❖ अन्तर्राष्ट्रिय तिथि रेखा (International Date Line)

☆ अन्तर्राष्ट्रिय तिथि रेखा : १८०° को देशान्तर रेखालाई अन्तर्राष्ट्रिय तिथि रेखा भनिन्छ अर्थात प्रधानमध्यान्ह रेखादेखि १८०° देशान्तर को कोणिक दुरीमा उत्तर र दक्षिण ध्रुवलाई जोड्ने गरी खिचिएको काल्पनिक रेखा नै अन्तर्राष्ट्रिय तिथि रेखा हो ।

❖ अन्तर्राष्ट्रिय तिथि रेखासंग सम्बन्धित प्रश्नहरू

☆ अन्तर्राष्ट्रिय तिथि रेखा गर्न बित्तिक के मा असर पर्दछ ?

⮚ मिति, तिथि, बार र समय

☆ अन्तर्राष्ट्रिय तिथि रेखा आकृतिको हिसाबले बाङ्गोटिङ्गो किन हुन्छ ?

प्रशान्त महासागरको बीच भागबाट कुनै टापु

☆  अन्तर्राष्ट्रिय तिथि रेखा किन बाङ्गोटिङ्गो पारेर खिचिएको हुन्छ ?

एउटै देश एवम् स्थान भित्र तिथि, मिति, समय बार स्थल भाग नकाटिने गरी लिइएको हुनाले आदिमा एकरुपता ल्याउनको लागि अन्तर्राष्ट्रिय तिथि रेखालाई बाङ्गोटिङ्गो पारेर खिचिएको हुन्छ।

☆  १८०° पूर्वी देशान्तर र १८०° पश्चिमी देशान्तरको बीचमा कति फरक हुन्छ ?

⮚ १ दिन (२४ घण्टा)

☆  ०° देशान्तरदेखि १८०° पूर्वी देशान्तरको समयमा १२ घण्टा छिटो र पश्चिम देशान्तरको समयमा के हुन्छ ? 

⮚ १२ घण्य ढिलो

☆ प्रधानमध्यान्ह रेखा (ग्रीनबीच) १ डिग्री पूर्वतर्फ जाँदा ४ मिनेट छिटो हुन्छ भने पश्चिम कस्तो हुन्छ ?

⮚ भू-मध्यरेखा (Equator)

 ❖ भूमध्य रेखा

☆ भू-मध्यरेखा :- पृथ्वीलाई दुई भागमा विभाजन गर्ने गरी पृथ्वीको मध्य भागबाट पूर्व-पश्चिम दिशामा खिचिएको काल्पनिक रेखा नै भूमध्य रेखा हो।

❖ भू-मध्यरेखासँग सम्बन्धित प्रश्नहरू

☆ भू-मध्यरेखा देखि उत्तरतर्फको भागलाई उत्तरी गोलार्द्ध (Northern Hemisphere) भनिन्छ भने दक्षिण तर्फको भागलाई के भनिन्छ ?

→ दक्षिण गोलार्द्ध (Southern Hemisphere)

☆ भू-मध्यरेखामा किन दिनरात बराबर हुन्छ ?

→सूर्यको प्रकाश सिधै पर्ने भएकोले

☆ भूमध्यरेखामा सूर्यको प्रकाश कस्तो रुपमा पर्दछ ?

→सिधा रुपमा

☆ भूमध्यरेखामा सधै गर्मी हुन्छ। यसको जति उत्तर वा दक्षिणतिर गयो त्यतिनै तापक्रम के हुन्छ ? 

चिसो वा जाडो बढ्दै जान्छ

सबैभन्दा लामो अक्षांश रेखालाई के भनिन्छ ?

→ भूमध्यरेखा

☆ भूमध्यरेखा ०° अक्षांश रेखा हो जहाँबाट जति जति उत्तर वा दक्षिण दिशातर्फ गईन्छ अक्षांश रेखाहरू के हुँदै जान्छन् ?

→ त्यति नै साधुरिदै जान्छन् ।

☆ अक्षांश रेखाहरू ध्रुवमा पुगेर केमा परिणत हुन्छन् ?

→केवल बिन्दुमा

☆ 0° अक्षांश रेखालाई के भनिन्छ ?

भूमध्य रेखा


❖ प्रधान मध्यान्ह रेखा (Prime Meridian)

☆ प्रधानमध्यान्ह रेखा :- पृथ्वीको अध्ययनार्थ बेलायतको ग्रीनबीचलाई आधारमानी उत्तरी ध्रुवदेखि दक्षिणी ध्रुवसम्म खिचिएको काल्पनिक रेखा

❖  प्रधान मध्यान्ह रेखासँग सम्बन्धित प्रश्नहरू

 0° देशान्तरलाई जनाउने काल्पनिक ठाडो रेखालाई के भनिन्छ ?

→ प्रधान मध्यान्ह रेखा

☆ प्रधान मध्यान्ह रेखाले केलाई काट्दछ ?

→ भूमध्य रेखालाई

☆ प्रधान मध्यान्ह रेखा कहाँ शुरु भएर कहाँ समाप्त हुन्छ ?

→ उत्तरी ध्रुवबाट शुरु भएर दक्षिणी ध्रुवमा

सन् १८८४ नोभेम्बर १ मा भएको अन्तर्राष्ट्रिय सम्मेलनले ग्रीनबीच भएर जाने कुन रेखालाई आधार मानेर अन्तर्राष्ट्रिय समय

निर्धारण गरेको हो ?

→ प्रधान मध्यान्ह रेखा


❖ रेखाहरूको परिभाषा

अक्षांश रेखा :- पृथ्वीको अध्ययनार्थ भूमध्य रेखासँग समानान्तर हुने गरी पूर्व-पश्चिम दिशामा खिचिएको काल्पनिक रेखा

 भूमध्यरेखा :-: पृथ्वीलाई दुई भागमा विभाजन गर्ने गरी पृथ्वीको मध्य भागबाट पूर्व-पश्चिम दिशामा खिचिएको काल्पनिक रेखा

देशान्तर रेखा :- पृथ्वीको उत्तरी र दक्षिणी ध्रुव जोड्ने अर्धवृत्ताकार काल्पनिक रेखाहरूलाई देशान्तर रेखा