❖ ज्वालामुखी (Volcano)

ज्वालामुखी  :- पग्लेको चट्टान, ग्याँस, आगो, खरानी धुँवा आदि पृथ्वीको कमजोर सतहलाई फोरी बाहिर निस्कने प्रक्रिया

प्रकार   :- ३ (सकिय, मृत र सुषुप्त)

 सक्रिय ज्वालामुखी   :-पग्लेको चट्टान, ग्याँस, खरानी, शिलाखण्ड आदि पदार्थहरू लगातार बाहिर निस्किरहने ज्वालामुखी

  •  इटालीको एटना र हवाई टापुको मौनालोआ सक्रिय ज्वालामुखीका उदाहरण हुन्।

मृत ज्वालामुखी  :-कुनै बेला विस्फोटन भएर हाल बन्द भइसकेको र पछि विस्फोटन हुने सम्भावना नभएका

  • इरानको कोह सुल्तान र म्यानमारको पोपा पर्वत मृत ज्वालामुखीका उहादहरण हुन्।

 ★ सुपुष्त ज्वालामुखी  :-कुनै समयमा चालु हुने र कुनै समयमा बन्द रहने ज्वालामुखी ।

  • इटालीको विसुभिएस ज्वालामुखी र काकाटोबा ज्वालामुखी यसका उदाहरण हुन् ।

❖ ज्वालामुखीसंग सम्बन्धित शब्दहरू

  • म्याग्मा (Magma):-पृथ्वीको भित्री भागमा रहेको तातो पदार्थ
  • लाभा (lava) : -म्याग्मा पृथ्वीको कुनै कमजोर भागबाट बढी ग्यासको कारणले निस्कन्छन्, त्यसलाई लाभा भनिन्छ।
  • नली (Neck) : -लाभा सतहमा आउने मार्ग
  • डाइक (Dyke) :-लाभा सतहमा आउने मुख्य नलीको दायाँबाँयाबाट गएको सानो नली डाइक भनिन्छ।
  • क्रेटर (Crater) :-लाभा निस्कने कचौरा जस्तो प्वाललाई क्रेटर भनिन्छ ।
  • पेटी (Belt) : -संसारमा फैलिएका लामा र नियमबद्ध ज्वालामुखीका पंक्तिलाई पेटी भनिन्छ ।

❖  ज्वालामुखीसँग सम्बन्धित प्रश्नहरू

 ★ Cotopaxi के सँग सम्बन्धित छ ?

- ज्वालामुखी

 ★ ज्वालामुखी विष्फोटन हुँदा निस्केको पानीको वाफ माथि आकाशमा गएर चिसो भई पानी बन्ने र त्यसले Volcanic ash लाई बगाएर तलतिर ल्याउदा बन्ने पानी र खरानीको समीकरणलाई के भनिन्छ ?

- लाहार (Lahar)

★ नेपालमा ज्वालामुखीको चिन्ह कुन जिल्लामा छ ?

→ दैलेख

★ प्रशान्त महासागर वरिपरि फैलिएको ज्वालामुखीको क्षेत्रलाई के भनिन्छ ? 

→ प्रशान्त अग्निको घेरा (The Ring of the Pacific Fire)

विश्वमा सबैभन्दा ठूलो ज्वालामुखी पहाड़ कुन हो ?

→ मौनालोवा (अमेरिका)

संसारमा ज्वालामुखीको पंक्ति लामो र नियमबद्ध पेटीका रुपमा फैलिएको छ, ती पेटीहरू कति प्रकारका छन् ?

→ (प्रशान्त महासागरीय पेटी वा क्षेत्र, मध्य महाद्वीपीय पेटी र अफ्रिकाको दरार घाँटी क्षेत्र)

 ज्वालामुखीका असरहरूलाई कति भागमा विभाजन गर्न सकिन्छ ?

→३ (विनाशकारी असर, लाभदायक असर र धरातलीय असर)

 समुद्रमा केन्द्रविन्दु भई भूकम्प आउँदा समुद्रको पानी खल्बलिन गई तटीय क्षेत्रमा पैदा हुने अग्ला र शक्तिशाली छालहरूलाई के भनिन्छ ?

→ सुनामी (Tsunami)

❖ विश्वका प्रमुख ज्वालामुखीहरू

नाम

  1. एकोन्कागुवा (अर्जेन्टिना)  -  २२,८३४ (फिट)
  2. गुआल्लातिरी (चिली)  - १९,८२२ (फिट)
  3. लास्कार (चिली)  -  १९, ६५२ (फिट)
  4. सानगाभा (इक्वेडर)  -  १७,७४९ (फिट)
  5. कोटीपेक्सी (इक्वेडर)   -  २२,८३४ (फिट)
  6. कालिमाञ्जरो (तान्जिनिया   -    १९, ३४० (फिट)
  7. एल्ब्रुज (रुस)   -   १८,४८१ (फिट)
  8. ओरिजाबा (मेक्सिको)   -   १७,७०१ (फिट)




उचाइ (फिट)