❖ नदी (River)

नदी → नदी  धरातलमा बग्ने पानीको नियमित प्रवाहलाई नदी भनिन्छ ।

नदीको स्रोत → मूल, वर्षा, हिउँ, ताल आदि।

नदीको काम → क्षयीकरण, परिवहन बगाउने/स्थानान्तरण र थुपार्ने/निक्षेपण

❖ नदीसँग सम्बन्धित शब्दहरू

 मुहान (Source) :-नदी उत्पत्ति हुने स्थानलाई मुहान भनिन्छ।

मुख  :-नदी अन्त हुने स्थानलाई मुख भन्दछन् ।

सहायक नदी (Tributary)  :- मुख्य नदीसँग मिल्ने स-साना नदीलाई सहायक नदी भनिन्छ ।

दोभान  :- दुई नदी मिल्ने ठाउँलाई दोभान भनिन्छ।

त्रिवेणी  :- तीनओटा नदी मिल्ने ठाउँलाई त्रिवेणी भनिन्छ ।

हाइ सी (High Sea)  :-सबै देशले उपयोग गर्न पाउने खुला समुद्र

❖ नदीको अवस्था 

★ नदीको मुहानदेखि मुखसम्मको भागलाई ३ अवस्थामा विभाजन गर्न सकिन्छ।

☆ पहिलो अवस्था (पहाडी) 

  • उच्च पहाडी धरातलबाट बग्दाको नदीको अवस्थालाई पहाडी अवस्था भनिन्छ ।
  •  यस अवस्थामा नदीको वेग अत्यन्त तीव्र गतिको हुन्छ।
  •  पहाडी धरातलमा नदी, भर्ना वा छाँगो बनाई बग्दा यसले आफ्नो मार्गमा परेको धरातललाई खियाएर उल्लेख्य परिवर्तन ल्याउँछ । यसलाई नदीको पहिलो अवस्था पनि भनिन्छ ।

☆ दोस्रो अवस्था (मैदानी)

  • पहाडी धरातलबाट होचो समतल मैदानमा बग्ने नदीको अवस्थालाई मैदानी अवस्था भनिन्छ । 
  • यस अवस्थामा नदीको वेग कम हुने हुँदा पहाड़ी अवस्थाबाट खियाएर ल्याएका विभिन्न पदार्थलाई बगाएर लैजान्छ । 
  • यस अवस्थामा यसले दायाँबायाँको किनारलाई खियाउने काम गर्दछ।
  • मैदानी अवस्थामा नदीहरू नागबेली भएर बग्छन्। यो अवस्थालाई दोस्रो अवस्था भनिन्छ ।

☆ तेस्रो अवस्था (महाद्वीपीय)  

  • नदी मैदानी अवस्था पार गरी समुद्रमा मिल्ने अवस्थालाई मुखद्वीपीय अवस्था भन्दछन् । 
  • यस अवस्थामा नदीको वेग अन्यन्त कम हुन्छ, जसले गर्दा बगाएर ल्याएका पदार्थहरू यहाँ थुप्रिन्छन्। 
  • यो नदीको अन्तिम अवस्था हो ।

❖नदीसँग सम्बन्धित केही प्रश्नहरू

विश्वमा सबैभन्दा ठूलो नदी कुन हो ?

  • अमेजन (दक्षिण अमेरिका महादेशको ब्राजिलमा)

विश्वको सबैभन्दा लामो नदी कुन हो ?

  • नाइल (६,६५०)

नाइल नदी कुन देशमा पर्दछ ?

  •  इजिप्ट

नेपालको सबैभन्दा ठूलो नदी कुन हो ?

  • कोशी (गहिरो गण्डकी र लामो कर्णाली)

❖