❖ दुरी (Distance)

★ दुरी   - कुनै दुई स्थान वा वस्तुको बीचको आपसी फासलालाई दुरी भनिन्छ।

★ प्रकार    - २ (लम्बवत् दुरी र क्षैतिज दुरी)

★ लम्बवत् दुरी   -  दुई बेग्लाबेग्लै सतहमा रहेको स्थान वा वस्तुको फासलालाई लम्बवत दुरी भनिन्छ ।

            कुनै वस्तुको उचाइ वा गहिराइ लम्बवत् दुरीमा नापिन्छ। जस्तै: पवर्तको उचाइ, समुद्रको गहिराइ आदि।

★ क्षैतिज दुरी  -एउटै सतहमा रहेका स्थान वा वस्तुको बीचको फासलालाई क्षैतिज दुरी भनिन्छ । जस्तै काठमाडौँ र पोखराको दुरी

❖ दुरीसँग सम्बन्धित प्रश्नहरू

★दुरी विशेष गरी के मा नापिन्छ ?

→ टेप र जन्जिरबाट

★टेप र जन्जिरबाट मापन गर्न नसकिने दुरीलाई कसरी नाप्न सकिन्छ ?

→ कोणमा व्यक्त गरेर (जस्तै: मध्याहून सूर्यको उचाइ, ध्रुवताराको उचाइ)

★अक्षांश र देशान्तरको दुरी केमा व्यक्त गरिन्छ ?

→ कोणमा

★जन्जिर वा टेपबाट नाप्दा मेट्रिक प्रणाली अनुसार दुरीलाई कुन एकाइमा व्यक्त गरिन्छ ?

→ सेन्टिमिटर, मिटर, किलोमिटर

★ब्रिटिस प्रणाली अनुसार इन्च, गज, माइल आदि कुन एकाइमा व्यक्त गरिन्छ ?

→इन्च, गज, माइल आदि

❖ दुरीको निर्धारण

★ एउटै देशान्तरमा परेका कुनै दुई ठाउँको अक्षांश थाहा भएमा ती दुई ठाउँको मोटामोटी दुरी किलोमिटरमा पत्ता लगाउन सकिन्छ। 

★पृथ्वीको परिधी लगभग ४०,००० किलोमिटर र पृथ्वीको केन्द्रमा ३६०° को कोण हुन्छ। पृथ्वीले एक दिनमा एक चक्कर लगाउँदा ३६०° अर्थात् ४०,००० किलोमिटर पार गर्दछ ।

★ त्यसकारण १° को दुरी थाहा भएपछि फरक भएको अक्षांशलाई १११ ले गुणन गरेमा दुरी पत्ता लाग्छ।

❖ दूरी पत्ता लगाउने नियम

★ दिइएका दुई स्थानहरू एउटै गोलार्द्धमा परेमा बढी अक्षांशबाट कम अक्षांशको अङ्क घटाउनुपर्छ। यदि दिइएका स्थानहरू उत्तर दक्षिण गोलार्द्धमा रहेका छन् भने दुवै अक्षांशको अङ्क जोड्नु पर्छ।

★ यसरी जोडेर वा घटाएर आएको अङ्कलाई १११ ले गुणन गरेमा किलोमिटरमा दुरी पत्ता लाग्छ।

जस्तै : एउटै देशान्तरमा रहेका मद्रास १३° उत्तर र इलाहावाद २५° उत्तरको मोटामोटी दुरी पत्ता लगाउनुहोस्।

★यहाँ, मद्रासको अक्षांश १३°

★इलाहावादको अक्षांश २५°

★दुई स्थानबीचको अक्षांशको दुरीको फरक = २५°-१३° = १२°

★१° बराबर १११ कि.मि. हुने भएकाले १२° १११-१३३२ कि.मि.

★उक्त दुई स्थानहरूको बीचको दुरी १३३२ कि.मि. हुन्छ ।