❖मनसून (Monsoon)
☆ मनसुन - ऋतु वा मनसुन अनुसार बहने वायुलाई मनसुन भनिन्छ। यो शब्द अरबी भाषाको मौसिम (Mausim) बाट आएको हो। मनसुन शब्दको प्रयोग सर्वप्रथम अरब सागरबाट बहने वायुलाई गरिएको थियो ।
☆ मनसुनको प्रकार - २ (ग्रीष्म मनसुन र हिउँदै मनसुन)
☆ मनसुनी वायू भन्नाले ऋतु तथा मौसम अनुसार निश्चित समयावधिभित्रमात्र बहने आवधिक वायू भन्ने बुझिन्छ।
❖ ग्रीष्मकालीन मनसुन
★ सूर्य कर्कटरेखामाथि रहँदा उत्तरी गोलार्द्धमा ग्रीष्म ऋतु हुन्छ। यस बेला सूर्यको प्रचण्ड तापले एसियाको स्थल सतह तातेर
हावा हलुका भई माथितिर उठ्छ।
★ हावाको चाप एकदम कम हुन्छ तर महासागरको सतह भने ठन्डा भई त्यहाँ हावाको चाप बढी हुन्छ।
★ त्यसर्थ हावा बढी चाप भएको समुद्र सतहबाट निम्नचाप भएको स्थल सतहतिर बहन्छ। यही वायुलाई ग्रीष्मकालीन मनसुन भन्छन् ।
★ हिन्द महासागरबाट बहने दक्षिणपश्चिम मनसुनले भारत, बङ्गलादेश, नेपाल आदि दक्षिण एसियाका देशहरूमा र प्रशान्त
महासागरबाट बहने दक्षिणपूर्वी मनसुनले एसियाको पूर्वी भागमा रहेका चीन, जापान आदि देशहरूमा वर्षा गराउँछ।
★ मार्च २१ पछि सूर्य उत्तरायण (Northen) लाग्दछ ।
★ जुन २१ मा कर्कट रेखामाथि सूर्य रहने हुँदा उत्तरी गोलार्द्धमा प्रचण्ड गर्मी हुन्छ ।
❖ हिउँदे मनसुन
★डिसेम्बर २२ मा सूर्य दक्षिण गोलार्द्धको मकर रेखामाथि सिधा पर्ने हुँदा यहाँ ग्रिष्म र उत्तरी गोलार्द्धमा शीतकाल हुन जान्छ।
★एसियाको स्थल भागमा वायु चाप बढी हुन्छ तर समुद्रमा वायु चाप निम्न हुन्छ।
★यस अवस्थामा वायु उच्च चापबाट निम्न चापतर्फ बहन थाल्छ। यसरी बहँदा स्थल भागबाट समुद्रतर्फ वायु वहन्छ।
★यस वायुलाई हिउँदे मनसुन भनिन्छ। यो वायु सुख्खा हुने हुँदा वर्षा गराउने क्षमता यसमा हुँदैन।
❖ मनसुनसम्बन्धी विविध प्रश्नहरू.
★ नेपालमा बहने मौसमी वायु कुन क्षेत्रबाट सुरु हुन्छ ?
→ बङ्गालको खाडी
★विश्वमा मौसमी वायुको प्रमुख क्षेत्र कुन हो ?
→ दक्षिणपूर्वी एसिया
★नेपालमा मौसमी वायुको सुरुवात कहाँबाट हुन्छ ? → पूर्वी नेपाल (यो पूर्वबाट पश्चिम र दक्षिणवाट उत्तरतर्फ सर्दै जान्छ
★दक्षिणपूर्वी एसियाका अतिरिक्त अन्य कुन कुन स्थानमा मौसमी वायु बहन्छ ?
→ दक्षिणपूर्वी ब्राजिल, मध्य अमेरिका उत्तरी अष्ट्रेलिया, भेनेजुयला र कोलम्बिया
★हिउँदमा ठण्डा र ग्रिष्ममा गर्मी हुने जलवायु कुन हो ?
→ मौसमी (मनसुन) जलवायु