नेपालको जलसम्पदा (Water Resources of Nepal)
नेपाल समुद्री सुविधावाट बक्चित भए पनि जल सम्पदाको दृष्टिले नेपाल ब्राजिलपछि विश्वको दोस्रो सबैभन्दा समृद्ध राष्ट्र र एसियामा पहिलो राष्ट्र मानिन्छ। नेपालको कुल क्षेत्रफलको ७.०६ प्रतिशत भू-भाग जलक्षेत्रले ढाकेको छ भने ९२.९४ प्रतिशत भूभाग स्थल क्षेत्रले ढाकेको छ ।
नेपालको शरहदमा ६ हजारभन्दा बंढी नदीनालाहरू रहेका छन् भने त्यसै गरी हजारौं ताल तलैया तथा सिमसार क्षेत्रहरूका साथै औषधीय
गुणयुन्त तातोपानीका मूलहरू लगायतका पानीका मृलहरू रहेका छन् । हिउँले ढाकिएका उच्च हिमाली श्रृंखलाबाट उत्पन्न हुने हिमनदी, नदी
हिमताल, ताल, पानीका मूल तथा जमिनमुनिको स्रोत नै नेपालका जलस्रोतका आधारहरू हुन् ।
नेपालका नदीनालाहरू
एक हजारभन्दा बढी नदीहरू ११ कि.मि. भन्दा बढी लामा छन् भने झण्डै १०० वटा नदीहरूको लम्बाई १६० कि.मि. भन्दा बढी रहेको छ।
नेपालका सम्पूर्ण नदीहरूको जलभण्डार क्षमता २ लाख २ हजार मिलियन क्यूविक मिटर रहेको र यसमध्ये ३ वटा ठूला नदी (कोसी, गण्डकी
र कर्णाली नदी) को जल भण्डार क्षमता १ लाख ४८ हजार क्यूविक मिटर अर्थात् कुल जलभण्डार क्षमताको ७४ प्रतिशत रहेको छ। नेपालको
यो वृहत् जलसम्पदाबाट ८३ हजार मेगा वाट विद्युत् उत्पादन ८० लाख हेक्टर भूमिमा सिँचाइ सुविधा, तमाम नेपालीहरूलाई शुद्ध पेयजलको
आपूर्ति, जलयातायात, पर्यटन र मत्स्यपालनको क्षेत्रमा बहुआयामिकरूपले प्रयोग गर्न सकिने देखिन्छन्। नेपालका नदीहरूबाट
सैद्धान्तिकरूपमा ८३ हजार मेगा वाट जलविद्युत् उत्पादन गर्न सकिने भए पनि ४२ हजार मेगा वाट जलविद्युत् उत्पादन गर्न आर्थिक तथा
प्राविधिक दृष्टिले सम्भाव्य मानिएको छ। नेपालका साना ठूला नदीहरूको प्रवाह, जलभण्डार र उपयोगिताका दृष्टिले नेपालका नदीहरूलाई निम्नानुसार ३ श्रेणीमा वर्गीकरण गर्न सकिन्छ :
१. पहिलो स्तरका नदी : हिमालको हिउँ पग्ली वा हिमालयबाट उत्पत्ति भई निरन्तररूपमा ठूला जलराशिका साथ प्रवाहित हुन सप्तकोशी, सप्तगण्डकी र कर्णाली जस्ता ठूला नदीहरूलाई पहिलो स्तरका नदीहरूमा राख्न सकिन्छ। यस्ता नदीहरू ठूला जलवद्युत्र सिँचाइ आयोजनाहरूका लागि उपयोगी मानिन्छन्।
२. दोस्रो स्तरका नदी : हिमालय पर्वतभन्दा तलको महाभारत पर्वतश्रेणीबाट उत्पत्ति भई कहिल्यै नसुकी निरन्तररूपमा जलप्रवाहित हुन भए तापनि वर्षातमा बढी पानी हुने तर हिउँदमा पानीको मात्रा निक्कै घट्ने मेची,कनकाई, त्रिजुगा, कमला, बाग तिनाउ, राष्ती, बबई, मोहना आदि दोस्रो स्तरका नदीहरू हुन् । वर्षांत र हिउँदमा पानीको मात्रामा ठूलो परिवर्तन हुने हुँदा यी नदाहरु
पहिलो स्तरका नदी जस्तै विश्वसनीय मानिदेनन्। तथापि साना जलविद्युत् आयोजना र सिँचाई आयोजनाका लागि उपयोगी सिद्ती. वाणगगा,
भएका छन्।
३. तेस्रो स्तरका नदी :-
