धरातलीय स्वरुपको आधारमा नेपाललाई कति भागमा विभाजन गरिएको छ
- धरातलीय स्वरुपको आधारमा नेपाललाई ३ भाग (हिमाल, पहाड र तराई .मा विभाजन गरिएको छ)
- हिमाली प्रदेश
| उच्चतम बिन्दु | |
|---|---|
| टाकुरा | सगरमाथा (नेपाल) |
| उंचाई | 8848.86 मी (29,031.7 फिट) |
| निर्देशाङ्क | २७°५९′१७″उ॰ ८६°५५′३१″पू॰ |
| आयाम | |
| लम्बाई | २,४०० किमी (१,५०० माइल) |
उल्लेख्य शिखरहरू
- सगरमाथा ८,८४८.८६ मि - संसारकै सर्बोच्च शिखर
- के २ ८,६११ मि
- कञ्चनजङ्घा ८,५८६ मि
- ल्होत्से ८,५१६ मि
- मकालु ८,४६३ मि
- चो यु ८,२०१ मि
- धौलागिरि ८,१६७ मि
- मनास्लु ८,१६३ मि
- नङ्गा पर्वत ८,१२६ मि
- अन्नपूर्ण ८,०९१ मि
- ग्यासरब्रम १ ८,०६८ मि
- ब्रोड शिखर ८,०४७ मि
- ग्यासरब्रम २ ८,०३५ मि
- शिशापाङ्मा ८,०२७ मि
- ग्याचुङ काङ ७,९२२ मि
- नन्दा देवी ७,८१६ मि
- काब्रु ७,३३८ मि - कञ्चनजङ्घाको दक्षिण तिर
- पुमोरी ७,१६१ मि - चर्चित अरोहण हिमाल
हिमाल
हिमालले नेपालीमा शिखर वा हिमशृङ्खलालाई जनाउँछ। नेपालका केही हिमशृङ्खलाहरू:
- अन्नपूर्ण हिमाल
- गणेश हिमाल
- खुम्बु हिमाल
- लाङ्टाङ हिमाल
- मनाङ हिमाल
- रोल्वालिङ् हिमाल
- "पहाडको उत्तरमा, सुन्दर धरातल : मोतीझै चुचुराले, सजिएको सलल"चाँदीका दन्तलहरभै लस्कार लागेका हिमचुचुरोको छत्रछायाँमा रहेको सुन्दर भूगोल हो, नेपालको हिमाली प्रदेश । पहाडबाट उपल्लोतिर उच्च भूबनोट र उबडखाबडले सर्जिँदै अनि विश्वकै सर्वोच्च शीर सगरमाथामार्फत नेपाली पहिचान र शानलाई विश्व साम उद्घोष गर्ने तथा नेपालको गरिमालाई उँचो बनाउने क्षेत्र नै हिमाली प्रदेश हो ।
- केटु (K२) सगरमाथा पछि पृथ्वी माथि दोश्रो सबै भन्दा अग्लो पर्वत हो। जसको ऊँचाई ८६११ मि० (२८,२५१ फिट) छ, केटु कराकोरम श्रेणीकै हिस्सा हो जुन पाकिस्तानको गिलगितमा गिलगित-बल्टिस्तान र चीनको क्सिन्जियांगको टैक्सकोर्गन तजिक स्वायत्त देशको सिमामा स्थित छ। चीन तर्फबाट केटुमाथि आरोहण गर्न धेरै खतरनाक भएरै हो यसको आरोहण पाकिस्तान तर्फबाट धेरै गरिन्छ। यस पर्वतको अप्ठेरोपन र आठ हजारीमा दोश्रो सबैभन्दा धेरै मृत्यु दर हुनले केटु पर्वतारोही बीच क्रुर पर्वत भनेर पनि चिनिन्छ। प्रत्येक चार जना जो यस पर्वतमा आरोहण गर्न कोशिश गर्छनमा एक जनाको मृत्यु हुन जान्छ ।
- कुन हिमशुखला अन्तर्गत पर्दछ ? - काराकोरम हिमशृंखला
- अ्को के नामले चिनिन्छ - गडविन अस्टिन (यो शिखरलाई उर्दू भाषामा लम्बा पहाड भनिन्छ)
- भौगोलिक अवस्थिति : पहाडी प्रदेशभन्दा उत्तर र चीनको स्वशासित क्षेत्र तिब्बतभन्दा दक्षिणतर्फ अवस्थित छ ।
- उचाइगत अवस्थिति : समूद्र सतहबाट करिब 3००० मिटरदेखि ८.८४८ मिटरको उचाइसम्म विस्तारित छ ।
- लम्बाइ : पूर्व पश्चिम लम्बाइ ८०० कि.मि. रहेको छ ।
- चौडाइ : उत्तर दक्षिण चौडाइ २५ देखि ५० कि.मि. सम्म रहेको छ ।
- वर्गीकरण : सीमान्त, भित्री र मुख्य हिमाली क्षेत्र गरी तीन प्रकारमा छुट्याउन सकिन्छ ।
- हावापानी : हिमाली प्रदेशको ५००० मिटरभन्दाका माथि पाइने हावापानीलाई टुन्ड्रा हावापानी भनिन्छ ।
- उद्गमस्थलका रूपमा : नेपालका प्रमुख नदीहरूको उद्गम स्थल यसै प्रदेशमा रहेको छ ।
- उच्च हिमशिखरको थलो : विश्वका ८,००० मिटरभन्दा माथि उचाइ भएका उच्च हिमशिखरहरू यसै प्रदेशमा पर्दछन्।
- स्थायी हिमरेखा : ४,००० देखि ५,००० मिटरसम्म स्थायी हिमरेखा रहेको छ अर्थात् सदैव हिउँ जमिरहने हुन्छ ।
- जनसंख्या : २०६८ सालको जनगणना अनुसार यस प्रदेशमा कूल जनसङ्ख्याक़ो ६.७३% मानिस बसोबास गर्दछन् ।
- जातजाति : शेर्पा, थकाली, भोटेजस्ता जातजातिहरूको प्रमुख बसोबास रहेको छ ।
