❖ नदी (River)
★नदी → नदी धरातलमा बग्ने पानीको नियमित प्रवाहलाई नदी भनिन्छ ।
★नदीको स्रोत → मूल, वर्षा, हिउँ, ताल आदि।
★नदीको काम → क्षयीकरण, परिवहन बगाउने/स्थानान्तरण र थुपार्ने/निक्षेपण
❖ नदीसँग सम्बन्धित शब्दहरू
★ मुहान (Source) :-नदी उत्पत्ति हुने स्थानलाई मुहान भनिन्छ।
★मुख :-नदी अन्त हुने स्थानलाई मुख भन्दछन् ।
★सहायक नदी (Tributary) :- मुख्य नदीसँग मिल्ने स-साना नदीलाई सहायक नदी भनिन्छ ।
★दोभान :- दुई नदी मिल्ने ठाउँलाई दोभान भनिन्छ।
★त्रिवेणी :- तीनओटा नदी मिल्ने ठाउँलाई त्रिवेणी भनिन्छ ।
★हाइ सी (High Sea) :-सबै देशले उपयोग गर्न पाउने खुला समुद्र
❖ नदीको अवस्था
★ नदीको मुहानदेखि मुखसम्मको भागलाई ३ अवस्थामा विभाजन गर्न सकिन्छ।
☆ पहिलो अवस्था (पहाडी)
- उच्च पहाडी धरातलबाट बग्दाको नदीको अवस्थालाई पहाडी अवस्था भनिन्छ ।
- यस अवस्थामा नदीको वेग अत्यन्त तीव्र गतिको हुन्छ।
- पहाडी धरातलमा नदी, भर्ना वा छाँगो बनाई बग्दा यसले आफ्नो मार्गमा परेको धरातललाई खियाएर उल्लेख्य परिवर्तन ल्याउँछ । यसलाई नदीको पहिलो अवस्था पनि भनिन्छ ।
☆ दोस्रो अवस्था (मैदानी)
- पहाडी धरातलबाट होचो समतल मैदानमा बग्ने नदीको अवस्थालाई मैदानी अवस्था भनिन्छ ।
- यस अवस्थामा नदीको वेग कम हुने हुँदा पहाड़ी अवस्थाबाट खियाएर ल्याएका विभिन्न पदार्थलाई बगाएर लैजान्छ ।
- यस अवस्थामा यसले दायाँबायाँको किनारलाई खियाउने काम गर्दछ।
- मैदानी अवस्थामा नदीहरू नागबेली भएर बग्छन्। यो अवस्थालाई दोस्रो अवस्था भनिन्छ ।
☆ तेस्रो अवस्था (महाद्वीपीय)
- नदी मैदानी अवस्था पार गरी समुद्रमा मिल्ने अवस्थालाई मुखद्वीपीय अवस्था भन्दछन् ।
- यस अवस्थामा नदीको वेग अन्यन्त कम हुन्छ, जसले गर्दा बगाएर ल्याएका पदार्थहरू यहाँ थुप्रिन्छन्।
- यो नदीको अन्तिम अवस्था हो ।
❖नदीसँग सम्बन्धित केही प्रश्नहरू
★विश्वमा सबैभन्दा ठूलो नदी कुन हो ?
- अमेजन (दक्षिण अमेरिका महादेशको ब्राजिलमा)
★विश्वको सबैभन्दा लामो नदी कुन हो ?
- नाइल (६,६५०)
★नाइल नदी कुन देशमा पर्दछ ?
- इजिप्ट
★नेपालको सबैभन्दा ठूलो नदी कुन हो ?
- कोशी (गहिरो गण्डकी र लामो कर्णाली)
❖