नेपालमा धर्म
- नेपाल एक धर्मनिरपेक्ष राष्ट्र हो, जुन नेपालको संविधान २०७२ को (भाग १, धारा ४) ले घोषणा गरेको छ।
- धर्मनिरपेक्षताको अर्थ 'धर्मको संरक्षणसँगै धार्मिक, सांस्कृतिक स्वतन्त्रता हो। धर्म सनातन कालदेखि हस्तान्तरण गरिएको संस्कृति मानिन्छ।
- २०६८ को जनगणना अनुसार नेपालमा सबैभन्दा धेरै अनुयायी भएको धर्म हिन्दू धर्म (जनसङ्ख्याको ८१.३%) हो।
- त्यसपछि बौद्ध धर्म (९%); बाँकी इस्लाम (४.४%), किराँत (३.१%), इसाई धर्म (१.४%) र प्रकृति (०.५%) पर्दछन्।
- जनसङ्ख्याको प्रतिशत अनुसार नेपालमा विश्वको हिन्दुहरूको सबैभन्दा धेरै जनसङ्ख्या छ। नेपाल २०६३ भन्दा अगाडि सम्म आधिकारिक रूपमा हिन्दू अधिराज्य थियो र शिवलाई देशको संरक्षक देवता मानिएको थियो।
- नेपालको संविधानले कुनै पनि व्यक्तिलाई अर्को धर्ममा रुपान्तरण गर्ने अधिकार कसैलाई दिएको छैन तथापि धर्म परिवर्तन भने भइरहेको पाइन्छ।
- नेपालले २०७४ मा पनि धर्म परिवर्तन विरोधी कानुन पारित गरेको थियो। नेपालमा भारतपछि विश्वमा हिन्दुहरूको दोस्रो ठूलो सङ्ख्या रहेको छ।