महाभारत पर्वत शृङ्खलाभन्दा तलको शिवालिक पर्वतमाला चुरे पहाडबाट उत्पत्ति भई मनसुन (वर्षाको मौसम)
मा निकै ठूलो रूप लिए पनि हिउँदमा निक्कै कम हुने वा सुक्ने अस्थायी प्रकृतिका नदीहरू तेस्रो स्तरका नदी हुन् ।
यस्ता नदीहरूमा सिर्सिया, तिलांवे, जमुनी, रातो, हर्दिनाथ, डुण्डुवा, सुनसरी, अर्जुन खोला आदि पर्दछन्।
यस्ता नदीहरू ठूला स्तरका जलविद्युत् तथा सिँचाइ आयोजना, जलयातायात सञ्चालन गर्न नसकिने भए पनि
वर्षे खेतीका लागि अस्थायी तथा अल्पकालीक सिँचाइका लागि उपयोगी देखिन्छन्। यस्ता नदीहरूमा ठूलो
जलाशयको निर्माण गरिएमा लामो समयसम्म सिँचाइ सुविधा पुऱ्याउन र मत्स्यपालन गर्न सकिने कुरा अनुभवले
देखाइएको छ।
संक्षिप्तमा नेपालमा प्रमुख ३ नदीहरू
1 सप्तकोसी
2 सप्तगण्डकी
3 कर्णाली
1 सप्तकोसी
| कोशी | |
| सप्तकोशी (Saptakoshi) | |
| River | |
नेपालमा सुख्खा याममा भोटेकोशी नदीको दृश्य | |
| देशहरू | चीन, नेपाल, भारत |
|---|---|
| राज्यहरू | सिगात्से, जनकपुर, सगरमाथा, कोशी, मेची अञ्चल, बिहार |
| क्षेत्रहरू | तिब्बत, पुर्वाञ्चल (नेपाल), उत्तर-केन्द्रीय (भारत) |
| सहायक नदीहरू | |
| - वायाँ | अरूण, तमोर |
| - दायाँ | दुधकोशी, तामाकोशी, लिखू, इन्द्रावती, सुनकोशी |
| सहरहरू | बिराटनगर,इटहरी, पूर्णिया, कटिहार |
| श्रोत | सुनकोशी, अरुण र तमोरबाट सप्तकोशी |
| - स्थान | त्रिबेणीघाट, नेपाल |
| - निर्देशांक | २६°५४′४७″उ॰ ८७°०९′२५″पू॰ |
| मुख | गङ्गा |
| - स्थान | कुर्सेला नजिक, बिहार, भारत |
| - निर्देशांक | २५°२४′४३″उ॰ ८७°१५′३२″पू॰ |
| लम्बाई | ७२० किमी (४४७ मी) |
| सिँचित क्षेत्र | ६१,००० किमी२ (२३,५५२ वर्ग मिटर) |
| निर्वहन | |
| - औषत | ६,९८१ मी३/से (२४६,५३२ क्यु फिट/से) |
सहायक नदी (७/७ )
इन्द्रावती,
नदी
लम्बाइ
वार्षिक वहाव क्षमता
समेटेको क्षेत्र
कि.मि. १५६४ घनमिटर प्रति पूर्व कञ्चनजंगा हिमालदेखि सुनकोसी,
गंगा सेकेण्ड
हुँदा
दूधकोसी,
लामटाङ तामाकोसी, अरूण, तमोर, लिखु
सप्तकोसी
७०२
(उत्पत्तिस्थलबाट
नदीमा
विलय
सम्मको लम्बाइ)
पश्चिम
हिमालसम्म
कि.मि. (नेपाल १७१३ घनमिटर प्रति पूर्व लामटाङदेखि पश्चिममा कालीगण्डकी, बूढीगण्डकी, सेती, मादी,
सरहदभित्रको लम्बाइ)
सप्तगण्डकी
३३८
सेकेण्ड
धौलागिरि हिमालसम्म
दरौंदी, मस्स्याङ्दी र त्रिशुली,
कर्णाली
कि.मि. (नेपाल १३१६ घनमिटर प्रति धौलागिरि हिमालदेखि अपि हुम्लाकर्णाली, मुगुकर्णाली, ठूलीभेरी,
सैपाल हिमालसम्म
नेपालका मुख्य मुख्य तथा ठूला स्तरका नदीहरू ससाना नदीनालाहरूको मिश्रणबाट बनेका छन् जसलाई ठूला नदीहरूको सहायक नदी
५०७
सरहदभित्रको लम्बाइ)
सेकेण्ड
सानीभेरी, सेती, तिला र बूढी गंगा
भनिन्छ। नेपालका प्रमुख नदीहरूको सामान्य परिचय यहाँ प्रस्तुत गरिएको छ :
(१) सप्तकोसी
