❖ भूगोल (Geography)

  भूगोल भनेको के हो ?

पृथ्वीको अध्ययन गर्ने शास्त्र ( पृथ्वीको बाह्य सतह जंगल, नदी, पहाड आदि प्राकतिक विभाग: देश नगर, गाउँ आदि राजनीतिक विभाग; उष्ण कटिबन्ध आदि वातावरणिक विभाग र उद्योगधन्दा, ऋतहरू तथा वासिन्दाहरू सबैको वर्णन वा विचार भूगोल हो।

  भूगोल त्या विषय हो जसले पृथ्वीको सतहको वर्णन धरातलीय स्वरूप, हावापानी, वनस्पति, माटो, उत्पादन, जनता र तिनीहरूको वितरणको आधारमा गर्दछ" भन्ने परिभाषा कसको हो ?

➣ भूगोल शब्दकोश

    भूगोल (Geography) शब्द ग्रीक भाषाको कुनशब्दबाट लिइएको हो  ?

 Geographia

  भूगोलका पिता (Father of Geography) भनी कसलाई चिनिन्छ ?

 इराटेस्थेनिज (Eratosthenes)

    पृथ्वीको नक्सा कसले बनाएका थिए ?

 इराटेस्थेनिज (Eratosthenes)

    भूगोल शब्दको सर्वप्रथम प्रयोग गर्ने व्यक्ति को हुन् ?

➣ इराटेस्थेनिज (Eratosthenes)

    भूगोलका पिता भनेर कसलाई भनिन्छ ?

 इराटेस्थेनिज (Eratosthenes)

  Man And Earth are the two most Dynamic of Geography भन्ने विद्वान को हुन् ?

Miss Semple

❖ नेपालको भौगोलिक अवस्था (Geographical Condition of Nepal)

प्राकृतिक संरचना र भूधरातलीय बनौटका आधारमा नेपाललाई निम्न ३ प्रदेशमा विभाजन गरिएको छ :

  1. हिमाली प्रदेश (Himalayan Region)
  2. पहाडी प्रदेश (Hilly Region)
  3. तराई प्रदेश (Terai Region)

(1) हिमाली प्रदेश (Himalayan Region)

नेपालको कुल क्षेत्रफलको १५ प्रतिशत भू-भाग ओगटेको नेपालको सबैभन्दा उत्तरी भागमा पर्ने हिमाली प्रदेश ३३०१ मिटरदेखि ८८४८

मिटरसम्म फैलिएको, विश्वको सबैभन्दा अग्लो भूमि तथा पर्वत शृङ्खला भएको नेपालको ३३६० मिटरभन्दा माथि हिमाली वातावरण शुरु

हुने र ५००० मिटर (१६००० फिट) भन्दा माथिका सबै पर्वत शृङ्खलाहरू हिउले छोपिने हुँदा यो क्षेत्रलाई हिमाली प्रदेश भनिएको हो ।

नेपालको सबैभन्दा होंचो हिमरेखा ४५०० मिटरको उचाइमा रहेको गोरखा जिल्लाको रूपिनाला हो । हिमाली नदी, हिमताल आदि भएको २४

देखि ४८ कि.मि. सम्म फैलिएको हिमाली प्रदेशको पूर्व पश्चिम लम्वाइ ८८५ कि.मि. रहेको छ । पत्रे चट्टानद्वारा निर्मित यो प्रदेश पूर्वमा

खुम्चिएको र पश्चिममा फैलिएको छ भने बीचबीचमा आवागमनका लागि भञ्ज्याङ (Passes) हरू बनेका छन् । कोसी, गण्डकी, कर्णाली

जस्ता तीन ठूला नदीहरू र तिनका सहायक नदीहरूले हिमाली प्रदेशलाई बीचबीचमा काटेका छन् । हिमाली प्रदेशलाई पनि मुख्य हिमालय

(Main Himalaya), भित्री हिमाल (Inner Himalaya) र सीमान्त हिमालय (Marginal Himalaya) गरी निम्न तीन श्रेणीमा विभाजन

गर्न सकिन्छ ।

प्रदेश

हिमाली

पहाडी

तराई उचाइ (समुद्री सतहदेखि)

३३०१ ८८४८ मि. ६०१ - ३३०० मि.

 ५८- ६०० मि.

ओगटेको भू-भाग

१५ प्रतिशत

६८ प्रतिशत

१७ प्रतिशत

वर्गीकरण

१. मुख्य हिमाल

२. भित्री हिमाल

३. सिमान्त हिमाल

१. चुरे श्रेणी

२. महाभारत लेक

३. मध्यवर्ती भूमि

१. तराई

२. भावर क्षेत्र

३. भित्री मधेश

| अवस्थित जिल्ला

२१ जिल्ला

३५ जिल्ला

२१ जिल्ला