👉 भूगोल पृथ्वीको अध्ययन गर्ने शास्त्र हो । ग्रीक नागरिक इराटोस्थेनेसले पृथ्वीको अध्ययन गर्ने शास्त्र भएकोले यस विषयको नाम भूगोल (Geographia) राखेका हुन् । भूगोल अंग्रेजी शब्द Geography को नेपाली रूपान्तरण हो।Geography शब्द Geo + graphy मिलेर बनेको छ । Geo को अर्थ पृथ्वी (Earth) र Graphy को अर्थ वर्णन(Description) हुन्छ। यसप्रकार पृथ्वीको अध्ययन गर्ने शास्त्रलाई भूगोल भनियो।
-Eratosthenes (इरायेस्थेनेस)
👉Eratosthenes (इरायेस्थेनेस) of Cyrene (इसापूर्व २७६-१९५ इसापूर्व)
- गणितज्ञ, भूगोलविद्,कवि, लेखक, नक्षत्रविद्,
एथलिद, संगीतसाधक, लाइबेरियन ग्रीक नागरिक यिनले
Geographyशब्दलाई पहिलोपटक प्रयोग गरेका
र भूगोललाई छुट्टै अध्ययनको विषय बनाएका थिए।
यिनले भूगोलअध्ययनका लागि Latitude र Longitude
शब्द प्रतिपादन गरेका थिए। यिनले पहिलो पटक
पृथ्वीकोपरिधि (Circumference of earth) पत्ता लगाए
र पृथ्वीको कक्षको झुकाई (Tilt of Earth's Axis)निकाले ।
यिनले सूर्यदेखि पृथ्वीसम्मको दूरी पत्ता लगाए।
अधिक दिन Leap Year को धारणा प्रस्तुत गरे ।
यिनले पहिलो पटक पृथ्वीको नक्सा बनाए।
यिनले पहिलो पटक पृथ्वीको नक्सा बनाए।
इसापूर्व २७६ मा साइरिन (हाल लिवियामा पर्ने) भन्ने ठाउँमा
जन्मेका यिनको मृत्यु १९४ इसापूर्वमा
जन्मेका यिनको मृत्यु १९४ इसापूर्वमा
अलेक्जाण्ड्रिया (इजिप्टको राजधानी टोलेमिपाला) मा भएको थियो ।
यिनको नाममा चन्द्रमामा भएको एक क्रेटरको नाम इराटोस्थेनेस क्रेटर राखिएको छ।
भूगोल (Geography) का विभिन्न शाखाहरू-
👉भौतिक भूगोल (Physical Geography): पृथ्वीको बाह्य अवस्था भू-सतहबारे अध्ययनसँग सम्बन्धित भूगोलको शाखा हो
👉मानव भूगोल (Human Geography): मानिस र उसले पृथ्वीसँग गर्ने अन्तक्रियासँग सम्बन्धित भूगोलका शाखा हो
👉आर्थिक भूगोल (Economic Geography): वस्तु, सेवा तथा धन सम्पत्तिको स्थानगत वितरणबारे अध्ययन गर्ने भूगोलको एक शाखा हो
👉जनसंख्या भूगोल (Population Geography): जन्म, मृत्यु, विवाह, बसाइँसराइ, जनसंख्याको बृद्धिदर, जनसंख्याको क्षेत्रगत विभाजनसँग सम्बन्धित यस शाखालाई Demography पनि भनिन्छ।
👉धर्मसँग सम्बन्धित भूगोल (Geography of Religions): धार्मिक तथा सांस्कृतिक आधारमा स्थापित भौगोलिक अवधाणा । यसले भौगोलिक सिमानाभन्दा पर पुग्दछ । जस्तै : बौद्धतीर्थस्थल भन्नाले नेपालको लुम्बिनीका अतिरिक्त भारतका बोधगया शारनाथ, कुशिनारा, अजन्ता तथा एलोरा गुफाहरू पाकिस्तानको तक्षशिला, अफगानिस्तानको कान्धहार लगायत थाइल्याण्ड भियतनाम, कम्बोडिया, श्रीलंका, भुटान, चीनका बौद्ध धार्मिकस्थललाई समेटेको हुन्छ भने हिन्दू तीर्थस्थलमा नेपाल र भारतका विभिन्न तीर्थस्थल पर्दछन्।

👉मनोरज्जन, पर्यटन र खेल भूगोल (Recreation, Tourism and Sports Geography): पर्यटकीय दृष्टिले एक ठाउँका भूगोललाई प्रभाव पारेको हुन्छ। खेलकुदका लागि मानिसहरू एक ठाउँबाट अर्को ठाउँमा सर्ने प्रक्रियाले जनसंख्या र भूगोललाई प्रभाव पारेको हुन्छ।
👉सैन्य भूगोल (Military Geography): कुनै पनि भौगोलिक अवस्थालाई सामरिक दृष्टिले उपयुक्त मनिने ठाउँहरू ।
👉राजनीतिक भूगोल (Political Geography): देश विदेशको सिमाना, राजधानी, प्रदेश, अञ्चल वा जिल्लाको सिमाना तथा सदरमुकामको निर्धारण ।
👉कृषि तथा ग्रामीण भूगोल (Agricultural and Rural Geography): कृषि तथा ग्रामीण वस्ती विकास, कुनै खास कृषि
उपजका लागि कुनै क्षेत्र तोक्ने कार्य कृषि उत्पादनको वितरण, भूमिको प्रभावकारी उपयोगसँग सम्बन्धित विषयहरू।.
