विजुलीको चिमलाई वायु शुन्य गराइएको  हुन्छ। चिम फुट्दा शुन्य ठाउँलाई पूरा गर्न हावा वेगसँग आउने हुँदा ठूलो आवाज उत्पन्न हुन्छ

४3.बिरुवा प्रकाशतिर किन झुक्छन् ?

उत्तरःबिरुवाहरूको लागि खाना बनाउन प्रकाश नभई नहुने हुँदा विरुवाहरू प्रकाश भएतिर झुकेका हुन्छन्। विरुवाहरूको प्रकाश भएतिर भुक्ने क्रियालाई प्रकाशकृष्ट गति (Phototropism) भनिन्छ।

४४.परमाणु विद्युत्गृह भनेको के हो ?

 उत्तरः युरेनिमय परमाणुको विखण्डन गरी निस्केको ऊर्जाबाट विद्युत् उत्पाद गर्ने ठाउँलाई परमाणु विद्युत्गृह भनिन्छ। तापले बाफ उत्पन्न गर्दछ जसले टर्वाइन चलाउँछ। यस टर्वाइनबाट जेनेरेटर चलाएर विद्युत् उत्पादन गरिन्छ ।

४५.हवाइजहाजबाट फाल हाल्दा किन प्याराशुटको प्रयोग गरिन्छ ?

उत्तरः प्याराशुटको छातामा हावा भरिई पृथ्वीको गुरुत्वाकर्षण शक्तिमा अवरोध उत्पन्न हुने हुँदा प्याराशुटबाट उत्रने व्यक्ति सुस्तसुस्त सुरक्षापूर्वक पृथ्वीमा उत्रिन्छ।

४६.ताराहरू किन टिलपिलाउँछन् ?

उत्तरः  वायुमण्डलको विभिन्न तहमा तापक्रम भिन्न भिन्न हुने हुँदा वायुमण्डलको घनत्वमा भिन्नता आउँछ। ताराहरूको प्रकाश पृथ्वीमा आउँदा विभिन्न तहबाट परिवर्तित हुँदा ताराहरू टिलपिलाउँछन् ।

४७.भूमिगत परीक्षण किन गरिन्छ ?

उत्तर:भूमिगत परीक्षणले वायुमण्डलमा अणुहरूको प्रसार (Nuclear fall out) नहुने हुँदा परमाणुको भूमिगत परीक्षण गरिन्छ ।

५८. थर्मामिटर कति प्रकारका हुन्छन् ?

उत्तर: थर्मामिटर निम्नानुसार पाँच प्रकारका हुन्छन् ।

↳ १ .सेन्टिग्रेड- यो ०° देखि १०० सम्म हुन्छ ।

↳ २.. युमर यो ०° देखि ८० सम्म हुन्छ ।

↳ ३..फरेनहाइट यो ३२° डिग्रीदेखि २१२ सम्म हुन्छ । 

↳ ४. डाक्टरी थर्मामिटर ९५ डिग्री फरेनहाइटदेखि ११० डिग्री फरेनहाइटसम्म हुने यस थर्मामिटरलाई शरीरको                तापक्रम नाप्ने काममा प्रयोग गरिन्छ।

↳ ५. अधिकतम तथा न्युनतम यो थर्मामिटर अधिकतम तथा न्युनतम तापक्रम नाप्न प्रगोग गरिन्छ।


४९.कोइलाको अंगठी (मकल) बालेर बन्द कोठामा सुत्न किन हानिकारक हुन्छ ?

उत्तरः श्वास क्रियाको लागि अक्सिजनको आवश्यकता पर्दछ। बन्द कोठामा कोइलाको अँगठी बालेको कोठाको अक्सिजन बलेर कार्बनडाइअक्साइडमा बदलिन्छ, यसले गर्दा व्यक्तिलाई अक्सिजन नमिल्ने हुँदा अक्सिजनको अभावमा मृत्युसम्म पनि हुनसक्छ।

५०.बलेका मैनबत्तीलाई सिसाको गिलासले ढाकिदिएमा किन निभ्छ ?