पूर्वमा कंचनजंघा हिमालदेखि पश्चिममा लामटाङ हिमाल (गोसाई कुण्ड) सम्मको ठूलो भूभागमा रहेका साना ठूला नदीहरूलाई समेटेको
सप्तकोशीलाई नेपालको सबैभन्दा ठूलो नदी मानिन्छ । सप्तकोशी नदीमा सुनकोशी, दूधकोशी, इन्द्रावती, तामाकोशी, अरूण, तमोर, लिखु,
जस्ता ७ मुख्य नदीहरूको मिश्रण हुने हुँदा यसलाई सप्तकोशी नदी भनिएको हो । उपर्युक्त नदीहरूका अतिरिक्त ससाना नदीनालाहरू पनि
सप्तकोशीमा मिसिन्छन्। सप्तकोशीका सहायक नदीहरूका अरुण सबैभन्दा ठूलो नदी हो भने लिखु सबैभन्दा सानो नदी हो । भोटेकोशी नदी
बाहविसे नजिकै सुनकोशीमा विलय हुन्छ भने जुगल हिमालको पाँच पोखरीबाट उत्पत्ति भएको इन्द्रावती नदी र सुनकोसी नदी दोलालघाटमा
एक आपसमा विलय हुन्छन्। तिब्वतबाट बग्दै आएको तामाकोशी रामेछाप जिल्लाको बेनीघाटमा सुनकोशी नदीमा बिलय हुन्छ । त्यसपछि
रोल्वालिङ हिमालबाट उत्पत्ति भएको लिखु खोला रामेछापमा आएर सुनकोशीमा नै मिसिन्छ। महालङ्गुर हिमश्रृङ्खलाको दूधकुण्डबाट
उत्पत्ति भई आएको दूधकोशी ओखलढुंगा जिल्लाको जयरामघाटमा सुनकोशी नदीमा मिसिन्छ। सप्तकोशी नदीहरूमध्ये सबैभन्दा ठुलो र
सबैभन्दा लामो नदी मानिने तिब्बतबाट बग्दै आएको अरुण नदी संखुवासभा जिल्लाको किमाथान्काबाट नेपाल प्रवेश गर्दछ र भोजपुर
जिल्लाको पग्नाम भन्ने ठाउँमा सुनकोसी नदीमा मिल्दछ। यसको केही तल कुम्भकर्ण हिमालबाट उत्पत्ति भई आएको तमोर नदी पनि
सप्तकोशीमा नै मिल्दछ। यो नदीको वार्षिक बहाव क्षमता औसत १५६४ घनमिटर प्रतिसेकेण्ड छ भने यसले नेपालको २८,१४० वर्ग कि.मि.
प्रशवण क्षेत्र रहेको छ। सप्तकोशी नेपालको सबै भन्दा ठूलो नदी हो सप्तकोशीले विहारको ठूलो क्षेत्रमा सिँचाइ तथा पेयजलको आपूर्ति गर्ने
भए पनि बाढीले प्रत्येक वर्ष ठूलो परिमाणमा धनजनको क्षति गर्ने हुँदा यसलाई बिहारको दु:ख (Sorrow of Bihar ) पनि भनिन्छ ।
सप्तकोसी नदीका विलय हुने केही नदीहरूको परिचय
सुनकोसी : तिब्बतको भोट प्रदेशबाट बग्दै आउने हुँदा भोटेकोसी भनिने यस नदीलाई सिन्धुपाल्चोक जिल्लाको बाहबिसेभन्दा केही
तल सुनकोसी नदीमा मिसिए पछि सुनकोसी नदी कहलाउँछ। यो नदी कोदारी भन्ने ठाउँमा तिब्बतबाटं नेपाल प्रवेश गर्दछ । यस
नदीमा बलेफी दोभान भन्ने ठाउँमा बलेफी खोला मिसिन्छ । दोलालघाटमा इन्द्रावती नदी मिसिन्छ भने दुम्जा भन्ने ठाउँमा रोशी खोला
मिसिन्छ। खुकोट नजिकैको बेनीघाटमा आएपछि तामाकोशी नदी सुनकोसीमा मिसिन्छ। सप्तकोसी नदीको सबैभन्दा सानो सहायक
नदी लिखु खोला कुलाञ्जर भन्ने ठाउँमा मिसिन्छ भने कुरुले भन्ने स्थानमा आएर दूधकोसी नदी सुनकोसी नदीमा मिसिन्छ ।
कम्पुघाट भन्ने ठाउँमा अरुण नदी र त्रिवेणीघाटमा तमोर नदी सुनकोसीमा मिल्दछन् ।
इन्द्रावती : सिन्धुपाल्चोकको हेलम्बुबाट बग्दै आउने इन्द्रावती नदीमा मेलम्ची खोला र भैयारानी खोला मिसिन्छन् भने यो नदी
दोलालघाटमा पुगेर सुनकोसी नदीमा मिल्दछ।