- महासागर भनेको चारैतिर पानीले घेरिएको विशाल जलराशिको नाम हो । पृथ्वीको ७१% भू-भाग पानीले नै ओगटेको छ । पृथ्वीको पानीको 97% समावेश गर्दछ। प्रशान्त (सबैभन्दा ठूलो), एट्लान्टिक, भारतीय, दक्षिणी (अन्टार्कटिक), र आर्कटिक (सबैभन्दा सानो)। समुद्री पानीले ग्रहको लगभग 361,000,000 km2 (139,000,000 वर्ग माइल) ओगटेको छ। महासागर प्रकाश संश्लेषण पृथ्वीको वायुमण्डलमा अक्सिजन को 50% सिर्जना गर्दछ। यो माथिल्लो सूर्यलाइट क्षेत्र खाद्य आपूर्तिको उत्पत्ति हो जसले धेरैजसो समुद्री पारिस्थितिकी तंत्रलाई निरन्तरता दिन्छ। प्रकाश केही सय मिटरको गहिराइमा मात्र प्रवेश गर्छ।
१. प्रशान्त महासागर (Pacific Ocean)
२.आन्ध्र महासागर (Atlantic Ocean)
३. हिन्द महासागर (Indian Ocean )
४. अन्टार्क्टिक महासागर (Antarctic Ocean)
५. आर्कटिक महासागर (Arctic Ocean )
१. प्रशान्त महासागर
प्रशान्त महासागर
- पृथ्वीको सबैभन्दा ठूलो महासागर हो ।
- यो उत्तरमा आर्कटिक र दक्षिणमा अन्टार्क्टिक महासागर ( वा अन्टार्टिका)सम्म फैलिएको र एसिया, अस्ट्रेलिया र अमेरिकाले घेरिएर रहेको छ ।
- प्रशान्त महासागर क्षेत्रफल:-16करोड़ 57लाख औषत
- गहिराई :4300मिटर
- गहिरो भाग :-मारियाना ट्रेन्च पानी को भाग:-45•5%
- आकार :-त्रिभुज
| आन्ध्र महासागर | |
|---|---|
| निर्देशाङ्क | ०°उ॰ २५°प॰निर्देशाङ्कहरू: ०°उ॰ २५°प॰ |
| सतहको क्षेत्रफल | १०,६४,६०,००० किमी२ (४,११,००,००० वर्ग माइल) North Atlantic: ४,१४,९०,००० किमी२ (१,६०,२०,००० वर्ग माइल), South Atlantic ४,०२,७०,००० किमी२ (१,५५,५०,००० वर्ग माइल |
| औसत गहिराइ | ३,६४६ मी (११,९६२ फिट) |
| अधिकतम गहिराइ | ८,४८६ मी (२७,८४१ फिट) |
| पानीको आयतन | ३१,०४,१०,९०० किमी3 (७,४४,७१,५०० घन माइल) |
| किनारा लम्बाइ1 | १,११,८६६ किमी (६९,५१० माइल) including marginal seas |
| किनाराको लम्बाइ उपयुक्त तरिकाले परिभाषित छैन। | |
☆ आन्ध्र महासागर वा एटलान्टिक महासागर विशाल जलराशिको नाम हो जो यूरोप तथा अफ्रिका महादेशहरूको नयाँ संसारका महादेशहरूदेखि पृथक गर्छ ।
☆ क्षेत्रफल र विस्तारमा संसारको दोस्रो ठुलो महासागर हो जसले पृथ्वी को १/५ क्षेत्र ओगटेको छ ।
☆यस महासागरको नाम ग्रीक संस्कृतिबाट लिइएको छ जसमा यसलाई नक्शाको समुद्र पनि भनिन्छ ।
☆ यस महासागरको आकार लगभग अङ्ग्रेजी अक्षर ८ को जस्तो छ ।
☆लम्बाईको अपेक्षा यसको चौडाई धेरै कम रहेको छ ।