उत्तरःआगो बल्नको लागि अक्सिजन चाहिन्छ। तर मैनबत्तीलाई गिलासले ढाकिदिएमा भित्रको अक्सिजन समाप्त हुन्छ र अक्सिजनको आपूर्ति ढाकिएको कारणले संभव हुँदैन र मैन बत्ती निभ्छ।

५१.परिष्कृत युरेनियम भनेको के हो ?

उत्तरःप्राकृतिक रूपमा पाइने युरेनियममा U235 र 238 दुवै हुन्छन्। यसमा U235 को अनुपात ०.७ % र U238 को अनुपात ९९.३% हुन्छ। यदि U235 को अनुपात % लाई बढाई २.३४ प्रतिशत पुयाइन्छ भने त्यसलाई परिष्कृत (Enriched) युरेनियम भनिन्छ।


५२. न्यूक्लियर रिएक्टरमा इन्धनको रूपमा के प्रयोग गरिन्छ ?

उत्तर:न्यूक्लियर रिएक्टरमा इन्धनको रूपमा U235 रU238 दुवैको मिश्रणको प्रयोग गरिन्छ किनभने U235 को नाभिकीय विखण्डनबाट अत्यधिक मात्रामा न्युट्रोन्स निस्किन्छन् जसमध्ये केही न्यूट्रोन U235 द्वारा सोसिन्छ, यसबाट विखण्डनको प्रक्रिया नियन्त्रित नियमितरूपमा चलिरहन्छ।

५३.कुनै वस्तुको भार ध्रुवीय क्षेत्रमा बढीले र भूमध्यरेखामा कम किन हुन्छ ?

उत्तरः कुनै वस्तुको भार कम बेसी हुनुमा वस्तु पृथ्वीको केन्द्रबाट यदा वा नजिक भएको कारणले हो। पृथ्वीको ध्रुवीय भाग भूमध्य रेखीय  भाग भन्दा खुम्बिएको छ। पृथ्वीको ध्रुवीय भाग पृथ्वीको केन्द्रभन्दा टाढा रहेकोले यहाँ वस्तुहरूमा आकर्षण शक्ति कम पर्दछ र यहाँ वस्तुको भार पनि कम नै हुन्छ।

५४. दूध किन फाट्छ ?

उत्तरः  दूधमा स्वतः केही यस्ता ब्याक्टेरियाहरू उत्पन्न हुन्छन् जसले गर्दा दूधमा फर्मेन्टेशन हुन थाल्दछ र दूध फाट्छ ।

५५. हर्स पावर (अश्व शक्ति) भनेको के हो ?

उत्तरः जेम्सवाटको भनाइअनुसार एक अश्व शक्तिले १५० पाउण्ड भारलाई १ मिनेटमा २२० फिट उचाइमा लैजान सक्छ। अर्को शब्दमा भन्दा  एक फीट उचाइसम्म २२० x १५० बराबर ३३,००० फीट पाउण्ड लैजान सक्छ। यसैलाई दृष्टिगत गरी शक्तिको माप हर्स पावरमा गर्ने गरिन्छ।

५६.  १ हजार माइल प्रतिघण्यको दरले उडेको हवाईजहाजको आवाज किन सुनिदैन ?

उत्तरः आवाजको गति ७६० मील प्रतिघण्य भएकोले सोभन्दा बढी गति भएको हवाइजहाजको आवाजलाई सुन्न सकिदैन ।

५७. खिया लागेर फलामको वजन किन बढ्छ ?

उत्तरःखिया लाग्दा फलाम अक्सिजनका साथ पानीको उपस्थितिमा आयरन अक्साइड बन्दछ जसलाई प्रचलित भाषामा खिया लाग्नु भनिन्छ। खियामा फलामको भारको साथै अक्सिजनको भार पनि समावेश हुन्छ। अतः खिया लागेको फलाम खिया नलागेको फलामभन्दा गह्रुङ्गो हुन्छ।

५८.ज्वरो पीडित व्यक्तिको यउकोमा अल्कोहल मिश्रित पानी किन राखिन्छ ?

उत्तरः अल्कोहल पानीभन्दा चाँडै उड्छ। अल्कोहल उड्दा ज्वरोको गुप्त तापसमेत लिई उडेको हुन्छ र ज्वरो कम हुन्छ र यसैले ज्वरो पीडित व्यक्तिको टाउकोमा अल्कोहल मिश्रित पानी मलिन्छ।

५९.ठूलो आगोको चारैतिर हावाको दवाव किन बढ्छ ?

