हावापानीको आधारमा नेपालको विभाजन
- नेपालको हावापानी उचाइको आधारमा उत्तरदेखि दक्षिणसम्म पृथक रहेको छ।
- हावापानीको विविधतालाई मुख्यतः धरातल (जमिन) को स्वरुप, उचाइ, अक्षांश, समुद्रसम्मको दुरी, वायुको चाप आदित निर्धारण गरेको हुन्छ ।
(क) उष्ण मनसुनी हावापानी
(ख) न्यानो समशीतोष्ण हावापानी
(ग) ठण्डा समशीतोष्ण हावापानी
(घ) लेकाली हावापानी
(ङ) हिमाली हावापानी(क) उष्ण मनसुनी हावापानी (Sub TropiCal Monsoon Climate)
- यस प्रकारका हावापानी तराई, भावर, दून, भित्री मधेश र चुरे पहाडको १२०० (४,०0० फिट) मिटरसम्म पाइन्छ।
- । यसलाई अर्धउष्ण र उपोष्ण हावापानी पनि भन्ने गरिन्छ।
- गर्मीयाममा यहाँको तापक्रम ३८ डिग्रीदेखि ४२ डिग्रीसम्म पुग्दछ भने जाडो याममा १५ डिग्रीदिखि ५ डिग्रीसम्म हुन्छ।
- वर्षायाममा हिन्द महासागरको बंगालको खाडीबाट आउने मनसुनी हावाले यस क्षेत्रमा २०० सेन्टिमिटर भन्दा बढी वर्षा गराउँदछ।
- यस क्षेत्रमा हुने उष्ण र शुष्क हावापानीले मानव स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न नसके तापनि यो हावापानी कृषि कार्य र रुख बोटविरुवाको लागि उपयोगी मानिन्छ।
- विशेषता भैरहवा, नेपालगञ्ज तथा कैलाली लगायतका तराई क्षेत्रमा अधिक गर्मी हुन्छ। यसैगरी दाङ्ग, सुर्खेत जस्ता भित्री मधेशमा पनि गर्मी धेरै नै हुन्छ ।
- ग्रीष्म ऋतुमा पश्चिम नेपालको तराई क्षेत्र नेपालगञ्ज, कैलाली, भैरहवा क्षेत्रमा राँके हावा (लू) चल्दछ।
(ख) न्यानो समशीतोष्ण हावापानी(Warm Temperate Climate)
- चुरे पहाड र महाभारत पर्वतको १२0 मिटरदेखि २१०० (४,०००-७,००० फिट) मिटरसम्मरकी उचाइमा यस प्रका हावापानी पाइन्छ।
- यहाँ ग्रीष्ममा न्यानो र हिउँदमा ठण्डा हुन्छ ।
- ग्रीष्ममा तापक्रम २४ डिग्रीदेखि ३५ डिग्रीसम्म पुग्दछ
- जाडोयाममा हिउँदमा ५ डिग्रीदेखि ० डिग्रीसम्म ओलिंन्छ।
- नेपालमा पानी पार्ने मनसुनी हावा दक्षिणी भागबाट बग्ने हुदाँ दक्षिणको भिरालो ठाउँमा २५० सेन्टिमिटरसम्म वर्षा टस्क भने उत्तरतर्फको भिरालो पाखामा १०० सेन्टिमिटरसम्म वर्षा हुन्छ ।
- महाभारत पर्वत शृङ्खलाको २,१०० देखि ३,३५० मिटर (७,०००-११,००० फिट) सम्मको उचाइमा पाइने यस्तो हावापानीमा ग्रीष्म ऋतुमा न्यानो हुन्छ भने हिउँदमा निकै जाडो हुन्छ ।
- यहाँको तापक्रम ग्रीष्ममा १५° देखि २०° सेन्टिग्रेडसम्म पुग्दछ भने हिउँदमा 0° सेन्टिप्रेडसम्म ओल्लिन्छ ।
- यहाँ वर्षामा १०० सेन्टिमिटरसम्म पानी पर्दछ भने हिउँदमा हिउँ वर्षन्छ ।
- न्यून तापक्रम र न्यून वर्षाको कारणले यहाँ खेतीपाती अत्यन्तै कम हुन्छ ।
- यहाँको जनजीवन कष्टकर भए पनि स्वास्थ्यको दृष्टिले यस्तो हावापानी उपयुक्त मानिन्छ।
(घ) लेकाली हावापानी(Alpine Climate)
- नेपालमा समुद्र सतहदेखि ३,३५० देखि ५,००० मिटर (११,००० -१६,००० फिट) उचाइसम्मको हिमाली क्षेत्रको ठण्डा हावापानीलाई लेकाली हावापानी भनिन्छ।
- यहाँको तापक्रम चैत, वैशाख, जेठमा १०° सेन्टिग्रेडसम्म पुग्दछ भने अरू समयमा (९ महिनाजति) ० डिग्री सेन्टिग्रेडभन्दा तल नै रहन्छ।
- यहाँ वर्षामा ३० मिलिमिटरसम्म वर्षा हुन्छ । यहाँ खेतीपाती हुँदैन, तर यहाँका ठूला हिमाली फाँटहरूमा पशुचरन गराइने हुँदा यो ठाउँ पशुपालन र पर्यटकीय गतिविधि सञ्चालनका लागि उपयुक्त छ ।
(ङ) घुवीय वा हिमाली हावापानी (Tundra Climate)
- ५००० (१६००० फिट) मिटरभन्दा माथिको क्षेत्रमा पाउने हावापानीलाई हिमाली हावापानी भनिन्छ ।
- यहाँ वर्षाको रुपमा सधैं हिमपात नै भइरहन्छ । यहाँको तापक्रम ० डिग्री सेन्टिग्रेडभन्दा कम हुन्छ ।
- यहाँ मध्यान्हमा जोडले हिउँसहितको हुरी चल्दछ।
- यो क्षेत्रमा सधैंभरी हिउँ परिरहने हुँदा वनस्पतिको रुपमा लेउ, भ्याउ भेटिन्छ।
- यो प्रदेशलाई शीत मरुभूमि पनि भनिन्छ।