❖ जलवायु (Climate)

 जलवायु -पृथ्वीको कुनै निश्चित क्षेत्रको लामो अवधिसम्मको मौसमको औसत अवस्था नै जलवायु हो।

हावापानी -कुनै स्थानको केही वर्षको मौसमको औसत अवस्थालाई हावापानी भनिन्छ।

❖  संसारमा हावाका चापपेटीहरू (Pressure Belts of the World)

भूमध्यरेखीय निम्न चापपेटी (Equatorial low Pressure Belt)

  • भूमध्यरेखाको दुवैपट्टि ५° उत्तर र ५° दक्षिणको भूभागमा अत्यन्त गर्मी हुन्छ ।
  •  त्यहाँको हावामा जलवाष्प पनि बढीहुन्छ। त्यसैले गर्दा त्यहाँको हावा अत्यन्त हलुका भई माथि उठ्ने हुँदा सतहमा हावाको चाप अन्त्यन्त कम हुन्छ। 
  • न्यानो जलवाष्प युक्त हावा माथि उठ्ने र सतहमा हावको गति हुँदैन। प्राय: स्थिर रहने हुनाले यो भूभागलाई शान्तप्रदेश (doldrums) पनि भनिन्छ।

❖  अर्घोष्ण उच्च चापपेटी (sub-tropical high pressure belt)

  • दुवै गोलार्द्धको २५° देखि ३५° अक्षांशभित्रको भूभागमा हावाको चाप बढी हुन्छ किनभने यहाँ भूमध्यरेखीय क्षेत्र र उप-ध्रुवीय निम्न चापेटी क्षेत्रबाट उठेको हावाको एकएक भाग ओर्लेर यही पेटीमा आएर थुप्रिन्छ। साथै यस पेटीमा हावा पनि शुष्क हुन्छ । उत्तर तथा दक्षिण गोलार्द्धका यी दुवै चापपेटीलाई अधष्ण उच्च चापपेटी भनिन्छ । 
  • यस पेटीको सबै भागमा हावाको चाप एकनासले बढी हुनाले सतहमा हावा त्यति चल्दैन । 
  • प्राचीनकालमा घोडा लादिएका पालको सहायताले चल्ने व्यापारी जहाजहरू यो पेटीमा आइपुग्दा सतही वायुको अभावले गर्दा जहाजहरू धेरै दिनसम्म रोकिएका थिए। 
  • जहाजको बोझ घटाउन त्यसभित्रका घोड्यहरू समुद्रमा फालिए। यस किसिमको घटना घटेको हुनाले यो चापपेटीलाई 'घोडे अंक्षाश' (horse latitude) पनि भन्छन् ।

 उपघुवीय निम्न चापपेटी (sub-polar pressure belt)

  • दुवै गोलार्द्धको ६०° देखि ७०° अक्षांश भित्र सुमेरु र कुमेरु वृत्तको समीपमा हावापनी ठन्डा भए तापनि हावाको चाप कम हुन्छ किनकि पृथ्वीको दैनिक गतिको कारणले गर्दा यहाँको हावा बाहिर फालिन्छ। 
  • यसरी यहाँको हावा बाहिर फालिने हुनाले यहाँ हावाको चाप कम भएको हो। उत्तर तथा दक्षिण गोलार्द्धका यी दुवै चापपेटीलाई उपध्रुवीय निम्न चापपेटी भनिन्छ ।

❖ ध्रुवीय उच्च चापपेटी (polar high pressure belt)

  • उत्तर तथा दक्षिण ध्रुवीय क्षेत्रमा हावा अत्यन्त ठन्डा शुष्क भई हावा धरातलमा नै खाँदिएर र हुन्छ। 
  • यस बाहेक उपध्रुवीय निम्न चापपेटीकाबाट उठेको हावाको केही अंश यस क्षेत्रमा आएर थुप्रिन्छ। यसैले यहाँ हावाको चाप सधै उच्च हुन्छ । 
  • उत्तर तथा दक्षिण ध्रुवीय क्षेत्रको दुवै चापपेटीलाई ध्रुवीय उच्च चापपेटी भन्छन् ।