- धर्म/संस्कृति : मूलतः बौद्ध धर्मको प्राधन्यता रहेको छ । सोही अनुसारका सांस्कृतिक चाडपर्वहरू मनाइन्छ ।
- पेशा : मुख्य पेशा कृषिसँगै हाल व्यापार र पर्यटन उद्योग पनि मुख्य पेशाको रूपमा विकास हुँदै गएका छन् ।
- जीवनशैली : हावापानीको दृष्टिले स्वस्थ्यकर नै तर विकासका दृष्टिले समिष्टमा पिछडिएकै छ ।
- भौगोलिक विकटता एवम् सोहीबमोजि राज्यबाट उच्च लगानी नहुँदा पूर्वाधार विकास ओझेल परी जनजीवन कष्टकरमय बन्न पुगेको छ ।
- पछिल्लो समयमा पर्यटकीय गन्तव्यहरूको पहिचान र प्रवर्द्धनको अभियानले गर्दा पूर्वाधार विकासमा वृद्धि हुँदै विकासतर्फ अघि बढीरहेको अवस्था छ । छरिएर रहेको बस्ती, न्यून उत्पादन तथा उत्पादकत्व तथा तुलनात्मक रूपमा विकासको आयामबाट पिछडिएको क्षेत्रका रूपमा चिनिन्छ ।
२१ जिल्लाहरू
जलवायुको अवस्था
भूबनोटको आधारमा हिमाली प्रदेशलाई ३ भागमा विभाजन गर्न सकिन्छ :-
हिमाली प्रदेशको विभाजन
हिमाली प्रदेशका विशेषताहरूलाई यसरी उल्लेख गर्न सकिन्छ :-
पहाडी प्रदेश
- ताप्लेजुङ,
- सङ्खुवासभा,
- सोलुखुम्बु,
- दोलखा ।
- सिन्धुपाल्चोक,
- रसुवा,
- मनाङ,
- मुस्ताङ
- डोल्पा
- मुगु
- हुम्ला,
- जुस्ला
- कालीकोट
- बाजुरा
- बझाङ,
- दार्चुला
- धादिङ
- रामेछाप
- गोरखा
- म्याग्दी
- रूकुम (पूर्व)।
जलवायुको अवस्था
- करिब ५,००० मिटरमाथि ६ देखि १२ महिनासम्म हिउँ रहन्छ ।
- लगभग ४,००० मिटरमाथिका भू-भागमा छोटो अवधिको वर्षायाममा पनि तुषारापात हुन्छ।
- ४,००0-५,००० मिटरसम्म होचो भाङ झाडी (जडीबुटी) पाइन्छ।
- तर मुस्ताङ र डोल्पामा प्राकृतिक वनस्पति विशेष कारणले २.८०० मिटर उचाइसम्म पनि हुन गरेको पाइन्छ।
- करिब १२ प्रतिशत उच्च हिमाली क्षेत्र मनसुनी चरनका लागि उपयुक्त छ।
- माटी र जलवायुका दृष्टिले एक प्रतिशतभन्दा कम जमिन मात्रै खेतीको लागि उपयुक्त छ।
- नेपालको लगभग १९.७ प्रतिशत (२,८९९,५०० हेक्टर) ओगट्ने उच्च पर्वतको दक्षिणमा मध्यपर्वत र उत्तरमा उच्च हिमाल पर्छ ।
- यस क्षेत्रका सबैजसो मुख्य उपत्यका हिमानीग्रस्त (Glaciated) छन् ।
- नदीले पिंध कटान बढी गरेको. फलस्वरूप नदी ढलान (Gradient) ले गल्छेडा र गल्छा (Canyons) बनेकाडाँडाको टुप्पो र उपत्यकाको फेदसम्म २,००० मिटरभन्दा बढी उचाइको भिन्नता छ।
- यसैले यहाँको एउटै ढलोमा उष्ण, उपोष्ण र न्यानो समशीतोष्ण एवं चिसो शीतोष्ण बोटबिरूवा पाइन्छन्।
- यो क्षेत्रको ५० प्रतिशत भाग कुनै पनि खेतीका लागि काम लाग्दैन । बाँकी ५० प्रतिशत भू-भागमध्ये ३४ प्रतिशत भू-भागमा खेतीका लागि अपर्याप्त पातलो माटो छ भने १६ प्रतिशत भू-भागले मात्र खेती धानेको छ।
- यस्तो २००,००० हेक्टर जमिनमा पनि ४० प्रतिशतमा मात्र राम्ररी खेती गर्ने गरिन्छ।
हावापानी/वनस्पति/माटो/जमिन/फलफूल/मानिस पेशा र खाद्यन्नबाली
- भोटे, ह्योल्मो, शेर्पा, लेप्चा, थकाली, गुरुङ आदि जाति
- पर्वतारोहण पर्यटन, पुशपालन र जडीबुटीका व्यापारलाई मुख्य पेशा
- जाडो हावापानी पाइन्छ। कोणधारी वन, सल्ला धुपी, देवदार जातका रुख र बुट्यानहरू जडीबुटी पत्थरिलो (ढुङ्गाहरू मिसिएको) माटो पाइन्छ
- धेरै भिराले र गहिरा बेंसी, हिउँले ढाएिको क्षेत्र छन्।
- स्याउ र ओखर
- हिउँ र चट्टानले निर्मित हिमाली क्षेत्रले नेपालको १५ प्रतिशत भू-भाग समेटेको छ।
- यो नेपालको उत्तरी भागमा पूर्वमा मेचीदेखि पश्चिममा महाकालीसम्म फैलिएको छ |
- उचाइ करिब ३,००० मिटर ८८४८.८६ मिटरको उचाइमा
- चौडाइ करिब २५ देखि ५० किलोमिटर उत्तर-दक्षिण चौडाइ
