❖ भूकम्प (Earth Quake)

भूकम्प : पृथ्वीको धरातल तलमाथि वा दायाँबायाँ हल्लेर काप्ने कियालाई भूकम्प भनिन्छ।

☆ भूकम्पका मुख्य २ क्षेत्र

(१) प्रशान्त महासागर वरिपरिका मोडदार पर्वत श्रेणीहरू : यसमा उत्तर र दक्षिण दुवै अमेरिकाको पश्चिमपट्टि रकी र एन्डिज

पर्वतहरू पर्दछन्। एसियाको पूर्वपट्टि कामचटका प्रायद्वीप, जापान, फिलिपिन्स, इण्डोनेसिया,

न्युगिनी र न्युजिल्याण्डका टापुहरू भूकम्पका मुख्य क्षेत्र हुन् ।

(२)  एसियाको हिमालय पर्वत श्रेणी र युरोपको आल्पस पर्वत श्रेणी

☆ भूकम्पका मुख्य २ असर

(१) विनाशकारी असर : मानिस, धनसम्पत्ति, घर, बाटो, पुल र जनावर आदिलाई ठूलो क्षति पुऱ्याउँछ। आदि।

(२) धरातलमा असर : दरारको निर्माण हुनु, जमिन उठ्नु र धसिनु, समुद्रको पिँध माथि उठ्नु, पहिरो जानु, बाढी आउनु

☆  भूकम्पसँग सम्बन्धित शब्दहरू

  •  हाइपोसेन्टर (Hypocentre) : भूकम्प शुरु हुने पृथ्वीभित्रको स्थान वा विन्दु । यसलाई Focus पनि भनिन्छ ।
  •  इपिसेन्टर (Epicentre) : हाइपोसेन्टरमा उत्पति भएको कम्प सिधै आइपुग्ने पृथ्वीको सतहको केन्द्र नै इपिसेन्टर हो।
  • Aftershocks :-भूकम्पको प्रमुख झड्का पछि आउने ससाना भूकम्पीय झड्का
  • सिस्मोग्राफ (Seismograph) :-भूकम्पको तिब्रता उत्पति भएको स्थान वेग फैलावट आदि नाप्ने यन्त्र
  • Richter (Magnitude) Scale :-भूकम्प मापन गर्ने इकाई
  • Horizontal quake :-दायाँबाया भएर हुने कम्पलाई क्षैतिज कम्प (Horizontal quake) भनिन्छ ।

  • Vertical quake :- तलमाथि भएर हुने कम्पलाई ठाडो कम्प (Verticalquake) भनिन्छ।
  • Modified Mercalli Intensity Scale :- भूकम्पबाट इन्टेन्सिटी नाम्ने स्केल र भूकम्पबाट यसको मानवीय क्षति
  • मापन गर्ने।
☆ नेपालमा भएका ठूला भूकम्प
         वर्ष (वि.सं.)
  • १८९०  :-  ७.८ रेक्टर स्केल
  • १९९० माघ २  :- ८.४ रेक्टर स्केल
यस भूकम्पमा परी १६, ८७५ जनाले ज्यान गुमाएका थिए भने ३३,७९ घाइते भएका थिए। यसको
★ केन्द्रविन्दु भारतको मोतिहारी रहेको थियो। यो भूकम्प जादा प्रधानमन्त्री जुद्धशमशेर थिए।
  • ६ २०४५ भदौ ४  :-  ६.५ रेक्टर स्केल
  • २०६८ असोज १  :-  ६.९ रेक्टर स्केल
★  यसको केन्द्रविन्दु नेपालको ताप्लेजुङ तथा भारतको सिक्किमको बीचमा रहेको थियो।
  • २०७२ वैशाख १२  :-  ७.६ रेक्टर स्केल
केन्द्रविन्दु गोरखाको बारपाकमा थियो। ८८५६ भन्दा बढीले ज्यान गुमाएका थिए।
धेरै मानवीय क्षति भएको जिल्ला सिन्धुपाल्चोक (३५१० भन्दा बढी मृतक) त्यसपछि
क्रमशः काठमाण्डौमा १२०५ जना भन्दा बढी र नुवाकोटमा ११०७ जना भन्दा बढीको मृत्यु
भएको थियो। 
यस बेला प्रधानमन्त्री सुशिल कोइराला र राष्ट्रपति रामवरण यादव थिए।

