❖ देशान्तर (Longitude)
- देशान्तर - प्रधान मध्याहनरेखाको पूर्व वा पश्चिमको कुनै ठाउँको कोणिक दुरीलाई देशान्तर भनिन्छ ।
- देशान्तर रेखा - पृथ्वीको उत्तरी र दक्षिणी ध्रुव जोड्ने अर्धवृत्ताकार काल्पनिक रेखाहरूलाई देशान्तर रेखा भनिन्छ ।
- देशान्तर रेखाको प्रकार - २ (पूर्वी देशान्तर र पश्चिमी देशान्तर)
- पूर्वी देशान्तर - पूर्वको १८० अंशलाई पूर्वी देशान्तर भनिन्छ ।
- पश्चिमी देशान्तर - पश्चिमको १८० अंशलाई पश्चिमी देशान्तर भनिन्छ ।
- देशान्तर रेखाको संख्या - ३६० (देशान्तररेखा प्रधान मध्याहन रेखादेखि पूर्वपट्टि १८० र पश्चिमपट्टि १८०)
❖ देशान्तरको उपयोगिता
- विभिन्न स्थानहरूको स्थानीय समय थाहा पाउन सकिन्छ।
- कुनै स्थान मुख्य मध्यान्हून रेखा देखि पूर्व वा पश्चिम कति टाढा छ भन्ने कुरा थाहा हुन्छ।
❖ देशान्तरको निर्धारण
- गोलाकार पृथ्वीमा ३६०° देशान्तर छन् । पृथ्वीले २४ घण्टामा ३६०° देशान्तर पार गर्दछ। पृथ्वीले २४ घण्यमा ३६०° घुम्छ भने १ घण्टामा १५० देशान्तर र ४ मिनेटमा १° देशान्तर हुन्छ ।
- पूर्वाहन (Ante meridian) : कुनै ठाउँको मध्याह्न अर्थात् दिनको १२ बज्नुभन्दा अगाडिको (रातको १२ देखि दिनको १२ सम्मको समय हो ।
- अपराहन (Post meridian) : कुनै ठाउँको मध्याह्नपछि अर्थात् दिनको १२ बजिसके पछिको (दिनको १२ देखि रातको १२ सम्म) समय हो ।
❖ देशान्तरमा समयको मापन
- ६० सेकेन्ड को १ मिनेट हुन्छ भने ६० मिनेटको १° डिग्री हुन्छ ।
- १° देशान्तरको फरकमा ४ मिनेट समय फरक पर्दछ।
- १५° देशान्तर बराबर १ घण्टा समय फरक पर्दछ।
- मध्यान्ह रेखा पूर्वको समय छिटो र पश्चिमको समय ढिलो हुन्छ।
- १८०° को देशान्तर रेखालाई अन्तर्राराष्ट्रिय तिथी रेखा भनिन्छ ।