❖ समय (Time)
☆ ग्रीनबीच मिनटाइम (Greenwich Mean Time-GMT संसारका लागि एउटा निश्चित समय कायम गर्न लण्डनस्थित
ग्रीनबीच मिनटाइम (Greenwich Mean Time-GMT) लाई लिने गरिन्छ।
☆ देशान्तरको आधारमा निर्धारण गरिएको समयलाई के भनिन्छ ?
→ स्थानीय समय
☆ प्रत्येक देशले आ-आफ्नो देशमा रहेको कुनै देशान्तर रेखालाई आधार मानी के निर्धारण गर्न सक्छन् ?
→ समय
☆ कुनै पनि देशान्तरको स्थानीय समयलाई एउटा देशभरी मानिन्छ भने त्यसलाई के भनिन्छ ?
→ प्रामाणिक समय
☆प्रत्येक देशको समय एक समान नहुन सक्छ तर ग्रीनबीच मिनटाइम के हुन् सक्छ ?
→समान
☆ बेलायस्थित ग्रीनबीचलाई (०° डिग्री देशान्तर रेखा) आधार मानी अन्तर्राष्ट्रिय समयको निर्धारण कहिले गरिएको थियो ?
→ सन् १८८४ नोभेम्बर १
☆ग्रीनबीचको मिनटाइम भन्दा नेपालको समय कति छिटो छ ?
→ ५ घण्टा ४५ मिनेट
☆नेपालको प्रमाणिक समय निर्धारण कहिले गरिएको हो ?
→ वि.सं. २०४२ वैशाख १ बाट
☆अन्तर्राष्ट्रिय मान्यता प्राप्त हुने गरि विश्वलाई कतिवय समय क्षेत्रमा विभाजन गरिएको छ ?
→ २४ वटा
☆नेपालको प्रमाणिक समय निर्धारण गर्दा केलाई आधार मानिएको छ ?
→ गौरी शंकर हिमाललाई काटेर गएको ८६° १५ को पूर्वी देशान्तर रेखालाई
☆गौरी शंकर हिमाल कुन जिल्लामा पर्दछ ?
→दोलखा
☆ स्थानीय समय भन्नाले कस्तो समयलाई बुझाउँछ ?
- दिनको ठिक १२ बजे सूर्य हाम्रो टाउकाको ठिकमाथि हुँदा निर्धारित गरिने समय नै स्थानीय समय हो ।
- यो समय ग्रीनबीचबाट प्रत्येक १ देशान्तरको अन्तरमा ४ मिनेटको दरले फरक पर्दै जान्छ।
☆ ग्रीनबीचको समय भन्नाले कस्तो समयलाई बुझाउछ ?
- संयुक्त अधिराज्य (बेलायत) को प्रामाणिक समय नै ग्रीनबीचको समय हो। यो शुन्य देशान्तरमा अवस्थित लन्डनको नजिकैको ग्रीनबीचको आधारमा तय गरिएको हो ।
- यसैको आधारमा अन्य देशहरूको प्रामाणिक समय निश्चित हुन्छ।
☆ प्रामाणिक समय भन्नाले कस्तो समयलाई जनाउँदछ ?
- कुनै देशको भौगोलीक अवस्थितिको आधारमा ठिक बिचको कुनै स्थानलाई आधार मानी कुनै देशका लागि निश्चित गरिएको समय नै प्रामाणिक समय हो।
☆ रुस र क्यानडा जस्ता ठूला देशहरूले कस्तो समय चलाएका छन् ?
→ एक भन्दा बढी प्रामाणिक समय
❖ सार्क राष्ट्रको समय नेपालको समयसाग फरक
राष्ट्र समय/घण्टा/मिनेट
अफगानिस्तान = - १ : १५ मिनेट
माल्दिभ्स = - ० : ४५ मिनेट
पाकिस्तान = - ० : ४५ मिनेट
भारत = - ० : १५ मिनेट
बंगलादेश = +० : १५ मिनेट
श्रीलंका = - ० : १५ मिनेट
भुटान = + ० : १५ मिनेट
नोट : (-) भनेको ढिला र (+) भनेको चाँडो हो (नेपालको समयभन्दा) ।