जैविक प्रविधि, सूचना तथा सञ्चार प्रविधि र वैकल्पिक ऊर्जा

⮚जिविक प्रविधि (Bio-technology)

⮞  जैविक प्रविधि अनेको के हो ?

  प्रकृतिमा भएका जीवजन्तुहरू (बोटविरुवा, प्राणी, सुक्ष्म जीवाणु) को प्रयोग मानव उपयोगी कार्यमा लगाउने विधि नै जैविक प्रविधि हो।

⮞ सर्वप्रथम जैविक प्रविधि शब्दको नामाकरण गर्ने व्यक्ति को हुन ?

  हङ्गेरियन इञ्जिनियर कार्ल इरेकी (Karl Ereky)

जैविक प्रविधि शब्दको पहिलो पटक प्रयोग कहिले भएको थियो ?

 → सन् १९१९

जैविक प्रविधिको सर्वप्रथम कहाँ केको लागी प्रयोग गरिएको थियो ?

→ इजिप्ट (मिश्र) मा पाउरोटी र जाँड उत्पादन गर्न 

जैविक प्रविधिमा धेरैजसो प्रयोग हुने जैविक जीवाणुहरू कुन कुन हुन् ?

→ DNA र प्रोटिन

स्कटल्याण्डमा Doly नामक भेडाबाट Clone गरी कहिले जन्माइएको थियो ?

→  सन् १९९७

हाल सञ्चालनमा रहेको जैविक प्रविधि नीति कुन् हो ?

→ जैविध प्रविधि नीति, २०६३

माउ विरुवाको कुनै सानो भागलाई रासायनिक माध्यमबाट उपयुक्त वातावरणमा हुर्काउने तरिकालाई के भनिन्छ ?

→ Tissue Culture

नेपालमा Tissue Culture कहाँ स्थापना गरिएको छ ?

→ ललितपुरको गोदावारीमा (वि.सं २०३४ सालमा स्थापना गरिएको)

जैविक प्रविधि अन्तर्गत के के पर्दछन् ?

→ DNA Testing, Tissue Culture, Artificial Fertilization, Genetic Engineering, Vegetative Propagation, Cloning आदि ।

Genetic Engineering भनेको के हो ?

→ अप्राकृतिक तवरले जीवित प्राणी, वनस्पति वा जीवाणुमा ल्याइने वंशाणुगत हेरफेर नै जेनेटिक इन्जिनियरिङ हो ।

जेनेटिक इन्जिनियरिङ कहिलेबाट औपचारिक रुपमा प्रयोगमा आएको छ ?

→ सन् १९९० बाट (कृषि तथा खाद्य, पशुपालन, चिकित्सा क्षेत्रमा उपयोग हुँदै आएको)

सर्वप्रथम गाइवस्तु तथा घरेलु चौपायामा कृत्रिम तरिकाबाट वीर्यधारण गराई गर्भाधान गर्ने (Artificial Fertilization) कार्य कहिले देखि प्रारम्भ भएको हो ?

→ सन् १९५१ बाट

Cloning भनेको के हो ?

→ जेनेटिक इन्जिनियरिङबाट उस्तै संरचना भएको प्राणीको उत्पादन गर्ने प्रविधि हो ।

⮞ टेष्ट्युव वेवी बनाउन प्रयोग गरिने विधिलाई के भनिन्छ ?

 Recombination of DNA प्रविधि (यो प्रविधिको विकास सर्वप्रथम डा. पेटरुकले गरेका हुन्)

⮞ शुक्रकीट र डिम्बलाई उपयुक्त वातावरणमा निशेचन गरी ४८ घण्टापछि पाठेघरमा प्रत्यारोपण गराउने प्रविधिलाई के भनिन्छ ?

→ Test Tube baby प्रविधि

विश्वको पहिलो टेष्ट्युव वेवी को हुन् ?

 लुइस ब्राउन (सन् १९७८ जुलाई २५ मा जन्मिएका)

नेपालको पहिलो टेष्ट्युव वेवी को हुन् ?

→ओममणी तामाङ (२०६१ फागुन २० ओम हस्पिटलमा जन्मिएका)