☆ आर्कटिक सागर, जो बेरिङ्ग जलडमरूमध्यबाट उत्तरी ध्रुव हुँदै स्पिट्सबर्जेन र ग्रिनल्यान्डसम्म फैलिएको छ, मुख्यतः आन्ध्रमहासागरको नैं अङ्ग हो ।
☆ यस प्रकार उत्तरमा बेरिङ्ग जल-डमरूमध्यबाट लिएर दक्षिणमा कोट्सलैंडसम्म यसको लंबाई १२,८१० माईल छ ।
☆यस्तै प्रकार दक्षिणमा दक्षिणी जर्जियाको दक्षिण स्थित वैडल सागर पनि यसै महासागरको अङ्ग हो ।
☆यसको क्षेत्रफल यस अन्तर्गतका समुद्रहरुसहित ४,१०,८१,०४० वर्ग माईल छ।
☆यस अन्तर्गत समुद्रहरूलाई छोडेर यसको क्षेत्रफल ३,१८,१४,६४० वर्ग माईल छ ।
☆यो एउटा विशाल महासागर नै हो जसको अधीन विश्वको सबभन्दा ठूलो जलप्रवाह क्षेत्र रहेको छ ।
☆उत्तरी आन्द्रामहासागरको पृष्ठतलको लवणता अन्य समुद्रहरूको तुलनामा पर्याप्त रहेको छ ।
☆ यसको अधिकतम मात्रा ३.७ प्रतिशत छ जो २०°- ३०° उत्तर अक्षांशहरूको बिचमा विद्यमान छ ।
☆यस महासागरको अन्य भागहरूमा लवणता अपेक्षाकृत कम रहेको छ ।
☆एटलान्टिक महासागरको गहिराईको प्रारम्भिक अध्ययनमा पनडुब्बी चालक (१८७३-७६) को अन्वेषण अभियानको समान अन्य वैज्ञानिकले महासागरको अन्वेषणहरूमा योगदान दिएका थिए ।
☆एटलान्टिक महासागरीय विद्युत केबुलहरूको स्थापनाका गर्नका लागि आवश्यक जानकारी प्राप्ति गर्नका लागि यस प्रकारका अध्ययनहरूले विशेष प्रोत्साहन दियो ।
☆ यसको गहिराइ को सन्दर्भमा एउटा अन्वेषण टोलि सन् (१९२१) को अध्ययन अनुसार यस महासागरको औसत गहिराई, समुद्रहरूलाई छोडेर, ३,९२६ मीटर, अर्थात् १२,८३९ फिट छ ।
☆ यसको ज्ञात अधिकतम गहिराई, ८,६०५ मिटर अर्थात् २८,२३२ फिट छ र यस महासागरको सबैभन्दा गहिरो भाग पोर्टोरिको ट्रेन्च हो जसको गहिराई लगभग ८,६०५ मिटर (२८,२३२ फिट) रहेको छ ।
३. हिन्द महासागर (Indian Ocean )
| हिन्द महासागर | |
|---|---|
हिन्द महासागरको क्षेत्र | |
| स्थान | दक्षिण एसिया, दक्षिणपूर्वी एसिया, पश्चिम् एसिया, उत्तरपूर्वी अफ्रिका, पूर्वी अफ्रिका, दक्षिण अफ्रिका र अस्ट्रेलिया |
| निर्देशाङ्क | २०°द॰ ८०°पू॰निर्देशाङ्कहरू: २०°द॰ ८०°पू॰ |
| प्रकार | महासागर |
| अधिकतम चौडाइ | ६,२०० माइल (१०,००० किमी) |
| सतहको क्षेत्रफल | ७,०५,६०,००० किमी२ (२,७२,४०,००० वर्ग माइल) |
| औसत गहिराइ | ३,७४१ मी (१२,२७४ फिट) |
| अधिकतम गहिराइ | ७,९०६ मी (२५,९३८ फिट) |
☆ हिन्द महासागर संसारको तेस्रो सबैभन्दा ठूलो समुद्र हो , र यसले पृथ्वीको सतहमा उपलब्ध पानीको लगभग २०% भाग यसमा निहित रहेको छ।