- २८ हिमश्रृङ्खलाहरू रहेका छ :-कञ्चनजङ्घा, जनक, उम्बक, महालङ्गुर, रोल्वालिङ, पुमरी, जुगल, लाङटाङ, गणेश,सेराङ, कुटाङ, मनसिरी, पेरो, लुगुला, दामोदर, निलगिरी, अन्नपूर्णा, धवलागिरि,मुस्ताङ, गौतम, पालचुङ हमगा, कान्जिरोवा, कान्ति, गोरखा, चाङ्गला, चण्डी,नालाकङ्कर, गुराँस पूर्वदेखि क्रमशः पश्चिमसम्म फैलिएका उप हिमश्रृङ्खलाहरू १८ वटा रहेका छन्।
- हिमालय नेपालको उत्तरपट्टिमात्र नभई उत्तरी नेपाल सरहदबाट दक्षिणतिर हिमालीश्रृङ्खला देखिने नेपालका धेरै भू-भागहरू छन्। जस्तैः अन्नपूर्ण र गङ्गापूर्ण हिमालको उत्तरपट्टि मनाङ, मुस्ताङ आदि नेपालका क्षेत्र पर्छन्। धवलागिरि चुरेन हिमालयको उत्तरमा मुस्ताङतथा डोल्पाका भू-भाग पर्छन्। ती क्षेत्रहरूबाट हिमालय दक्षिणतिर देखिन्छ ।आर्थिक गतिविधि सीमित छ। उब्जनी न्यून हुन्छ । कृषि नगन्य हुन्छ ।
- तर याक, भेडा, च्याङ्ग्रा, घोडा आदि पशुपालन र जडीबुटीमा यो क्षेत्र सम्पन्न छ।
- ऊनीका गलैंचा, राडी, पाखी बुन्ने घरेलु उद्योगहरू रहेको पाइन्छ ।
- पर्यटन उद्योग, जडीबुटी र पर्यावरण सम्पदा यहाँका महत्त्वपूर्ण स्रोत हुन्।
भूबनोटको आधारमा हिमाली प्रदेशलाई ३ भागमा विभाजन गर्न सकिन्छ :-
हिमाली प्रदेशको विभाजन
क) सीमान्त हिमाली क्षेत्र
ख) भित्री हिमाली क्षेत्र
ग) मुख्य हिमाली क्षेत्र
क) सीमान्त हिमाली क्षेत्र
ख) भित्री हिमाली क्षेत्र
ग) मुख्य हिमाली क्षेत्र
क) सीमान्त हिमाली क्षेत्र
- ३० कि.मी.देखि ४५ कि.मी.सम्म चौडाइमा रहेको
- मुख्य हिमालको उत्तर र तिब्बती सिमानाको दक्षिणमा रहेको क्षेत्र,
- यो अन्तरहिमाली श्रृङ्खला तिब्बतको समानान्तर किनारी क्षेत्र करिब १३० किलोमिटर उत्तरसम्म फैलाओ
- सरदर ६,००० मिटर उचाइदेखि करिब ७,००० मिटरसम्म रहेको तिब्बती पठारको समस्थली क्षेत्र गडगाः
- साङ्ग पो (ब्रहृमपुत्र) को पानी ढलो- क्षेत्रका रूपमा रहेको छ।
- उच्च हिमश्रृङ्खला छिचोली आएकाले यो क्षेत्रका नदी (कालीगण्डकी आदि) हिमालयभन्दा पुराना मानिन्छन्।
- मनाङ, मुस्ताङमा बस्ती छन् र भोट निस्कने भन्ज्याङहरू निकै पर्छन्|
- वृष्टिछाँयामा पर्ने भएकाले यो क्षेत्र मूलतः हिमाली मरुभूमिका रूपमा रहेको छ।
- नेपालको उत्तरी सीमानासम्म फैलिएको यस खण्डले सीमाकै काम गरेको छ, जुन मुख्य हिमालय श्रेणीभन्दा होचो रहेको छ ।
- मुख्य हिमालयबाट उत्तर र तिब्बत तटवर्ती क्षेत्रबाट दक्षिणतिर यो क्षेत्र रहेको छ।
- नदी निर्मित उपत्यकाहरू उच्च हिमाली क्षेत्रमा निकै रहेका छन्।
- यहाँ पुराङ्ग, हुम्ला, मुगु, लाडगु, बूढी खोटाड, केरूङ, न्यानम, रोड्गसार, खुम्बु, कर्मा आदि हिमतेष्टित उपत्यकाहरू छन्।
- उत्तरमा अग्ला हिमालय र दक्षिणमा होचा पर्वतका बीचमा रहेका यी उपत्यका २,४००- ५.००० मिटरसम्मका उचाइमा रहेका छन् । कतैकतै गहिरो खाँच र बेंसी रहेका छन्।
- हुम्ला, जुम्ला, मुगु, डोल्पा, मुस्ताङ र मनाङ वृष्टिछौयामा पर्ने हुँदा वर्षा ज्यादै कम हुन्छ। यस भेकमा शुष्क जलवायु पाइन्छ।
- यो पर्वतीय क्षेत्रमा चिसो शीतोष्ण कोणधारी वन हुनेहुँदा डालेघाँस प्रायःपाइन्न।
- यहाँका बासिन्दा खाद्यान्न, लुगा र अन्य सामानको ढुवानी खर्चर, घोडा, चउँरी आदि जनावरबाट गर्ने गर्दछन्।
- जौ, गहुँ, कोदो र आलु ३,००० मिटर उचाइसम्म हुन्छ ।
- हिउँदमा ठन्डा हुनेहुँदा मानिसहरूको बसोबास यो क्षेत्रमा निक्कै पातलो छ।
- यो क्षेत्र ३,००० मिटर देखि ५,००० मिटरको उचाइसम्म फैलिएको छ । यो सीमान्त हिमाली क्षेत्र भन्दा दक्षिण र मुख्य हिमाली क्षेत्र भन्दा उत्तरका बीचमा समथर फाटहरू युक्त भूभागमा पर्दछ ।
- ५,००० मिटरदेखि ८८४८ मिटरको उचाइसम्मको क्षेत्रलाई मुख्य हिमाली क्षेत्र भनिन्छ । विश्वका ८,००० मिटरभन्दा माथिका धेरै हिमालहरू यही पर्दछन् ।
- तटवर्ती हिमालयको दक्षिण रहेका बृहत्तर हिमाली श्रृङ्खलामा ६,००० मिटरभन्दा अग्ला १,३११. चुचुराहरू रहेका छन्।
