❖ ताल (Lake)

ताल -  चारैतिर जमिनले घेरिएको पानीको भागलाई ताल भनिन्छ ।

तालका प्रकार -२ (स्वच्छ पानीको ताल र नुनिलो पानीको ताल)

स्वच्छ पानीको ताल - 

  • जुन तालको पानी नुनिलो र धमिलो हुँदैन, त्यसलाई स्वच्छ पानीको ताल भनिन्छ । 
  • जुन तालबाट नदी निस्केको हुन्छ, वा पानी निरन्तर रुपमा बगिरहन्छ त्यस्ता तालको पानी स्वच्छ वा सफा हुन्छ। 
  • यस्तो तालबाट नदी निस्कँदा नुनको भाग पनि बाहिर निस्कन्छ ।कारण पानी नुनिलो हुन पाउँदैन ।
  •  नेपालको फेवाताल स्वच्छ पानीको ताल हो। उत्तर अमेरिकाको सुपेरियर ताल संसारको सबैभन्दा ठूलो स्वच्छ पानीको ताल हो

नुनिलो पानीको ताल -

  • जुन तालको पानी नुनिलो भई पिउन योग्य हुँदैन, त्यसलाई नुनिलो पानीको ताल भनिन्छ।
  • क्यास्पियन सागर र मृतसागर नुनिलो पानीका ताल हुन्। संसारको सबैभन्दा नुनिलो पानीको ताल मृत सागर हो ।
✰ ताल लोप हुनुका कारणहरू -  भूकम्प, घाम, माटो, नदी, बिरुवा, पहिरो, मानव क्रियाकलाप।

 ❖ तालको निर्माण

✰ भूकम्पबाट बन्ने ताल -

  •  पृथ्वीमा ठूला ठूला भूकम्प जाँदा सतहमा खाल्डो बन्न पुग्छ र त्यस्ता खाल्डो वर्षा र खोलाको पानी जम्मा भई तालको निर्माण हुन्छ । 
  • रारा ताल, तिलिचो ताल यसरी नै बनेका तालहरू हुन् ।

✰ दरार बेंसी ताल -

  • भूकम्पले गर्दा धरातलको कुनै भाग धसिन गई पानी भरियो भने दरार बेंसी ताल बन्छ। मृत सागर, बैकाल ताल, अफ्रिकाको न्यासाताल र ट्याङगन्यिका तालहरूलाई दरार बेंसी तालको उदाहरणका हुन् ।

✰  हिमाली ताल -

  • हिमनदीले ठूला ठूला चयनहरू उप्काएर लग्दा सतहमा खाल्डाखुल्डी बन्न पुग्छ र पानी जम्मा भई हिमानी तालको निर्माण हुन्छ। दोलखा जिल्लामा रहेको च्छोरोल्पा यसको उदाहरण हो।

✰ हिमोढ ताल -

  • हिमनदीले बगाएर ल्याएको हिमोढ कुनै ठाउँमा गएर जम्मा हुन्छ र नदीलाई रोकिदिन्छ। यस्ता तालहरू फिनल्याण्डमा छन् ।

✰ केटर ताल -

  • मृत ज्वालामुखीको केटरमा वर्षाको पानी जम्मा भई बन्ने ताललाई क्रेटर ताल भनिन्छ।

✰  ज्वालामुखी ताल -

  • ज्वालामुखी विस्फोटन हुँदा निस्केको लाभा नदीको बाटोमा जम्मा भयो भने नदीको प्रवाह रोकिन्छ। इथोपियामा पाइने तालहरू यस्तै किसिमका तालहरू हुन् ।

✰ उपताल वा साना ताल -

  • समुद्रको छालले ल्याएको बालुवा, झारपात आदि खाडीको साँगुरो मुखमा थुप्रिन गयो भने पानी जम्मा भई साना ताल वा उपताल वन्छन्। उदाहरण भारतको चिल्का ताल 

✰  बयलजुरे ताल - 

  • मैदानी अवस्थामा बाढी आएको बेला घुमाउरो मार्गलाई छोडेर नयाँ मार्ग  पानी थुनिएर निर्माण हुने ताल नै बयलजुरे ताल हुन्। 
  • उदाहरणका लागि मिसिसिपी वैसीका  तालहरूलाई लिन सकिन्छ।

  • बनाई बग्दा पुरानो मार्गमा तालहरूलाई लिन सकिन्छ।

✰  त्रिकोण ताल - 

  • दुई ओटा हिमनदी आपसमा मिल्न गयो भने ती दुईका बीचमा पानी थुनिएर त्रिकोण ताल निर्माण हुन्छ। 
  • उदाहरणका लागि स्विटजरल्यान्डका केही तालहरूलाई लिन सकिन्छ ।

✰  घोलन ताल -

  • चुन ढुङ्गाले बनेको धरातलमा पानीले चुन गलाएर लग्दा भित्री भाग खोको भई माथिको जमिन तालहरू यसरी नै निर्माण भएका छन्। 
  • धसिन जान्छ। यसरी बनेको खाल्डामा पानी जम्मा भई त्यहाँ घोलन ताल बन्छ। आयरल्यान्ड केही तालहरूलाई लिन सकिन्छ ।