☆ उत्तरमा यो भारतीय उपमहाद्वीप देखि, पश्चिममा पूर्व अफ्रिका, पूर्वमा हिन्दचीन, सुन्दा द्वीप समूह र अस्ट्रेलिया, तथा दक्षिणमा आर्कटिक महासागरले घेरिएको छ।
☆ विश्वमा यो मात्र एउटा महासागर हो जसको नाम कुनै देशको नाम अथवा, हिन्दुस्तान (भारत)को नाममा रहेको छ।
☆संस्कृतमा यसलाई रत्नाकर अथवा रत्न उत्पन्न कर्ता भन्दछन्, जबकि प्राचिन हिन्दू ग्रन्थहरूमा यसलाई हिन्दू
महासागर भनिएको छ।
☆ वैश्विक रूपले परस्पर जोडिएका समुद्रहरूका एक घटक हिन्द महासागर को, आन्ध्र महासागर देखि २०° पूर्वी देशान्तर जो केप एगुलस देखि गुज्रिन्छ, र प्रशान्त महासागरदेखि १४६°५५' पूर्वी देशान्तर पृथक गर्दछ।
☆हिन्द महासागरको उत्तरी सीमाको निर्धारण फारसको खाडीमा ३०° उत्तर अक्षांश द्वारा हुन्छ।
☆अफ्रिका र अस्ट्रेलियाका दक्षिणी बिन्दुहरूमा यस महासागरको चौडाई करिब १०,००० किलोमिटर (६२०० माईल) छ
☆ यसको क्षेत्रफल ७,३५,५६,००० वर्ग किलोमिटर (२,८४,००,००० वर्ग माईल) छ जसमा लाल सागर र फारसको खाडी समेत रहेको छ।
☆सागरमा जलको कुल मात्रा २९,२१,३१,००० घन किलोमिटर (७,००,८६,००० घन माईल) हुने अनुमान छ।
☆ मेडागास्कर जो विश्वको चौथो सबैभन्दा ठूलो द्वीप हो यो यसै हिन्द महासागरमा स्थित रहेको छ।☆ कोमोरोस, सिचेल्स, माल्दिभ्स, मरिशस, श्रीलङ्का र इण्डोनेशियाको द्वीपसमूह जसले यस महासागरको पूर्वी सीमाको निर्धारण गर्दछन् यो यसै महासागरको क्षेत्र भित्र पर्दछन।
४. अन्टार्क्टिक महासागर (Antarctic Ocean)
कुमरु महासागर/दक्षिणी धुव्रीय महासागर (Southern Antarctic Ocean)
☆ कस्तो महासागर हो ?
→ क्षेत्रफलको हिसाबले चौथो ठूलो र गहिरो महासागर हो ।
→ यसलाई दक्षिण ध्रुवीय महासागरको नामले समेत चिनिन्छ।
→यो महासागरको आकार वृत्ताकार रहेको छ ।
→प्रशान्त, आन्ध्र र हिन्द महासागरको एउटा भागको रूपमा मानिने महासागर।
☆ कहाँ फैलिएको छ ?
→अन्टार्कटिका महादेशको चारैतिर दक्षिणी ध्रुवको आसपासमा
☆ कहाँ जोडिएको छ ?
→ यो प्रशान्त महासागर र आन्ध्र महासागरसँग जोडिएको छ।
☆ सुमेरु महासागर/ उत्तरी धुव्रीय महासागर (Arctic Ocean)
✰ कस्तो महासागर हो ?
→ सबैभन्दा सानो महासागर
→यसलाई उत्तरी ध्रुवीय महासागर पनि भनिन्छ।
→यसलाई “चिसो पानीको महासागर” पनि भनिन्छ ।
→यसलाई "Sea of Atlantic" पनि भनिन्छ।
✰ यसको सबैभन्दा गहिरो भाग कुन हो ?
→ मोलीद्वीप (गहिराइ ५६०८ मि.)
✰ यो महासागरको आकार पनि कुमेरु महासागर जस्तै वृत्ताकार रहेको छ।