- विश्वको सर्वोच्च शिखर सगरमाथा र तेस्रो उच्च हिमशिखर कञ्चनजङ्घाका अतिरिक्त ल्होत्से, मकालु, चो-ओयु, धवलागिरि, मनास्लु, अन्नपूर्णसमेत
- विश्वका दुई दर्जन चुलीमध्ये नेपालमा करिब डेढ दर्जन चुचुराहरू रहेका छन्।
- कञ्चनजङ्घा, खुम्बु, महालङ्गुर, रोल्वालिङ्, गणेश, गोरखा, अन्नपूर्ण, धौलागिरि,काञ्जीरोवा, अपी र सैपाल हिमश्रृङ्खलाअन्न्तगत विश्वका १० सर्वोच्च शिखर हरूमध्ये ८ ओट हिमशिखरहरू पर्दछन्।
- यस क्षेत्रमा २८ हिमश्रृङ्खलाहरू अवस्थित छन् ।
हिमाली प्रदेशका विशेषताहरूलाई यसरी उल्लेख गर्न सकिन्छ :-
- नेपालको सबैभन्दा उत्तरी क्षेत्रमा अवस्थित छ ।
- ५,००० मिटरमाथि सँधै हिउँ जम्ने हुँदा मानवरहित छ ।
- अत्यन्तै कम वर्षा हुने र हुँदा पनि हिउँको रूपमा हुने गर्दछ ।
- यहाँको मुख्य पेशा कृषि नै रहे पनि व्यापार र पर्यटनतर्फ केन्द्रित हुँदै गएको छ ।
- शेर्पा, थकाली, भोटे जस्ता जातजातिको मूल बसोबासको रहेको छ ।
- २०६८ को जनगणना अनुसार यहाँ कूल जनसंख्याको क६.७३ प्रतिशत मानिसहरू बसोबास गर्दछन ।
- यस क्षेत्रको वार्षिक जनसङ्ख्या वृद्धिदर ०.५४ प्रतिशत रहेको छ ।
- यस प्रदेशमा २०६८ सालको जनगणना अनुसार ३,६४,१२० वटा घरपरिवार रहेका छन् ।
- यस क्षेत्रको लैङ्गिक अनुपात ९३.८४ जना रहेको छ ।
- यस प्रदेशमा नेपालका '२० वटा जिल्लाहरू रहेका छन् ।
- भूबनोटका दृष्टिकोणले सीमान्त क्षेत्र, भित्री हिमाली क्षेत्र तथा मुख्य हिमाली क्षेत्रमा विभाजन गर्न सकिन्छ ।
पहाडी प्रदेश
- हिमाली र तराई प्रदेशको बीचमा रहेको भू-भाग नै पहाडी प्रदेश हो।
- "हिमाल र तराईको, बीच भागमा अवस्थित : स्वच्छ एवम् मानवीय, हावापानीले सिञ्चत
- तराईभन्दा उत्तर र हिमालबाट दक्षिणतर्फ रही नेपालको वृहत्तर क्षेत्र ओगट्ने प्रदेश हो, पहाड ।
- प्राञ्जल हावापानीकै कारण मानवीय बासस्थानको उत्तम क्षेत्रका रूपमा रहेको छ ।
- जाति, धर्म र सस्कृतिका विविधता तथा सहिष्णुतामा आधारित सुन्दर समाज यसको पहिचान हो । संविधानको धारा २८८ बमोजिम नेपालको राजधानी काठमाडौं पनि यसै भेगमा हुनुले झनै यसको महत्व अभिवृद्धि गराएको छ ।
- मुलुकको शासकीय नेतृत्वमा उच्च सहभागिता जनाउँदै उल्लेख्य योगदान गर्ने भूमिका यसै प्रदेशका मानिसबाट भएको पाइन्छ ।
- अटलता र स्वाभिमानको प्रतीक मानिने पहाडहरूको शृङ्खलालें सजिएको पहाडी प्रदेशका विशेषताहरू संक्षेपमा देहायानुसार चर्चा गरिएको छ :-
- अवस्थिति : यो प्रदेश समुद्र सतहबाट करिब ६,०० मिटरदेखि ३,००० मिटरको उचाइसम्म फैलिएको छ ।
- चौडाइ : यो प्रदेश पूर्वदेखि पश्चिमसम्म, फैलिएर करिब ७५ किमि. देखि १२५ किमि. सम्मको चौडाइमा अवस्थित छ।
- बनोट : महाभारत पर्वत श्रृङ्खलाको पहाडै पहाड भएको यस प्रदेश कडा चट्टानबाट निर्मित छ ।
- विभाजन : भित्री पहाड, महाभारत लेक र शिवालिक श्रेणी गरी ३ उपक्षेत्रमा विभाजित रहेको छ ।
- हावापानी : समतिशोष्ण प्रकारको हावापानी रहेको छ । मानव स्वास्थ्यका निमित्त स्वस्थकर हावापानी पाइन्छ
- जनसंख्या : २०६८ सालको जनगणना अनुसार कुल जनसंख्याको ४३.०१ प्रतिशत. मानिस बसोबास गर्दछन् ।
- जातजाति : ब्राह्मण, क्षेत्री, नेवार, तामाङ, किराँत, गुरूङ, मगर लगायतका विभिन्न जातजातिका बसोबास रहेको ।
- भाषा र संस्कृति : विभिन्न जातजातिकै कारण विभिन्न कला, धर्म, संस्कृति तथा रहनसहनको सम्मीश्रण रहेको छ ।
- धार्मिक अवस्था : मूलतः हिन्दू र बौद्ध धर्मको आधिक्यता रहेकोमा पछिल्लो समयमा तक्रिश्चियनको पनि वृद्धि भएको।
- मुख्य पेशा : यहाँको मुख्य पेशा कृषिका साथै व्यापार व्यवसाय, सरकारी नोकरी र अन्य पेशाहरू रहेका छन् ।
