❖ वैकल्पिक ऊर्जा (Alternative Energy)

☆ वैकल्पिक ऊर्जा भनेको के हो ? 

→परम्परागत एवं प्रचलित ऊर्जाको सट्टामा प्रयोग गरिने ऊर्जालाई वैकल्पिक ऊर्जा भनिन्छ।

☆ नेपालमा वैकल्पिक ऊर्जा केन्द्रको स्थापना कहिले भएको हो ?

• वि.सं. २०५३ कार्तिक १८

☆ सौर्य ऊर्जाको प्रयोगद्धारा खानेपानी शुद्धिकरण गर्ने प्रविधिलाई के भनिन्छ ?

→सोडियस प्रविधि

सोलार प्यानल र टुकीमारा के सँग सम्बन्धित छन् ?

→ वैकल्पिक ऊर्जा

☆ अनवीकरणीय ऊर्जाको स्रोतहरूको सट्टामा प्रयोगमा ल्याउन सकिने नवीकरणीय ऊर्जाको स्रोतलाई के भनिन्छ ?

→ वैकल्पिक ऊर्जाका स्रोत

☆ वैकल्पिक ऊर्जाका स्रोतहरू के के हुन् ?

→ जलविद्युत, वायू, ऊर्जा, जैविक ऊर्जा, जियोथर्मल ऊर्जा, ज्वारभाटा ऊर्जा र न्यूक्लियर ऊर्जा

☆ वायू ऊर्जा भनेको के हो ?

→ तीव्र गतिमा बहिरहेको हावाको सहायताले उत्पादन गरेको ऊर्जालाई वायू ऊर्जा भनिन्छ ।

ज्वारभाटा ऊर्जा भनेको के हो ?

→ समुन्द्रमा उठ्ने ज्वारभायको सहायताबाट उत्पादन गरिने ऊर्जालाई ज्वारभाटा ऊर्जा भनिन्छ ।

☆ न्यूक्लियर ऊर्जा भनेको के हो ?

→ तत्त्वको परमाणुमा रहेको न्युक्लियसको संयोजन वा विच्छेदनबाट उत्पन्न हुने ऊर्जालाई न्यूक्लियर ऊर्जा भनिन्छ।

☆ जियोथर्मल ऊर्जा भनेको के हो ?

→पृथ्वीको भित्री भागमा रहेको तापशक्तिलाई उपयोग गरी उत्पन्न हुने शक्तिलाई जियोथर्मल ऊर्जा भनिन्छ।

☆ जैविक ऊर्जा भनेको के हो ? 

→जन्तु, वनस्पति र तिनीहरूबाट निस्कासन भएका पदार्थहरूबाट प्राप्त हुने ऊर्जा (वायोमास र वायोग्याँस) लाई जैविक ऊर्जा भनिन्छ ।

☆ बायोमास भनेको के हो ? 

→वनस्पति मरेर सुकेका भागहरू पराल, छ्वाली, भुस, काठको धुलो आदिलाई वायोमास भनिन्छ।

☆ बायोग्याँस भनेको के हो ? 

जनावरहरूको मलमूत्र तथा कुहिएका वनस्पतिका भागहरूबाट विच्छेदन गरी बनाइएको ग्यासलाई बायोग्यास (गोबर ग्यास) भनिन्छ ।

☆   सौर्य ऊर्जा भनेको के हो ?

→ सूर्यबाट प्राप्त हुने ऊर्जालाई सौर्य ऊर्जा भनिन्छ ।

☆  न्यूक्लियर फ्युजन भनेको के हो ?

→ दुई वा दुई भन्दा बढी सरल तत्त्वका न्यूक्लियसहरू संयोजन भई ठूलो तत्त्वको न्यूक्लियस बन्ने प्रक्रियालाई फ्युजन भनिन्छ ।