जैविक प्रविधि, सूचना तथा सञ्चार प्रविधि र वैकल्पिक ऊर्जा

⮚जिविक प्रविधि (Bio-technology)

⮞  जैविक प्रविधि अनेको के हो ?

→  प्रकृतिमा भएका जीवजन्तुहरू (बोटविरुवा, प्राणी, सुक्ष्म जीवाणु) को प्रयोग मानव उपयोगी कार्यमा लगाउने विधि नै जैविक प्रविधि हो।

⮞ सर्वप्रथम जैविक प्रविधि शब्दको नामाकरण गर्ने व्यक्ति को हुन ?

→  हङ्गेरियन इञ्जिनियर कार्ल इरेकी (Karl Ereky)

⮞जैविक प्रविधि शब्दको पहिलो पटक प्रयोग कहिले भएको थियो ?

 → सन् १९१९

⮞जैविक प्रविधिको सर्वप्रथम कहाँ केको लागी प्रयोग गरिएको थियो ?

→ इजिप्ट (मिश्र) मा पाउरोटी र जाँड उत्पादन गर्न 

⮞जैविक प्रविधिमा धेरैजसो प्रयोग हुने जैविक जीवाणुहरू कुन कुन हुन् ?

→ DNA र प्रोटिन

⮞स्कटल्याण्डमा Doly नामक भेडाबाट Clone गरी कहिले जन्माइएको थियो ?

→  सन् १९९७

⮞हाल सञ्चालनमा रहेको जैविक प्रविधि नीति कुन् हो ?

→ जैविध प्रविधि नीति, २०६३

⮞माउ विरुवाको कुनै सानो भागलाई रासायनिक माध्यमबाट उपयुक्त वातावरणमा हुर्काउने तरिकालाई के भनिन्छ ?

→ Tissue Culture

⮞नेपालमा Tissue Culture कहाँ स्थापना गरिएको छ ?

→ ललितपुरको गोदावारीमा (वि.सं २०३४ सालमा स्थापना गरिएको)

⮞जैविक प्रविधि अन्तर्गत के के पर्दछन् ?

→ DNA Testing, Tissue Culture, Artificial Fertilization, Genetic Engineering, Vegetative Propagation, Cloning आदि ।

⮞Genetic Engineering भनेको के हो ?

→ अप्राकृतिक तवरले जीवित प्राणी, वनस्पति वा जीवाणुमा ल्याइने वंशाणुगत हेरफेर नै जेनेटिक इन्जिनियरिङ हो ।

⮞जेनेटिक इन्जिनियरिङ कहिलेबाट औपचारिक रुपमा प्रयोगमा आएको छ ?

→ सन् १९९० बाट (कृषि तथा खाद्य, पशुपालन, चिकित्सा क्षेत्रमा उपयोग हुँदै आएको)

⮞सर्वप्रथम गाइवस्तु तथा घरेलु चौपायामा कृत्रिम तरिकाबाट वीर्यधारण गराई गर्भाधान गर्ने (Artificial Fertilization) कार्य कहिले देखि प्रारम्भ भएको हो ?

→ सन् १९५१ बाट

⮞Cloning भनेको के हो ?

→ जेनेटिक इन्जिनियरिङबाट उस्तै संरचना भएको प्राणीको उत्पादन गर्ने प्रविधि हो ।

⮞ टेष्ट्युव वेवी बनाउन प्रयोग गरिने विधिलाई के भनिन्छ ?

→ Recombination of DNA प्रविधि (यो प्रविधिको विकास सर्वप्रथम डा. पेटरुकले गरेका हुन्)

⮞ शुक्रकीट र डिम्बलाई उपयुक्त वातावरणमा निशेचन गरी ४८ घण्टापछि पाठेघरमा प्रत्यारोपण गराउने प्रविधिलाई के भनिन्छ ?

→ Test Tube baby प्रविधि

⮞विश्वको पहिलो टेष्ट्युव वेवी को हुन् ?

→ लुइस ब्राउन (सन् १९७८ जुलाई २५ मा जन्मिएका)

⮞नेपालको पहिलो टेष्ट्युव वेवी को हुन् ?

→ओममणी तामाङ (२०६१ फागुन २० ओम हस्पिटलमा जन्मिएका)