- २८ जिल्लाहरू(स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार) :- इलाम, पाचधर, तहेथुम, धनकुटा, भाजेपुर, खोटाङ, ओखलढ़ङ्गा, काभपलाञ्चोके,नवाकोट, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, पाल्पा, गुल्मी, अर्घाखाँची, बाग्लुङ प्यूठान, रोल्पा, रूकुम (पश्चिम), सल्यान, जाजरकोट, दैलेख,
अछाम, डोटी, डडेलधुरा र बैतडी - पहाडी मुलुक सबैभन्दा बढी भू-भागयस प्रदेशले आगेटको हुँदा नेपाललाई पहाडी मुलुक पनि भनिन्छ ।
- हावापानी/बनस्पति/माटो/जमिन/फलफूल/मानिस पेशा र खाद्यान्नबाली:-हिउँदमा पात झर्ने पतझर वनस्पति उक्तिस, गुराँस, सल्लो आदीरातो/फुस्रो कम उब्जाउ हुने माटो पाइन्छ।भिरालो, बैंसी र लेक, खाँच, उपत्यका र टाहरू सुन्तला, आरुबखडा, आरु, अम्बा र लप्सी पूर्वी. नेपालमा राई, लिम्बुको बाहुल्य छ भने मध्य तथा पश्चिम नेपालमा बाहुन, क्षेतरी.
नेवार, मगर, गुरुङ र दलित जाति बस्छन्।- यस प्रदेशमा आलु, गहुँ, मकै, कोदो, धान, अलैची, अदुवा, र सन्तुला आदि उत्पादन
हुन्छन्।
- समुद्रसतहदेखि ६१० देखि १८७२ मिटरको उचाइसम्म यो क्षेत्रले १२.७ प्रतिशत (१,८७९,००० हेक्टर) ढाकेको छ।
- शिवालिक क्षेत्रमा खेती हुनसक्ने जमिन करिब २४ प्रतिशत (५.२९,६०० हेक्टर) छ।
- नेपालको दक्षिणमा अवस्थित पूर्वदेखि पश्चिमसम्म फैलिएको हिमालय पर्वतमाला भन्दा निकैपछि विकसित भएको पर्वतमाला नै चुरे पर्वत हो।
- यो पश्चिमदेखि कोशी नदीसम्म महाभारत पर्वतमालाको समानान्तर रूपमा लम्बिएको छ भने त्यो भन्दा पूर्व खण्डित हुँदै ढिस्का वा थुम्कोको रूपमा रहेको छ। यसलाई सामान्यतः चुरिया वा चुरे पर्वत भनिन्छ।
- बाह्य हिमालय भनिने यो पर्वत शिवालिकको नामले समेत प्रसिद्ध छ ।
- यो नवीनतम पर्वत हो। यहाँ गरम हावापानी पाइन्छ।
- नेपालको पश्चिममा अग्लो र पूर्वमा होचो हुँदै बिलाएको चुरे लगभग २,००० मिटरसम्म अग्लो छ।
- यो महाकालीदेखि कोशीसम्म छुट्टै श्रेणी भएर फैलिएको छ ।
पहाडी प्रदेशलाई ३ क्षेत्रमा विभाजन गरिएको छ :
१. चुरे पर्वत श्रेणी२. महाभारत श्रेणी
३. मध्यभूमि श्रेणी
३. मध्यभूमि श्रेणी
१. चुरे पर्वत श्रेणी
तराई प्रदेश
तराई प्रदेश
(स्थानीय सरकार सञ्चालन ऐन
२০७४ अनुसार)
१. पूर्वी भित्रीमधेश : उदयपुर र सिन्धुली उपत्यका
२. मध्यभित्रीमधेश : मकवानपुर, चितवन र नवलपुर
३. पश्चिमी भित्रीमधेश : दाङ देउखुरीलाई
४. मध्यपश्चिम भित्रीमधेश : सुर्खेत उपत्यका
तराई प्रदेश सम्बन्धी केही प्रश्नहरु
+
- कोशीपूर्व थुम्कीको रूपमा मोरङ र झापाको उत्तरमा मैनाचुली, चुलाचुली छन् । दाङ, देउखुरी,राप्ती, चितवन आदि उपत्यका दून अवोन्नत (Synclinal) प्रकृतिका भाग छन् ।
- जलाधार क्षेत्रको उचाइ भिन्नता ७०० मिटरभन्दा कम छ।
- यहाँको माटो वर्षाको पानी थाम्नसक्ने खालको छैन ।
- यो क्षेत्रमा हवात्त बाढी आएजस्तो वर्षामा खोलाहरू बग्छन्। वातावरणीय दृष्टिले चुरे पर्वत श्रेणी अत्यन्त संवेदनशील मानिएको छ ।
- सतही ढुङ्गाले शिवालिक क्षेत्रकों पर्वतीय भू-भागलाई नियन्त्रण गरेको छ।
- यो श्रृङ्खला कमजोर एवं अस्थिर छ । करिब १३ प्रतिशतभन्दा वढी भू-भाग ज्यादै ठाडी र अष्ठरा भएकाले खेतीका लागि उपयुक्त हैन।
- दून उष्णक्षेत्र भए पनि यहाँको माटो तराईभन्दा भिन्न छ । यो क्षेत्रमा फलफूल र तरकारी कम हुन्छ ।
- यस क्षेत्रमा जन अतिक्रमणले वननाश, भूक्षय र प्राकृतिक वातावरण खलबलिन पुगेको छ।
- शिवालिक क्षेत्रको दक्षिण एउटा लामो पेटी पूर्वदेखि पश्चिमसम्म फैलिएको छ| यो क्षेत्र बालुवा, कड्कड, दुङ्गा र खुकुला खस्रा पदार्थले बनेको छ । खुकुलो चट्टानले बनेको भाबरमा सालको बन-जङ्गल पाइन्छ।
