❖ पर्वत शृंखला

पर्वत /पहाड :-धरातल देखि माथि उठेको असमान भुआकृतिलाई पर्वत/पहाडभनिन्छ ।

☆ प्रकार (बनोट र निर्माणको आधारमा) :-४ (मोडदार, ढिके, ज्वालामुखी र अवशिष्ट पर्वत)

☆  मोडदार पर्वत :- 

पृथ्वीका विभिन्न आन्तरिक शक्तिहरूको धरातलस्थित क्षितिजीय चट्टानी तत्वहरूलाई विभिन्न कारणले हल्लाउँदा कुनै भाग माथि उठने र कुनै भाग तल भासिने गर्नाले जुन स्वरुपको पहाड/पर्वत निर्माण हुन्छ त्यसलाई मोडदार पर्वत/पहाड भनिन्छ।जस्तै: हिमालय पर्वत, रक्की पर्वत र एण्डिज पर्वत मोडदार पर्वत हुन्।

एकमात्र दबाब शक्तिका कारण उत्पन्न भएको मोडदार पर्वतलाई साधारण मोडदार पर्वत भनिन्छ ।

मोडदार पहाड़/पर्वत माथितिर उठेको भागलाई प्रतिनति र तल धसिएको भागलाई सन्नति भनिन्छ। 

प्रतिनतिले श्रेणीको काम गर्छ भने सन्नतिले वैसीको काम गर्दछ।

पृथ्वीको आन्तरिक दबाब शक्तिका कारण उत्पन्न महाद्वीप वा महासागरको होचो धसिएको भागलाई भू-सन्नति भनिन्छ ।

एक चोटी एक भन्दा बढी पृथ्वीका आन्तरिक शक्तिहरूका कारण उत्पन्न भएको मोडदार पर्वतलार्य जटील मोड भएको मोडदार पर्वत भनिन्छ।

❖ ढिके पर्वत(Block Mountain)

पृथ्वीको विभिन्न दराहरू भएको सतहमा लम्बवत हलचल हुँदा छेउछाउमा रहेका भागहरू माथि उठ्ने वा तल भासिने गर्दछन् यसरी माथि उठेका भागलाई ढिके पहाड़ भनिन्छ। 

ढिके पर्वतलाई अवरोधी पर्वतका नामले पनि चिनिन्छ । जस्तै: भारतको विन्धया सत्पुरा पर्वत र स्कटल्याण्डको उत्तरी र दक्षिणी उच्च भूमि ढिके पर्वतको दुई ढिकाबीचको भासिएको स्थल भागलाई दरार बेसी भनिन्छ।


❖ ज्वालामुखी पर्वत (Volcanic Mountain )

ज्वालामुखी विस्फोटन भएर निस्केका पदार्थहरू क्रेटर वरिपरि थुप्रिएर बन्ने पर्वतलाई ज्वालामुखी पर्वत भनिन्छ।

ज्वालामुखी पर्वतलाई सञ्चय पर्वत पनि भनिन्छ। ज्वालामुखी पहाड अन्य पहाड भन्दा कम भिराला हुन्छन्।

जस्तै : जापानको फुजियामा, अफ्रिकाको एविसिनिया र इक्वेडरको केटो पेक्सी ज्वालामुखी पहाडका उदाहरण हुन् ।

❖ अवशिष्ट पर्वत (Residual Mountain)

यस्ता पहाड/ पर्वतलाई चर्षित पर्वत /पहाड पनि भनिन्छ। यस्तो पर्वत खियाउने क्रियावाट बन्ने हुनाले नावृत्तीकरण पर्वत पनि भनिन्छ।

 प्राचीन पर्वतहरूलाई अनावृत्तीकरणका तत्वहरू नदी, हिमनदी, वायु, वर्षा आदिले धेरै समयसम्म खियाउँदै लगेर नरम चट्टान खिइन गई कडा चट्टान मात्र बाँकी रहन्छन यसरी बाँकीरहेको भागले पहाडको रुप लिन्छ र यसैलाई अवशिष्ट पहाड भनिन्छ।

★ धेरै समय देखि खिइएर बन्ने हुँनाले यी पहाडहरू अग्ला हुँदैनन् । जस्तै : भारतको अरावला र पारसनाथ

 विश्वको सबभन्दा लामो पर्वतमाला कुन हो ?

 एण्डिज पर्वतमाला (लम्बाई ७२०० कि.मि. छ । यो कोलम्बियादेखि चिलीसम्म फैलिएको छ। बहुमूल्य धातु र खनिज

पदार्थ पाइने हुनाले यसलाई सम्पन्न पर्वतमाला भनिन्छ ।)

 विश्वको सर्वाधिक अग्लो पर्वतमाला हिमालय पर्वतमाला कहाँ पर्दछ ?

→ एसिया महादेशमा

 आल्पस पर्वत कुन महादेशमा पर्दछ ?

→ युरोप

 विश्वमा सर्वाधिक फोटो खिचिएको र चित्र लेखन गरिएको पहाड 'फूजी' कुन देशमा पर्दछ ?

जापान

 रकी पर्वतमाला कुन महादेशमा पर्दछ ?

→ उत्तर अमेरिका

 एसिया र युरोपलाई छुट्याउने पर्वत कुन हो ?

→ युराल पर्वतमाला

 अस्ट्रेलिया महादेशको सबैभन्दा लामो पर्वत श्रृंखला कुन हो ?

→ ग्रेट डिभाइडिङ रेन्ज

 अस्ट्रेलिया महादेशका सबैभन्दा लामो मुगा पर्वत कुन हो ?

ग्रेट ब्यारियर रिफ

 जुरा पर्वत कहाँ पर्दछ ?

→ फ्रान्स र स्वीट्जरल्याण्डमा

 युराल पर्वतमाला कहाँ पर्दछ ?

→ एसिया र युरोप (यसले एसिया र युरोप महादेशलाई छुट्याउँछ,

 हिन्दु, बौद्ध र इस्लाम धर्मावलम्बीहरूको आस्थाको केन्द्र मानिने 'एडम्स पिक' नामक पहाड कहाँ रहेको छ ?

→ Srilanka

  समुद्रभित्रको अग्लो पर्वतमाला कुन हो ?

बल्कान पर्वत बुल्गेरियामा, एपेनाइन हिल्स इटालीमा, बर्नेज आल्पस स्वीट्जरल्याण्डमा, ब्ल्याक माउन्टेन बेलायतमा पामिर पर्वतमाला ताजिकिस्तान, चीन र अफगानिस्तामा रहेको छ।