उत्तरःआगोले आफ्नो नजिकको हावालाई तातो पारिदिने हुँदा त्यस्तो हावा माथि उठ्छ। हावा शुन्य ठाउँलाई पूरा गर्न त्यहाँ चारैतिरबाट हावाको दवाव बढ्छ र हावामा परेको अक्सिजनले अझ बढी आगो बाल्न सघाउँछ।

६०. पहाडमा चढ्दा मानिस किन अगाडि भुक्छ ?

उत्तरः पहाडमा चढ्दा मानिसको गुरुत्वाकर्षणको केन्द्र आफ्नो सामान्य स्थितिको अनुकूल नहुने हुँदा पल्टिने सम्भावना हुन्छ।केही अगाडि झुकेमा गुरुत्वाकर्षण केन्द्र पुनः ठीक हुन्छ र पहाड चढ्न सजिलो हुन्छ। यसैले पहाड चढ्दा मानिस गुरुत्वाकर्षणको पहाडमा चढ्दा सन्तुलनलाई ठीक राख्न अगाडि झुकेको हुन्छ।

६१.भकुण्डो माथिबाट खसाल्दा किन माथि नै उफ्रिन्छ ?

उत्तरः भकुण्डो जमिनमा खस्दा केही चेप्टो भएर खप्टिन्छ र त्यसमा लचकता आई फेरि पहिलेको अवस्थामा पुग्ने हुँदा भकुण्डो उफ्रिन्छ।हरेक क्रियाको बराबर तर विपरित दिशामा प्रतिक्रिया हुन्छ भन्ने न्युटनको गति सम्बन्धी तेस्रो नियमअनुसार भकुण्डो उफ्रेको हुन्छ।

६२.डबल डेकरको माथिल्लो डेकमा बढी यात्रु किन बस्नु हुँदैन ?

उत्तरः डबल डेकरको माथिल्लो डेकमा बढी यात्रु बसेमा पल्टिने आशंका बढी हुन्छ। बस घुम्तीमा गोडिदा बसको गुरुत्वाकर्षणको केन्द्र आफ्नो स्थानबाट हट्ने हुँदा सन्तुलन बिग्रन गई बस पल्टिने सम्भावना बढ्छ। यसैले डवल डेकर बसका दुवै डेकमा निर्धारित यात्रुहरू रहन उपयुक्त हुन्छ।


63. एकै तत्त्वको भए पनि ग्रेफाइट सुचालक र हिरा कुचालक कसरी भए होला ?

उत्तरः हिरा र ग्रेफाइट कृष्टलीय रचनाको कारण बन्ने गर्दछ। इलेक्ट्रोनको परिवहन नै विद्युत् परिवहन हो । यस्ता तत्व जसको क्रिष्टलीय रचना सघन भएमा त्यस्ता वस्तुमा इलेक्ट्रॉन परिवहनका लागि परमाणुको बीचमा स्थान रहँदैन। हिरा कार्बनको परमाणु यसका चार परमाणुहरूबाट घेरिएको हुने हुँदा इलेक्ट्रोनको स्थानान्तरणका लागि स्थान हुँदैन । यसैले हिरा विद्युत् कुचालक हुन्छ । यसको विपरीत ग्रेफाइटमा कार्बनको एक परमाणु यसै तत्वको परमाणुबाट घेरिएको हुन्छ जसले गर्दा इलेक्ट्रोन प्रवाहका लागि पर्याप्त स्थान रहेको हुन्छ। यसैले ग्रेफाइट विद्युत् सुचालक हो ।

64.हामी रंगको अनुभव कसरी गर्दछौ ?