- गहिरो घाँटीमा नदीले थुपारेका माटाको भागले बनेका मैदानहरू गङ्गा मैदानकै अंशका रूपमा रहेका छन्।
- चुरे पर्वतलाई कोशीपूर्वमा चुलाचुली, बागमतीमा भटवाना, चितवनमा सोमेश्वर, दाङ्ग देउखुरीमा डंडुवा, भारतमा शिवालिक र बर्मामा इरामही भनिन्छ ।
२. महाभारत श्रेणी
- पूर्व-पश्चिम फैलिएको समुन्द्र सहतदेखि करिब १२,००० फिटसम्म उचाइ
- यो भाग सेल, स्यान्डस्टोन, लाइमस्टोन, मार्बल, स्लेटजस्ता चट्टानयुक्त छ।
- ठूलाठूला चार नदी कडा चट्टाने प्रहाड छेडेर बगेका छन्।
- कर्णालीले चिसापानीमा, कालीगण्डकीले देवघाटमा, त्रिशूलीले जुगेडीमा र कोशीले चतरामा छेडो बनाएको छ।
- फुलचोकी (२७६५मी.), शिवपुरी, दामन (४,३१२ मी.), स्वर्गद्वारी(२,१२५ मी.), शैलुङ डाँडा (३५०० मि.) आदि यहाँका प्रमुख शिखर हुन्।
- कैर्णालीले चिसापानीमा, कालीगण्डकीले देवघाटमा, त्रिशूलीले जुगरीमा र कोशीले चतरामा छेडो बनाएको छ।
- ठाउँठाउँमा टार (पालुङटार, सल्यानटार, रुम्जाटार) र उपत्यका बनेका छन्।
- यो पर्वत होचो हिमालय (Lesser Himalaya) को नामले पनि चिनिने गर्छ ।
- यहाँको हावापानी रमणीय र स्वस्थ्यकर हुनेहुँदा महाभारत पर्वत श्रेणीलाई नेपालको Hill-Station
- पनि भनिन्छ।
- सैलुङ्ग, ट्याम्के, जैथक, फूलचोकी, शिवपुरी, छिप्केश्वरी, दामन, स्वर्गद्वारी, साकिने डाँडा, खोचे आदि यहाँका प्रमुख शिखर हुन् ।
- पूर्वी नेपालका तुलनामा पश्चिमको भाग बढी ठाडो छ।
- यसलाई लघू हिमालको नामले पनि चिनिन्छ।
३. मध्यभूमि श्रेणी
- मध्यपर्वतीय क्षेत्रले नेपालको २९.५ प्रतिशत (४,३५०,३०० हेक्टर) जमिन ढाकेको छ।
- नेपालका चमेलिया (सुदूरपश्चिम), त्रिशूली (मध्य), सुनकोशी र अरुण तथा तमोर नदीद्वारा निर्मित ठूला उपत्यका एवं समथर र उर्वरक्षेत्र मध्यभूमिअन्तर्गत पर्छन् .
- यहाँ तुम्लिङटार (सङ्खुवासभा), रुम्जायर (ओखलढुङ्गा), मङ्गलटार (काभप्रे लाञ्चाके), खुमलटार(ललितपुर), बट्टार ( नवुाकाटे) सल्यानटार (धादिङ), खेरेनीटार(तनहुँ ), चारे जहारीटार (रुकमु ) जस्ता टार पनि छन, ।
- यहाँको जलवायु वर्षैभरि कृषिको लागि उपयुक्त छ। तापक्रम न बढी न घटी मध्यम प्रकारको छ। जनसङ्ख्या वृद्धिले गर्दा भूमिमाथि बढी चाप परेको छ। यहाँ ८७ प्रतिशत खेतीयोग्य भूमि पर्वतीय पाखाका रूपमा रहेकाछन्।
- मध्यपहाडी भूमिको गरा खेती प्रविधि ने स्थापित प्रविधि हो। कृषि, वन र बागबानीबाट यसलाई सघाउ हुनेगरेको छ।
- मध्यपहाडमा प्रिक्याम्ब्रियन (Precambraian), फाइलाइटस् (Phyllites), क्वार्टजाइटस् (Quartzites), अभख , शिष्ट र ग्रेनाइट (Granite) जस्ता विविध चट्टान पाइन्छन्। मध्यपहाडको दक्षिण किनारामा प्रायः महाभारत लेकजस्ता उठेका (Uplifted) पवर्त छन्।
- यो भाग ऋतक्षय भएका ग्रेनाइट, चनुढुङ्गा, डोलोमाइट, सेल, स्यान्डस्टोन, स्लेट र क्वार्टजाइटले बनेको छ।
- शिवालिक जस्तो भू-क्षयको प्रभाव छैन। यस क्षेत्रका कडा चट्टान भूपाषाण भएका भाग ठाडौ भौर (३५ डिग्री ढलोभन्दा बढी) र पातलो माटाले ढाकेको हुनाले खेतीका लागि उपयुक्त छैन।
- पहाडी प्रदेशमा किराँत, राई, लिम्बू, तामाङ, मगर, गुरुङ, बाहुन, क्षेत्री, नेवार आदि विभिन्न जातिका मानिसहरू बसेबास गर्छन्।
- यस क्षेत्रमा फलफूल खेती र जडीबुटीको लागि बढी उपयुक्त वातावरण पाइन्छ।
- पहाडका दक्षिण पाखामा बस्ती र खेती धेरै भेटिन्छन्।
- यस भेकमा इलाम, धनकुटा, चैनपुर, भोजपुर, ओखलढुङ्गा, चरीकोट, बनेपा, काठमाडौँ पाखेरा, जुम्ला,सल्यान, सिलगढीजस्ता सानाठूला बस्ती छन्।
- पहाडी क्षेत्रको कुल बस्तीमध्ये १,००० मिटरसम्मको उचाइमा १६.३७ प्रतिशत, १००१ - २,००० मिटरसम्ममा ५९.०९ प्रतिशत र यसभन्दा माथि ३,००० मिटरसम्ममा १९.९९ प्रतिशत बस्तीहरू रहेको पाइन्छ । सर्वाधिक बस्तीहरू १००१ २००० मिटरसम्ममा केन्द्रित छन् ।
