☆ अक्षांश (Latitude)

अक्षांश : भूमध्यरेखाको उत्तर वा दक्षिणमध्ये कुनै ठाउँको कोणिक अर्थात् कोणमा नापिएको दुरीलाई अक्षांश भनिन्छ।

अक्षांश रेखा : भूमध्यरेखासँग सामानान्तर हुने गरी पूर्व-पश्चिम खिचिएको काल्पनिक रेखालाई अक्षांश रेखा भनिन्छ।

अक्षांश रेखाको संख्या : १५० वटा

☆ विभिन्न अक्षांश रेखाहरू

 भूमध्यरेखा - सबै भन्दा लामो अक्षांश रेखालाई भूमध्यरेखा भनिन्छ। (0° अक्षांश रेखा)

☆ कर्कट रेखा - २३.5 डिग्री (साढे तेइसडिग्री) उत्तरी अक्षांश रेखा

मकर रेखा - २३.5 डिग्री (साढे तेइसडिग्री) दक्षिणी अक्षाश रेखा

☆ कुमेरु वृत्त -66.5 डिग्री दक्षिण अक्षांशलाई कुमेरु वृत्त भनिन्छ।

☆  सुमेरु वृत्त - ६६ .5 डिग्री उत्तरी अक्षांश रेखा सुमेरु वृत्त भनिन्छ।

अक्षांशसँग सम्बन्धित केही प्रश्नहरू

आकारको हिसाबले अक्षांश रेखाहरू कस्ता हुन्छन् ?

→ पूर्ण वृत्ताकार

 अक्षांश रेखाहरू कति डिग्गीको फरकमा हुन्छन् ?

→ १/१ डिग्रीको फरकमा

 अक्षांश रेखाहरू कति वटा हुन्छन् ?

→ १८० (उत्तरी गोलार्द्धमा ९० वटा र दक्षिण गोलार्द्धमा ९०)

 अक्षाश रेखाहरूलाई के नामले चिनिन्छ ?

→उत्तरी गोलार्द्धको अक्षांश रेखालाई उत्तरी अक्षांश र दक्षिण गोलार्द्धको अक्षांश रेखालाई दक्षिणी अक्षांश नामले

अक्षांश रेखा कुन एकाइमा नापिन्छ ?

→ डिग्री, मिनेट र सेकेण्डको इकाईमा

☆ अक्षांश रेखाको मापन कसरी गरिन्छ

0° को भूमध्य रेखा अक्षाश ६० (सेकेन्ड) को १ (मिनेट) हुन्छ भने ६० (मिनेट) १९ (डिग्री) हुन्छ।

अक्षाश रेखा कति डिग्री सम्म हुन्छन् ?

→ ०° देखि ९०° सम्म

भुमध्य रेखा कस्तो अक्षांश रेखा हो ?

→ ५०° अक्षांश रेखा

४०° देखि ६० सम्म को दक्षिणी अक्षांश रेखालाई के भनिन्छ ?

→ गर्जनेवाला चालिसा

१° अक्षांशको फरकमा सरदर कति कि.मि. फरक पर्छ ?

→ १११ कि.मि.

 पृथ्वीको सतहको कुनै निश्चित स्थानबाट पृथ्वीको व्यासको सो ठाउँको विपरीत स्थानलाई के भनिन्छ ?

→ प्रतिलोम

भूमध्य रेखामा सूर्यको प्रकाश कुन रुपमा पर्दछ ?

→ सिधा

सबैभन्दा बढी गर्मी कुन अक्षांश रेखामा हुन्छ ?

→ 0°को भूमध्य रेखामा (कम अक्षांश क्षेत्र भन्दा बढी अक्षांश क्षेत्रमा सूर्यको प्रकाश छड्के पर्दै जान्छ। 

त्यसैले ०° को भूमध्य रेखामा सबैभन्दा बढी गर्मी त्यसको उत्तर दक्षिण तथा दक्षिण तर्फ क्रमश: गर्मी कम हुदै ध्रुवीय क्षेत्रमा अत्यन्त ठण्डा हुन्छ ।)