☆  विश्वका १० ठूला भूकम्प   
  • चिली    :-   ९.५ रेक्टर स्केल    -    मिति -सन् १९६० मे २२
  • अलास्का    :-  ९.2 रेक्टर स्केल    -    मिति सन् १९६४ मार्च २८
  • एन्ट्रिएनोफ टापु    :-   ९.1 रेक्टर स्केल    -    मिति सन् १९५२ मार्च ९
  • कामचटका    :-     9.0 रेक्टर स्केल    -    मिति सन् १९५२ नोभेम्बर ४
  • सुमात्रा    :-   9.0 रेक्टर स्केल    -    मिति सन् २००४ नोभेम्बर ४
  • इक्वेडर    :- ८.८ रेक्टर स्केल    -    मिति सन् १९०६ जनवरी ३१
  • रेट टापु    :-  ८.७ रेक्टर स्केल    -    मिति सन् १९६५ फेब्रुवरी ४
  • भारत चीन सीमा    :-   ८.६ रेक्टर स्केल    -     मिति सन् १९५० अगस्ट १५
  • कामचटका    :- ८.५ रेक्टर स्केल    -    मिति सन् १९२३ फेब्रुअरी
☆   भूकम्पसँग सम्बन्धित प्रश्नहरू
★ नेपाल भूकम्पीय जोखिमका हिसावले विश्वको कतिऔं स्थानमा पर्दछ ?
→ ११ औं
  भूकम्पका जाने मुख्य २ कारणहरु के के हुन् ?
→ २ (ज्वालामुखीको विस्फोटन र भूचालसम्बन्धी हलचल)
ज्वालामुखी विष्फोटनबाट हुने कम्पनको असर कस्तो हुन्छ ?
→  सानो
पृथ्वी भित्र रहेको चट्टानहरूको हलचलबाट हुने कम्पनलाई के भनिन्छ ?
→ भूचाल
भूकम्प विशेष गरी कुन क्षेत्रमा जाने गर्दछ ?
→ पर्वत श्रेणी वरपर
भूकम्प प्रभावित संरचनाको पुननिर्माण सम्बन्धी ऐन राष्ट्रपतिबाट कहिले प्रमाणीकरण भएको हो ?
→  वि.सं. २०७२ पुष ९ 
विश्वमा सबैभन्दा बढी भूकम्पको जोखिमा परेको देश कुन हो ?
→ आर्मेनिया
नेपालमा भूकम्प दिवस कहिले मनाइन्छ ?
→ हरेक वर्ष माघ २ गते (वि.सं. २०५५ साल देखि)
कति रेक्टर स्केलका भूकम्पहरू बढी विनाशकारी हुन्छन् ?
→ ७.१ देखि ८.७ रेक्टर स्केल
★ हाइटीमा २ लाखभन्दा बढी मानिसको ज्यान जानेगरी महाभूकम्प कहिले गएको थियों ?
→सन २०१० जनवरी १२
भूकम्प प्रभावित संरचनाको पुननिर्माण सम्बन्धी ऐन अनुसार राष्ट्रिय पुननिर्माण परामर्श परिषद्को अध्यक्ष को हुने व्यवस्था रहेको छ
→ प्रधानमन्त्री
हालसम्मकै विश्वको शक्तिशाली भूकम्प भनेर कुन भूकम्पलाई चिनिन्छ ?
→सन् १९६० मे २२ मा चिलिमा गएको ९.५ रेक्टर स्केलको
भूकम्पपछिको पुनः निर्माणका लागि नेपाल सरकारले अन्तर्राष्ट्रिय सम्मेलको आयोजना कहिले गरेको थियो ?
→  वि.सं. २०७२ असार १०
❖ भूकम्पबाट बच्न उपायहरु
  • सही सूचनाका लागि रेडियो सुन्ने
  • सवारी साधन बाटोको बायाँतिर रोक्ने
  • बिजुली, धारा र ग्यास बन्द गर्ने
  • भत्कन लागेको ठाउँतिर नजाने
  • खसेका सामानहरूबाट बच्न टाउको छोपेर बस्ने
  • ढोकाको संघारमा उभिने
  • नयाँ घर बनाउँदा भूकम्प प्रतिरोधक प्रविधि अनपाउने
  • भूकम्प आउँदा भन्याङतर्फ दौडनुहुँदैन । 
  • प्रत्येक घरभित्र भएका सुरक्षित ठाउँहरू जस्तो टेबल वा खाटमुनि, ढोकाको चौकोसमा, पिलर नजिक, भित्री गारो नजिक, घरबाहिर भए चौर वा चोक, सडकको बीच वा अन्य खुल्ला ठाउँमा बस्नु पर्दछ।
  • भूकम्प आउँदा घरभित्रका झ्याल, ग्यास चुल्हो नजिक बस्नुहुदैन। यसैगरी बार्दली, गमला, रुख, खम्बा, साइनबोर्ड तथा
  • तारमुनि पनि बस्नुहुँदैन ।