- आर्थिक क्रियाकलापमा पहाडी क्षेत्र मूलतः फलफूल र खाद्यान्नका लागि उपयुक्त क्षेत्र हो।
- धान, मकै गहुँर गेडागुडीमा यो क्षत्रे विविधतायतक्तु उत्पादनशील क्षत्रे भए पनि उर्वरभूमिको कमीले गर्दा खाद्यान्न अभाव हुने गर्दछ।
- महाभारत पर्वत श्रेणी र हिमालय पर्वत श्रेणीहरूका बीचमा रहेका ठूला-ठूला टार, बेंसी र उपत्यकाहरूलाई मध्यभूमी भनिन्छ। यसअन्तर्गत काठमाडौँ, पोखरा, त्रिशुली, पाँचखाल, माडी जस्ता उपत्यकाहरू पर्दछन्।
- त्यस्तै जरायोटार, सल्यानटर, चेपेटार, करापुटार, बेल्टार, सुकेटार, तुम्लिङ्टार, रुम्जाटार, खरानीटार, बट्टारजस्ता. उर्वर समरथर भूमि पनि यसैअन्तर्गत पर्दछन्।
प्रश्नहरू
- हिमाली प्रदेशले कुल भू-भागको कति प्रतिशत भाग ओगटेको छ ? - १५ प्रतिशत
- हिमाली प्रदेशको क्षेत्रफल कति रहेको छ ? - २२,०७७.१५ वर्ग कि.मी.
- हिमाली प्रदेशमा कति वटा हिमाल अवस्थित छन् ? - करिब १३१०
- हिमाली प्रदेश कहाँ फैलिएको छ ? - नेपालको उत्तरी भागमा पूर्वमा मेचीदेखि पश्चिममा महाकालीसम्म
- २०६८ सालको जनगणनाअनुसार हिमाली प्रदेशमा कति प्रतिशत जनसङ्ख्या रहेको छ ? - ६.७३ प्रतिशत (१७,८१,७९.२ जना)
- २०६८ सालको जनगणनाअनुसार हिमाली प्रदेशको जनघनत्व कति रहेको छ ? - जनघनत्व ३४ जना प्रति वर्ग कि.मी.
- विश्वको कुल भू-भागमध्ये करिब कति प्रतिशत भाग पर्वतीय क्षेत्रले ढाकेको छ ? - १२ प्रतिशत
- वि.स. २०७१ जेठ ७ गते सरकारले कति वटा हिमाल आरोहणको लागि खुल्ला गरेको थियो ? - १०४ हिमाल
- विश्वको सर्वोच्च शिखर सगरमाथा कुन प्रदेशमा पर्दछ ? - हिमाली प्रदेश
- हिमाली क्षेत्र कुन जलवायु क्षेत्र अन्तर्गत पर्दछ ? - अल्पाइन र आकटिक जलवायु क्षेत्र
- काठमाडौँबाट सबैभन्दा नजिक पर्ने हिमालको नाम के हो ? - जुगल
- विश्वमा रहेको ८,००० भन्दा बढी उचाइमा १४ हिमालमध्ये ८ वटा हिमालहरू कुन प्रदेशमा पर्दछन् ? - हिमाली प्रदेशमा
- हिमाली प्रदेशमा प्राय: कुन जातिको बसोबास रहेको छ ? - शेर्पा, थकाली र भोटे
- हिमाली प्रदेशमा कस्ता खाद्यान्न उत्पादन हुन्छन् ? - आलु, जौ, उवा, कोदो, फापर र स्याउ
- मझौला उचाइका गुराँस, मुस्ताङ, चण्डी, नालांकर आदि कुन क्षेत्रमा पर्दछन् ? - हिमाली क्षेत्र
- ५००० मि. को उचाइ माथि सधैं हिउँ पर्ने हुँदा यो उचाइलाई के भनिन्छ ? - स्थायी हिमरेखा
- हिमाली क्षेत्रलाई अर्को के नामले चिनिन्छ ? - जडान क्षेत्र
- विश्वका ८ हजार मिटर भन्दा अग्ला १४ वय हिमालमध्ये नेपालमा कतिवटा पर्दछन् ? - ८ वटा
तराई प्रदेश
तराई प्रदेश
अवस्थित
- पहाडी भागदेखि दक्षिणतर्फ भारतको सीमासम्म पुूर्व पश्चिम फैलिएको नेपालको समतल भू-भाग तराई प्रदेश हो। यसलाई मधेश पनि भनिन्छ।
- उचाइ : ५९ देखि ६०० मिटरको उचाइमा
- चौडाइ : २५ किलोमिटरदेखि ३० किलोमिटरसम्म
(स्थानीय सरकार सञ्चालन ऐन
२০७४ अनुसार)
- झापा मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, प्सा,नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रूपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर
- सधैं पात भइरहने सदाबहार जङ्गल सिसौ, खयर, चाँप, सिमलका रुखहरू
- यहाँको जमिन प्रायः समथल छ ।
- नदीले बगाएर ल्याएको मलिलो पाँगो माटो
- भूभाग समर्थर र उर्वर रहेको छ।
- केटा, ऑप, मेवा र कटहर लगायतका फलफूल यस प्रदेशका मानिसको मुख्य पेसा खेतीपाती हो भने विभिन्न प्रकार उद्योग पनि छन्।
- यस क्षेत्रमा बाहुन, राजपुत, थारु, चमार, घिमाल, मुसलमान, मुसहर, यादव, भांगड लगायतका जाति बसोवास गर्छन् ।.
