❖ दुरी (Distance)

 दुरी   - कुनै दुई स्थान वा वस्तुको बीचको आपसी फासलालाई दुरी भनिन्छ।

 प्रकार    - २ (लम्बवत् दुरी र क्षैतिज दुरी)

 लम्बवत् दुरी   -  दुई बेग्लाबेग्लै सतहमा रहेको स्थान वा वस्तुको फासलालाई लम्बवत दुरी भनिन्छ ।

            कुनै वस्तुको उचाइ वा गहिराइ लम्बवत् दुरीमा नापिन्छ। जस्तै: पवर्तको उचाइ, समुद्रको गहिराइ आदि।

 क्षैतिज दुरी  -एउटै सतहमा रहेका स्थान वा वस्तुको बीचको फासलालाई क्षैतिज दुरी भनिन्छ । जस्तै काठमाडौँ र पोखराको दुरी

❖ दुरीसँग सम्बन्धित प्रश्नहरू

दुरी विशेष गरी के मा नापिन्छ ?

→ टेप र जन्जिरबाट

टेप र जन्जिरबाट मापन गर्न नसकिने दुरीलाई कसरी नाप्न सकिन्छ ?

→ कोणमा व्यक्त गरेर (जस्तै: मध्याहून सूर्यको उचाइ, ध्रुवताराको उचाइ)

अक्षांश र देशान्तरको दुरी केमा व्यक्त गरिन्छ ?

→ कोणमा

जन्जिर वा टेपबाट नाप्दा मेट्रिक प्रणाली अनुसार दुरीलाई कुन एकाइमा व्यक्त गरिन्छ ?

→ सेन्टिमिटर, मिटर, किलोमिटर

ब्रिटिस प्रणाली अनुसार इन्च, गज, माइल आदि कुन एकाइमा व्यक्त गरिन्छ ?

→इन्च, गज, माइल आदि

❖ दुरीको निर्धारण

★ एउटै देशान्तरमा परेका कुनै दुई ठाउँको अक्षांश थाहा भएमा ती दुई ठाउँको मोटामोटी दुरी किलोमिटरमा पत्ता लगाउन सकिन्छ। 

पृथ्वीको परिधी लगभग ४०,००० किलोमिटर र पृथ्वीको केन्द्रमा ३६०° को कोण हुन्छ। पृथ्वीले एक दिनमा एक चक्कर लगाउँदा ३६०° अर्थात् ४०,००० किलोमिटर पार गर्दछ ।

 त्यसकारण १° को दुरी थाहा भएपछि फरक भएको अक्षांशलाई १११ ले गुणन गरेमा दुरी पत्ता लाग्छ।

❖ दूरी पत्ता लगाउने नियम

 दिइएका दुई स्थानहरू एउटै गोलार्द्धमा परेमा बढी अक्षांशबाट कम अक्षांशको अङ्क घटाउनुपर्छ। यदि दिइएका स्थानहरू उत्तर दक्षिण गोलार्द्धमा रहेका छन् भने दुवै अक्षांशको अङ्क जोड्नु पर्छ।

 यसरी जोडेर वा घटाएर आएको अङ्कलाई १११ ले गुणन गरेमा किलोमिटरमा दुरी पत्ता लाग्छ।

जस्तै : एउटै देशान्तरमा रहेका मद्रास १३° उत्तर र इलाहावाद २५° उत्तरको मोटामोटी दुरी पत्ता लगाउनुहोस्।

यहाँ, मद्रासको अक्षांश १३°

इलाहावादको अक्षांश २५°

दुई स्थानबीचको अक्षांशको दुरीको फरक = २५°-१३° = १२°

१° बराबर १११ कि.मि. हुने भएकाले १२° १११-१३३२ कि.मि.

उक्त दुई स्थानहरूको बीचको दुरी १३३२ कि.मि. हुन्छ ।