उत्तरः  रातो फूललाई देख्दा यो कसरी देखिएको होला भनी हामीमा जिज्ञासा उठ्न सक्छ । जब हामी रातो फुललाई राता र सेतो रंगको प्रकाशमा हेरेमा यो रातो देखिन्छ।तर रातो र सेतो रङ्ग बाहेक अन्य काँचले ढाकेमा कालो देखिन्छ । यो किन र कसरी भयो भन्ने कुरा वर्गीकरणको आधारमा बुझ्नुपर्दछ। रंगहरू प्राथमिक, द्वितीयक र पूरक गरी तीन प्रकारका हुन्छन्। प्राथमिक रंगमा रातो, नीलो र हरियो रंग हुन्छ। दुई प्राथमिक रंगहरू मिली द्वितीय रंग बन्दछ। यसमा पहेलो, बैजनी र श्यान (Cyan) रंग पर्दछन्। यदि दुई रंगको मिश्रणबाट सेतो रंग प्राप्त भएमा ती दुबै रंगलाई एक अर्काको पूरक रंग मानिन्छ। प्राथमिक रंग र द्वितीय रंग मिश्रणबाट पूरक रंग नीर लगाउने चलन छ यसो नगरेमा कपडामा हल्का पहेंलो रंग आउन सक्छ। मेगेन्यको पूरक रंग हरियो हो भने श्यान (Cyan) को पूरक

रंग रातो हुन्छ ।


65. पिठने पानी (Drinking water) मा हुनु पर्ने गुणहरू के के हुन् ?
उत्तरः   WHO ले निर्धारण गरेअनुसार अन्तर्राष्ट्रियस्तरको पिउने पानीको गुणस्तर “स्वच्छ पिउने पानी हानीकारक जीवाणु रहित, हानिकारक रसायनरहित पिउँदा मिठो लाग्ने र घरायासी कामका लागि प्रयोग गर्न योग्य हुनुपर्दछ ।

⤷ पिउन योग्य पानीको अम्लिीय वा क्षरियपन pH ६.० देखि ९.० सम्मको हुनु पर्ने ।
पिउने पानीमा पाइने विभिन्न रसायनमध्ये एक लिटर पानीमा सिसा ०.००१ मि.ग्रा., सेलेनियम ०.०१ मि.ग्रा, आर्सेनिक ०.०१ मि.ग्रा, क्रोमियम ०.५ मि.ग्रा, साइनाइड ०.०७ मि.ग्रा., क्लोराइड ०.५ मि.ग्रा. एन्टोंमोनी ०.००५ मि.ग्रा र निकेल ०.००२ मि.ग्रा. हुनुपर्छ ।

धेरै तातो र धेरै चिसो नभएको
ब्याक्टोरिया ढँसी तथा अन्य अन्य जैविक फोहोरबाट मुक्त ।


66. पिउने पानीमा हुने आधारभूत गुणहरू के के हुन् ?

उत्तरः पिउने पानीमा हुनुपर्ने आधारभूत गुणस्तर यसप्रकार रहेका छन् :

1.भौतिक गुणस्तर (Physical Quality) : पानीमा भौतिक गुणहरूमा स्वाद, रङ, गन्ध, तापक्रम, अम्लियपन, अक्सिजनको मात्रा, घोलिएका अन्य ठोस पदार्थको सम्पूर्ण अवस्था हुन्।

2. रासायनिक गुणस्तर (Chemical Quality) : पानीमा विभिन्न प्रकारका रसायनहरू मिश्रित भएर रहेका हुन्छन् । यस्ता रसायनहरू कतिपय मानव स्वास्थ्यका लागि फाइदाजनक हुन्छन् भने केही रसायनहरू हानिकारक हुन्छन् । पिउने पानीमा निश्चित मात्रामा रासायनहरू रही मानव स्वास्थ्यलाई लाभ पुन्याउने प्रकृतिको हुनुपर्दछ ।

3.जैविक गुणस्तर (Biological Quality) : पानीमा विषाणु, जिवाणु, परजीवीका फुल, लाभ, प्युपा लगायतका विभिन्न प्रकारका परजीवीहरू हुन्छन् । स्थानीय हावापानी अनुसार ती परजीवीहरूको उचित मात्राले पानीलाई पिउन योग्य बनाउँछ।

67. स्मार्ट पानी भनेको के हो ?

उत्तरः आकाशे पानीलाई सङ्कलन गरी त्यसलाई प्रशोधन गरी पिउन र अन्य घरेलु प्रयोजनका उपयोगमा आउने अवस्थामा रहेको पानी।