- यो क्षेत्र उष्ण क्षेत्र हो।
- उत्तरबाट दक्षिणतिर होचो हुँदै जानु तराईको लक्षण हो।
- यहाँको जमिन प्रायः समरथल छ।
- यसलाई नेपालको अन्नभण्डार पनि मानिन्छ ।
- सन् १९६० सम्म यो क्षेत्रमा थारूहरूको बोलबाला थियो।
- औलो उन्मुलनपछि दून उपत्यका पहाडलगायत अन्य क्षेत्रका जनताको पनि केन्द्रस्थल भई यो क्षेत्र बहुजातीय क्षेत्र बन्यो।
तराई प्रदेशलाई ३ क्षेत्रमा विभाजन गरिएको छ :
- १. खास तराई
- २. भावर क्षेत्र
- ३. भित्रीमधेश
१. खास तराई
- देशको दक्षिणी भागमा दक्षिणतर्फ होर्चिदै गएको भू-भागलाई खास तराई भनिन्छ।
- हावापानीको विविधतालाई मुख्यत: धरातल (जमिन) को स्वरुप, उचाइ, अक्षांश, समुद्रसम्मको दुरी, वायुको चाप आदिले '
- मिहिन पौगो माटोले बनेको यो ्षेत्र उर्वर रहेको छ।
- चितवनको दक्षिणमा सोमेश्वर पर्वतमाला र देठखुरीको दक्षिणमा डुण्डुवा पर्वतमालाले काटेकाले खास तरईलाई तीन भाग (पूर्वी, मध्य र पश्चिम ) मा बाँड्ने पनि गरिएको छ।
- भापा मोरड, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, रौतहट, बारा, पर्साको दक्षिण, नवलपरासीको पश्चिाय दक्षिण, रूपन्देही र कपिलवस्तुको दक्षिण र वाँके, बर्दिया, कैलाली र कञ्चनपुरको दक्षिणी क्षेत्रलाई नेपालको खास तराई भनिन्छ ।
- यो समुद्र सतहबाट २०० मिटरसम्मको उचाइमा रहेको छ।
- उत्तरदक्षिण चौडाई २५ देखि ३० कि.मी.सम्म रहेको यस श्रेणीको भूभागलाई अन्नको भण्डार मानिन्छ।
- यसले देशको कुल भूभागको ४ प्रतिशत भूभाग ओगटेको छ।
- खास तराईको उत्तर र चुरे पर्वतमालाको दक्षिणमा समुन्द्रसतहदेखि ३८० मिटरको उचाइसम्म फैलिएको साँगुरो पेटीलाई भाबर क्षेत्र भनिन्छ।
- खास तराईदेखि उत्तर चुरे पर्वतको दक्षिणको ३०० मिटरसम्मको उचाइमा फैलिएको भूभाग भावर प्रदेश हो।
- यो उत्तर दक्षिण १० देखि १५ कि.मि. सम्मको चौडाइमा रहेको छ।
- चारकोसे झाडी यसै श्रेणीमा पर्दछ। यसले देशको कुल भूभागको ४.५ प्रतिशत भूभाग ओगटेको छ।
- भावर प्रदेशले मुलुकको कुल क्षेत्रफलको ४.५ प्रतिशत भू-भाग ओगटेको छ।
३. भित्रीमधेश
- चुरे र महाभारत पर्वत श्रेणीको बीचमा समुन्द्रसतहदेखि ६१० मिटरको उचाइसम्म चारैतिर पहाड पर्वतले घेरिई फैलिएका विशाल फाँटलाई भित्री मधेश वा दून क्षेत्र भनिन्छ ।
- चुरे पर्वतमालाको उत्तर महाभारत पर्वतमालाको दक्षिणमा रहेको समथर भूभागलाई भित्री मधेश वा दून क्षेत्र भनिन्छ।
- ३२ देखि ६४ की.मी.सम्म लम्बाइ र १६ की. मी. सम्म चौडाइ भएको यो क्षेत्रले मुलुकको कुल क्षेत्रफलको ८.५ प्रतिशत भू-भाग समेटेको छ।
१. पूर्वी भित्रीमधेश : उदयपुर र सिन्धुली उपत्यका
२. मध्यभित्रीमधेश : मकवानपुर, चितवन र नवलपुर
३. पश्चिमी भित्रीमधेश : दाङ देउखुरीलाई
४. मध्यपश्चिम भित्रीमधेश : सुर्खेत उपत्यका
तराई प्रदेश सम्बन्धी केही प्रश्नहरु
- समुद्र सतहबाट तराई प्रदेशको उचाइ कति रहेको छ ? - ५९ मिटरदेखि ६०० मिटर
- तराई प्रदेश कहाँ फैलिएको छ ? - पूर्वमा मेचीदेखि पश्चिममा महाकालीसम्म नेपालको दक्षिणी भेकमा
- तराई प्रदेशले कति प्रतिशत क्षेत्रफल ओगटेको छ ? - १७ प्रतिशत (२५,०२०.७७ वर्ग कि.मा.)
- २०६८ सालको जनगणनाअनुसार तराई प्रदेशमा कति प्रतिशत जनसङ्ख्या रहेको छ ? - ५०.२७ प्रतिशत
- तराई प्रदेशको जनघनत्व कति रहेको छ ? - ३९२ वर्ग किलोमिटर
- तराई प्रदेशले देशको कुल कृषियोग्य भूमिको कति प्रतिशत ओगटेको छ ? - करिब ५३ प्रतिशत (१,३३,१८,७०५ जना)।
- तराई प्रदेशलाई के पनि भनिन्छ ? - अन्नको भण्डार
- चारकोसे झाडी कुन प्रदेशमा पर्दछ ? - तराई
+