👉परिवहन भूगोल (Transportation Geography): जल, स्थल र अकाशमा हुने मार्ग निर्धारण गरी सवारी साधन, मानिसहरूको
आवागमन र वस्तुको ढुवानीसँग सम्बन्धित विषय
👉सहरी भूगोल (Urban Geography): ग्रामीण वस्ती वा नगरबाट ठूला-ठूला सहरी बस्तीहरूको रूपान्तरण, सहरको बनावट आदि
विषयको अध्ययन।
👉जीव भूगोल (Biogeography): जीवजन्तु पशुपंक्षी तथा बोट विरुवाको स्थानगत फरक, तिनको वितरण, जीवन सञ्चालन
प्रक्रियाबारे अध्ययन
👉जलीय भूगोल (Geography of Water Resources): जलस्रोतले भूगोललाई पार्ने असरबारे अध्ययन जस्तै नहर, जलाशय,
जलविद्युतको उत्पादन आदि। विश्वका मानव सभ्यताहरू नदी तटमा विकास भएका छन् भने ठूला मानव बस्ती, गाउँ, सहरको
स्थापना नदी तथा समुद्री किनारमा नै भएको पाइन्छ। पृथ्वीको सतहको कूल क्षेत्रफलको ७१ प्रतिशत जलले र बाँकी २९ प्रतिशत
भूभाग जमिनले ढाकेको छ।
👉पर्वतीय भूगोल (Mountain Geography); पहाडहरूको अवस्थिति तथा निर्माण कार्य, पहाडमा बस्ने मानिसहरू र तिनको
जीवनशैली, पहाडले प्रकृतिमा पारेको असर जस्तै नदीनालाको उत्पत्ति हावालाई रोकेर जीवनको लागि अनुकूल बनाउने बारे अध्ययन
👉चिकित्सा भूगोल (Medical Geography): यसमा रोगको स्थानगत आधार जस्तैः महामारी (Epidemics), विस्तृत महामारी
(Pandemics), मृत्युदर, स्वास्थ्योपचार तथा आरोग्य केन्द्रहरू पर्दछन्।
👉 हिम, भूगोल (Cryosphere Geography): पृथ्वीमा हिउँको अवस्था जस्तै पहाडमा हिउँ जम्ने र पग्लिने अवस्था हिमताल
हिमनदी, हिमनदी, हिउँ पग्लेर नदीनालाहरूको निर्माण बारे अध्ययन गर्ने क्षेत्र ।
👉शुष्क क्षेत्र भूगोल (Geography of Arid Regions): सुख्खा क्षेत्र जस्तै मरुभूमिको सुख्खा इलाकामा जीवजन्तु, पशुपंक्ष
वनवनस्पतिको अवस्थाबारे अध्ययन।
👉तटीय तथा सामुद्रिक भूगोल (Coastal and Marine Geography): समुद्री तटीय क्षेत्रको निर्माण तथा वनस्पति तथा जीवनको
अवस्था, तटीय क्षेत्रमा वसोवास गर्ने मानिसको अवस्था (समुद्री यातायात, मत्स्यपालन, पर्यटनबाट निकै फाइदा लिन सकिन्छ तापनि
समुद्री आँधी तुफानले निक्कै धनजनको क्षति हुने गर्दछ) बारे अध्ययन।
👉मृत्तिका भूगोल (Soil Geography): भूमिको माथिल्लो परत (Lithosphere), माटोको वर्गीकरणसँग सम्बन्धित अध्ययन।
👉क्षेत्रीय भूगोल (Regional Geography): पृथ्वीको विशेष भौगोलिक खण्ड वा क्षेत्रबारे अध्ययन।
👉ऐतिहासिक भूगोल (Historical Geography): Historical Geography is a special section, which tries to explain
various historical processes and events through the knowledge of geography. In other words this science
studies history in geographical chronology.